सोम, अशोज ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चीन र भारतले विश्वव्यापी व्यापारमा स्थिरता ल्याउन अघि बढ्ने

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
चीन र भारतले विश्वव्यापी व्यापारमा स्थिरता ल्याउन अघि बढ्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौ । कर नीतिका कारण अमेरिकासँग चिढिएका एसियाका दुई शक्तिशाली राष्ट्र चीन र भारतले विश्वव्यापी व्यापारमा स्थिरता ल्याउनका लागि रणनीतिक रुपमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी चिनफिङबीच शनिबार शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनको अवसरमा तियानजिनमा सम्पन्न द्विपक्षीय भेटवार्तामा दुवै नेताले विश्वव्यापी व्यापारमा स्थायित्व ल्याउनेतर्फ दुई मुलुकको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।  भेटमा प्रधानमन्त्री मोदीले भारत र चीन दुवैले ‘रणनीतिक स्वायत्तता’को अभ्यास गर्ने उल्लेख गर्दै दुई देशबीचको सम्बन्धलाई तेस्रो देशको चश्माबाट हेर्नु नहुने स्पष्ट गरे ।

द्विपक्षीय, क्षेत्रीय र विश्वव्यापी मुद्दा तथा चुनौतीहरू जस्तै आतंकवाद र बहुपक्षीय मञ्चहरूमा निष्पक्ष व्यापारमा साझा समझदारी विस्तार गर्नु आवश्यक रहेको ठहर गरेको भारतको विदेश मन्त्रालयको विज्ञप्तिमा छ । आपसी व्यापार सम्बन्ध विस्तारका लागि रणनीतिक दृष्टिकोणबाट अघि बढ्नुपर्नेमा उनीहरूको जोड थियो ।

सन् २०२४ को अक्टोबरमा कजानमा भएको भेटपछि यो दोस्रो उच्चस्तरीय संवाद हो । यो भेटमा दुवै नेताले विगत एक वर्षमा सीमावर्ती क्षेत्रमा शान्ति कायम हुनु र द्विपक्षीय सम्बन्धमा सकारात्मक गति आएको उल्लेख गरेको भारतको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा छ ।

प्रधानमन्त्री मोदीले सीमामा शान्ति र स्थायित्वलाई दीर्घकालीन साझेदारीको आधार रहेको उल्लेख गर्दै दुवै देशबीचको असहमति विवादमा नफर्कियोस् भन्नेमा आफ्नो दृढता व्यक्त गरेका छन् ।

व्यापार सन्तुलनलाई द्विपक्षीय सम्बन्धको मुख्य मुद्दा बनाउँदै, लगानी विस्तार र व्यापार घाटा न्यूनीकरणका उपायहरू खोज्ने प्रतिबद्धता पनि भेटमा गरेका छन् । पर्यटक भिसा पुनः सञ्चालन र कैलाश मानसरोवर यात्रा पुनः सुरु भएपछि मानिसहरूबीचको सम्पर्क थप सशक्त बनाउने विषयमा पनि छलफल भएको छ । दुवै नेताले प्रत्यक्ष उडान र भिसा प्रक्रिया सहज बनाउने प्रयासलाई तीव्रता दिने पनि जनाए ।

यो पनि पढ्नुहोस्

‘विशाल विनाशकारी शक्ति’ प्रदर्शन गरेको दाबी

‘विशाल विनाशकारी शक्ति’ प्रदर्शन गरेको दाबी

१ हप्ता अगाडि
इन्डोनेसियामा यात्रुवाहक जहाज बेपत्ता

इन्डोनेसियामा यात्रुवाहक जहाज बेपत्ता

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने

विपद्लाई सिङ्गो विश्वको ध्यानाकर्षण गराउन सुझाव

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

रसुवा बाढीमा बेपत्ता वीणा कुलकर्णीको खोजी गरिदिन परिवारको अपिल

प्रहरी र सरकारी वकिलको मिलेमतोमा वैवाहीक जकलाई कमजोर बनाइयो

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक