बुध, बैशाख ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

लिपुलेकमा चीन–भारत : समस्या कि कमजोरी ?

रास्वपाबाट सरकारलाई गम्भीर खबरदारी, छिमेकीहरुलाई जानकारी पनि नगराउनु लापरबाही

धारणा न्यूज by धारणा न्यूज
८ महिना अगाडि
Reading Time: 1 min read
0
लिपुलेकमा चीन–भारत : समस्या कि कमजोरी ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं / नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीको विषयमा फेरि एक पटक छिमेकी भारत र चीन असंवेदनशील रुपमा प्रस्तुत भएका छन् । पछिल्लो समय लिपुलेक हुँदै भारत र चीनबीच व्यापार गर्ने सहमति भएको छ । नेपालले निरन्तर यो क्षेत्र आफ्नो सार्वभौमिक भूभाग भएको जनाउँदै आए पनि भारत र चीनले यो तथ्यलाई बेवास्ता गर्दै आएका हुन् ।

लिपुलेक त्रिदेशीय नाकाको रुपमा परिचित छ । नेपाल, भारत र चीनको सीमावर्ती क्षेत्र रहेकाले यसको रणनीतिक तथा व्यापारिक महत्व अत्यन्तै उच्च छ । भारतले तिब्बत प्रवेश गर्ने सडकमाथि जोड दिँदै यसलाई आफ्नै भूमिमा रहेको दाबी गर्दै आएको छ । चीनले पनि भारतसँग व्यापारिक सहमति गर्दा नेपालको संवेदनशीलतालाई बेवास्ता गरेको देखिन्छ । नेपालले भने प्रष्ट रुपमा सन् २०२० मा नयाँ नक्सा जारी गरेर लिपुलेक, लिम्पियाधुरा र कालापानी आफ्नो भूभाग भएको जनाएको थियो । तर नक्सा प्रकाशनपछि पनि व्यावहारिक कूटनीतिक दबाब सिर्जना गर्न नसक्नु नेपालको कमजोरीको प्रमाण बनेको छ ।

राजनीतिक दलहरू यस विषयमा एकमत देखिए पनि व्यवहारिक कूटनीतिमा सशक्त पहल नदेखिनु समस्याको मूल कारण हो । सरकारहरूको प्राथमिकतामा भू–राजनीतिक विषय पन्छाइने गरेको छ, जसको लाभ छिमेकीहरूले उठाइरहेका छन् । भारतसँगको सम्बन्धलाई बिग्रन नदिने र चीनसँगको सहयोगलाई हराउन नदिने रणनीतिका नाममा नेपालले वास्तविक कदम चाल्न सकेको छैन । यही कारण लिपुलेक जस्तो संवेदनशील मुद्दा पटक–पटक उठ्छ तर समाधानतर्फ ठोस प्रगति हुँदैन ।
नेपालको कमजोरी कूटनीतिक मात्र होइन, आन्तरिक राजनीतिक अस्थिरतासँग पनि गाँसिएको छ । सरकार परिवर्तन, नेतृत्वको अस्थिरता र राष्ट्रिय हितभन्दा व्यक्तिगत वा दलगत स्वार्थ हाबी हुने प्रवृत्तिले गर्दा यस्ता जटिल विषय दीर्घकालीन दृष्टिले सम्बोधन हुन सकेका छैनन् । विदेशी शक्तिले यसैको फाइदा उठाउने गरेका छन् ।

विशेषज्ञहरूको भनाइमा, लिपुलेक विवाद चीन–भारतबीचको प्रत्यक्ष समस्याभन्दा बढी नेपालको आफ्नै दृढता अभाव हो । किनकि दुवै छिमेकीसँग नेपालले सशक्त रूपमा आफ्नो दाबी प्रस्तुत गर्न सकेन । नेपालको आवाज अन्तर्राष्ट्रिय समुदायमा प्रभावकारी ढंगले पु¥याउन सकिएको छैन । यसरी हेर्दा समस्या छिमेकीबीच भन्दा बढी नेपालको राजनीतिक कमजोरीमा रहेको प्रष्ट हुन्छ । यस विषयमा नेपालले चुपचाप बसिरहनु दीर्घकालीन रूपमा खतरनाक हुने देखिन्छ । छिमेकीसँग सन्तुलित सम्बन्ध राख्दै आफ्नो भू–अधिकारमाथि दृढतापूर्वक उभिनु नै समाधानको बाटो हो ।

यसबीचमा, विपक्षी दल रास्वपाले नेपालको पश्चिमी भू–भाग लिपुलेकको विवादका विषयमा सरकार गम्भीर नभएको आरोप लगाएको छ । मंगलबार रास्वपाका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले विज्ञप्ति जारी गर्दै उक्त आरोप लगाएका हुन् ।

भारत र चीनले नेपाली भू–भाग लिपुलेक प्रयोग गरेर व्यापार गर्ने सहमति गरेपछि उक्त सहमतिप्रति नेपाल सरकारले आपत्ति प्रकट गरिसकेको छ । तर यस विवादका विषयमा सरकार संवेदनशीन नभएको आरोप सरकारवाला निकायले लगाउँदै आएका छन् । रास्वपाले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत तथा चीन भ्रमणका क्रममा सम्बन्धित नेतृत्वसँग लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको प्रश्न स्पष्ट र दृढतापूर्वक प्रस्तुत गर्न माग पनि गरेको छ ।

रास्वपाले नेपाली भूभागमाथि अन्य देशको कुनै पनि गतिविधि वा सम्झौता मान्य नहुने बताएको छ । रास्वपाले भनेको छ, ‘नेपालको संविधान, सन् १८१६ को सुगौली सन्धि र त्यसपश्चात् भएका अन्य ऐतिहासिक सन्धिसम्झौताहरूका आधारमा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको सार्वभौम भूमिको अविभाज्य अंश भएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट रूपमा हिमालझै अडिग रहेको छ । नेपालको यस क्षेत्रमाथिको अधिकार ऐतिहासिक, भौगोलिक, राजनीतिक र कानुनी प्रमाणहरूले निर्विवाद रूपमा स्थापित गर्दछ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘नेपाली भूभागमाथि अन्य देशहरूको कुनै पनि गतिविधि वा सम्झौता नेपालको प्रत्यक्ष सहभागिता र सहमतिविना वैध मान्न सकिँदैन । यस विपरीतका कार्य हुन्छन् भने तिनले आपसी सम्मान तथा शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्त विपरीत भएको मानिनेछ भन्नेमा रास्वपा स्पष्ट छ ।’

सरकारले अहिले यस विषयमा भारत र चीन दुवैलाई कूटनीतिक नोट पठाएको जनाएको त छ, तर यस विषयलाई गोपनीय राखेको छ । प्रधानमन्त्री केपी शर्मा ओली पनि यो विषयमा मौन देखिएका छन् । विश्लेषकहरुले भने यो विषयमा प्रधानमन्त्री ओलीले आफ्नो आसन्न चीन र भारत भ्रमणमा यो विषय उठाउनुपर्ने बताएका छन् । राजनीतिक दलहरूले समेत प्रधानमन्त्रीलाई राष्ट्रिय हितमाथि प्रष्ट र कूटनीतिक शैलीमा आवाज उठाउन आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले आगामी भ्रमणमा दुवै छिमेकीसँग सन्तुलित सम्बन्ध कायम राख्दै लिपुलेक विवादलाई प्राथमिकताका साथ प्रस्तुत गर्नुपर्ने जिम्मेवारी छ । जनधारणा साप्ताहिक

 

यो पनि पढ्नुहोस्

परराष्ट्रमन्त्रीसँग अमेरिकी सहायकमन्त्रीले गरे शिष्टाचार भेट

परराष्ट्रमन्त्रीसँग अमेरिकी सहायकमन्त्रीले गरे शिष्टाचार भेट

१ दिन अगाडि
भूपदेव शाह रास्वपाका महामन्त्री

भूपदेव शाह रास्वपाका महामन्त्री

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गृहमन्त्री सुदन गुरुङले पदबाट दिए राजीनामा

लोकतान्त्रिक गणतन्त्रका पक्षधर सम्पूर्ण शक्तिबीच मोर्चाबन्दी आवश्यक

इरानसँगको युद्धविराम अवधि बढाउने घोषणा

वैदेशिक रोजगार व्यवसायी संघभित्र विवाद चर्किँदै

रविविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक