बुध, कार्तिक २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

बंगलादेशसँगकाे २ मैत्रीपूर्ण खेलमा जित निकाल्ने दाउमा नेपाली प्रशिक्षक

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
बंगलादेशसँगकाे २ मैत्रीपूर्ण खेलमा जित निकाल्ने दाउमा नेपाली प्रशिक्षक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले बंगलादेशसँग घरेलु मैदानमा हुने २ मैत्रीपूर्ण खेलमा जित निकाल्ने गरी खेल प्रस्तुत गर्ने जनाएका छन् ।

शुक्रबार आयोजित प्रि म्याच प्रेस कन्फेरेन्समा कुरा गर्दै उनले बंगलादेशको टोली राम्रो भएको र राम्रो प्रतिस्पर्धा हुने उल्लेख गर्दै जितका लाति खेल्ने बताएका हुन् ।

‘हाम्रो तयारी राम्रो भएको छ, घरेलु दर्शकको अगाडि राम्रो प्रतिस्पर्धा हुन्छ जस्तो लाग्छ र हामी जित्ने पनि छौं, खेलाडीहरूले‌ पनि त्यही अपेक्षा गरेका छन्’ प्रशिक्षक रसले भने ।

बंगलादेशको टोली पनि राम्रो भएको जनाउँदै नेपालका लागि यो राम्रो परीक्षण हुने पनि उनले उल्लेख गरे ।

कप्तान किरण चेम्जोङले पनि तयारी राम्रो भएको उल्लेख गरे । प्रशिक्षणका क्रममा अधिकांश समय आफू यहाँ नभएको भएपनि टोलीको राम्रो तयारी‌ भएको र आफु पनि खेलका लागि तयार रहेको उनले उल्लेख गरे ।

कप्तान किरणले घरेलु मैदानमा खेल्न उत्साहित रहेको र खेल पनि रोचक हुने अपेक्षा गरेको जनाए । त्यस्तै बंगलादेशका प्रशिक्षक जेभियर क्याब्रेराले‌‌ नेपाल आउनुअघि राम्रो तयारी भएको जनाउँदै यहाँ आएर खेल्न उत्साहित रहेको  जनाए । ‘यहाँ आउनुअघि पनि हामीले अभ्यास खेलहरू खेलेका थियौं, हाम्रै स्तरमा रहेको नेपाली टोलीसँगको‌ खेलले हामीलाई पनि राम्रो तयारी पुग्ने छ, यो अवश्य च्यालेन्जिङ भने हुनेछ’ उनले भने ।

‘नेपाली टिम पहिलेभन्दा बलियो हुँदै आएको छ, हामीले राम्रो अनि बलियो टिम नै ल्याएका छौं, यस खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरेको छु’ उनले थपे । लेसेस्टर सिटीका अनुभवी खेलाडी हम्जा चौधरी नआउनुको कारणबारे प्रशिक्षक जेभियरले हम्जाको दाँया खुट्टामा केही समस्या रहेको र मैत्रीपूर्ण खेलमा रिस्क लिन नचाहेको जनाए ।

कप्तान जमाल भुयाले पनि यो मैत्रीपूर्ण फुटबल खेलले एसियन कप छनोटको लागि राम्रो तयारी हुने बताए । ‘हामी यहाँ जित्न आएका हौं, त्योभन्दा पनि बढी चाहिँ राम्रो खेल प्रदर्शन गर्न आएका हौं, आशा छ राम्रो प्रदर्शन हुनेछ’ भुयाले भने ।

नेपाल र बंगलादेशबीचको पहिलो खेल दशरथ रङ्गशालामा शनिबार साँझ ५:३० बजेदेखि सुरु हुनेछ । दोस्रो खेल मंगलबार हुनेछ । समग्र परिणामको आधारमा विजेता घोषणा गरिनेछ। यदि दुवै खेलबाट स्पष्ट नतिजा नआए दोस्रो खेलपछि पेनाल्टी सुटआउटमार्फत विजेता टुंग्याइने एन्फाले जनाएको छ। विजेताले ट्रफी र पदक प्राप्त गर्नेछन्। एन्फाले खेलका लागि सम्पूर्ण तयारी पूरा गरिसकेको जनाएको छ। खेलको टिकट दर सामान्य पारापिटका लागि रु ५०० र भिआइपी पारापिटका लागि रु १,००० तोकिएको छ।

यस अन्तर्गत ९,००० सामान्य र १,००० भिआइपी टिकट बिक्री गरिनेछ, जसलाई दर्शकहरूले खल्ती डिजिटल वालेटमार्फत खरिद गर्न सक्नेछन्।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज दुई खेल हुने

३ दिन अगाडि
सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेकपा एमाले संसदीय दलको बैठक शुरू

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक