लुम्बिनी । ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा बुटवलस्थित राजस्व अनुसन्धान कार्यालयमा ठूलो क्षति पुगेको छ । आन्दोलनका क्रममा तोडफोड, आगजनी, लुटपाट र चोरी हुँदा उक्त कार्यालयमा झन्डै रु १० करोड क्षति भएको कार्यालयले जानकारी गराइएकाे छ ।
तोडफोड, लुटपाट र चोरीमा संलग्न व्यक्तिको तस्बिर तथा श्रव्यदृश्यमार्फत पहिचान गर्ने कार्य भइरहेको छ ।
‘कोही कसैले राजस्व अनुसन्धान कार्यालयबाट यस्ता सामाग्री लिएको वा प्राप्त गरेको भए उक्त सामग्री राजस्व अनुसन्धान कार्यालय बुटवल वा नजिकको प्रहरी कार्यालयमा बुझाउन अनुरोध छ’, प्रमुख अनुसन्धान अधिकृत सुवास श्रेष्ठद्वारा जारी सूचनामा उल्लेख गरिएकाे छ ।
कार्यालयबाट लगिएका सामान समयमा नबुझाए अनुसन्धानका क्रममा पहिचान भए कानुनबमोजिम कारबाही हुने सूचनामा जनाइएको छ । गत भदौ २४ गते ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा राजस्व अनुसन्धान कार्यालय बुटवलका विभिन्न सामग्री तोडफोड, आगजनी, चोरी एवं लुटपाट भएको उनले जानकारी दिए ।


