काठमाडौं । चर्चित नृत्यांगना सीता सुवेदीको ४० वर्षको उमेरमा निधन भएको छ।
३ महिनादेखि फोक्सोको क्यान्सर पीडित उनको निधन बिहान साढे ६ बजे त्रिवि शिक्षण अस्पतालमा भएको परिवारले जनाएको छ।
उनी १ महिनादेखि अस्पतालको भेन्टिलेटरमा थिइन्। चितवन घर भएकी सुवेदीको दाहसंस्कार मंगलबार गरिने भएको छ। उनलाई १२ वर्षको उमेरमा खुट्टाको क्यान्सर भयो र देब्रे खुट्टा काट्नु परेको थियो।
उनले एक खुट्टाले नाचेर पहिचान बनाएकी थिइन्। उनी क्लासिक नेपाल फाउन्डेसनकी संस्थापक, मिस इन्टरनेसनल २०२३, प्रेरक वक्ता, गायिका, इन्टरमिडिएट–लेभल कथक नृत्यमा स्वर्ण पदक विजेता थिइन्।


