काठमाडाैं । नेपाली राष्ट्रिय पुरूष फुटबल टोलीले लामो समयपछि दशरथ रंगशालामा अभ्यास गरेको छ।
भदौ २१ र २४ गते हुने बंगलादेश र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअघि मंगलबार नेपाली टोलीले अभ्यास गरेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टोली र बंगलादेशको राष्ट्रिय पुरूष फुटबल टोलीबीच मैत्रीपूर्ण खेलको आयोजना गर्न लागेको हो।
दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाएपछि पहिलोपटक पुरूषको अन्तर्राष्ट्रिय खेल हुँदैछ।
खेलको लागि बंगलादेशको राष्ट्रिय फुटबल टोली भदौ १८ गते नेपाल आइपुग्नेछ। बंगलादेशी टोलीलाई अभ्यासका लागि भद्रकालीस्थित नेपाली सेनाको खेल मैदान र ललितपुरको च्यासलस्थित च्यासल रंगशालाको मैदानको व्यवस्था गरिएको छ।


