बिहि, मंसिर ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

तीज विशेष नारी सम्मान कार्यक्रम सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
तीज विशेष नारी सम्मान कार्यक्रम सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं  । उपमा सञ्चार प्रा. लि. र तेज नेपाल मल्टिमिडिया प्रा. लि.को संयुक्त आयोजनामा राजधानीको चलचित्र विकास बोर्डमा “तीज विशेष नारी सम्मान तथा सांस्कृतिक कार्यक्रम–२०८२” भव्य रुपमा सम्पन्न भएको छ।

कार्यक्रमका सभाध्यक्ष उपमा सञ्चार प्रा लि कि आशा गौतम, प्रमुख अतिथी भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री माननीय बलराम अधिकारी तथा विशिष्ट अतिथि प्रतिनिधि सभा सदस्य मनरुपा शर्मा ‘बिमला’ रहनु भएको थियो।

कार्यक्रममा चलचित्र, संगीत, कला , साहित्य, शिक्षा, खेल राजनीति, व्यवसाय र सामाजिक सेवाजस्ता विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने नारी व्यक्तित्वलाई “तीज विशेष नारी सम्मान–२०८२” अर्पण गरिएको थियो।

तीज पर्वलाई नारी सशक्तिकरण र संस्कृतिको संरक्षणसँग जोड्दै यस प्रकारका कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास रहेको भन्दै आयोजक संस्था तेज नेपाल मल्टिमिडियाका अध्यक्ष सुमन कुमार श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमको सहजीकरण उपमा सञ्चारका सचिव धिरज कोईरालाले गरेका थिए ।

कार्यक्रममा गायिका अग्रज गायिका ज्ञानु राणा, विशिष्ट अभिनेत्री मिथिला शर्मा, विशिष्ट अभिनेत्री लक्ष्मी गिरि, विशिष्ट अभिनेत्री रमा थपलियालाई तिज विशेष नारी दीर्घ सम्मानबाट सम्मानित गरिएको थियो । त्यस्तै गायिकाहरुमा पबित्रा रसाइली, शर्मिला गुरुङ, लक्ष्मी न्यौपाने, माया निरासी, पुष्पा पौडेल, सरिता भारती, अभिनेत्रीमा हिउँवाला गौतम, सुनिता गुरुङ, पल्पसा डंगोल पत्रकारमा मिना बज्राचार्य, भाषा शर्मा, पुनम पौडेल, प्रतिमा सैजु, गिता अधिकारी, सिर्जना खतिवडा, अभियान्ता जलु गुरुङ,पुर्व प्रहरी निरीक्षक, राष्ट्रिय जनसास्कृतिक महासंघ नेपालकि पहिलो महिला अध्यक्ष तथा कलाकार भुमिका सुब्बा, पुर्व प्रहरी सहि तथा नृत्याङ्गना कल्पना गुरुङ, राष्ट्रिय खेलाडि नेपालको पहिलो महिला रेस्लर भगवती खडका, रेस्लर मुना श्रेष्ठ, व्यसायीबाट मञ्जु तिमिल्सिना लगातलाई तीज विशेष नारी सम्मानबाट सम्मानित गरिएको थियो ।

त्यस्त्तै चलचित्र सेन्सर बोर्डका नवनियुक्त सदस्य सम्पन्न श्रेष्ठ, भिमा मैनाली, कुबेर गिरी, चलचित्र बिकास बोर्डका, नवनियुक्त सदस्य बिरेन्द्र प्रसाद भट्ट, सन्तोष लोहनी, गणेश प्रसाद सुवेदीलाई बधाई पत्रबाट सम्मानित गरिएको थियो ।
कार्यक्रममा सम्मान पश्चात् विशिष्ट अभिनेत्री मिथिला शर्माले सम्मानितको तर्फबाट यस किसिमको सम्मानले सधै प्रोत्साहित गर्ने खुशी व्यक्त गर्दै सम्पूर्ण सम्मानितको तर्फबाट धन्यवाद व्यक्त गर्नु भएको थियो भने अग्रज गायिका ज्ञानु राणाले सिरिमा सिरि नि कान्छी बोलको गीत सुनाउनु भएको थियो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथी माननीय बलराम अधिकारी ज्युले यस्तो गौरवान्वित कार्यक्रम आफुले विभिन्न क्षेत्रका हस्तीहरुलाई सम्मान गर्न पाँउदा गौरव रहल हर्ष लागेको बताए । त्यस्तै विशिष्ट अतिथी प्रतिनिधि सभा सदस्य मनरुपा शर्मा ज्युले नारीको सम्मान कार्यक्रममा सहभागी हुन पाउँदा निकै गौरव महसुस गरेको र आगामी दिनहरुमा पनि येस्तो कार्यक्रम निरन्तर गर्न आयोजक संस्थालाई हौसला प्रदान गर्ने कुरा बताउनु भयो ।

कार्यक्रममा चलचित्र बिकास बोर्ड, गोकर्णेश्वर नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, टोखा नगरपालिका, एसिया प्यासिफिल कलेज, गणेशमान सिंह बहुमुखी क्याम्पस, एनएस अटोमोबाइल्स, ग्राभिटी होम ट्युसन सोल्युसन, एडिफाई एजुकेसन कन्सल्टेन्सी, मार्गदर्शन स्ट्डी अब्रोड,सुटमाला, मदरल्याण्ड सेक्युरिटी सर्भिस लगायत विभिन्न संघ संस्थाका पधाधिकारीगरुको विशेष उपस्तिथि तथा सहयोग रहेको थियो ।

यो पनि पढ्नुहोस्

दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

१ दिन अगाडि
ड्रमस सरकलको आयोजनामा ‘नेपाल ड्रम फेस्टबल’ सांगितिक कार्यक्रम

ड्रमस सरकलको आयोजनामा ‘नेपाल ड्रम फेस्टबल’ सांगितिक कार्यक्रम

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

दमौली–भरतपुर २२० केभी प्रसारणका लागि रुख कटान

पूर्व मुख्यसचिव पक्राउ

आनी नियुक्तको सूचना दिन आनाकानी

स्वास्थ्य बीमा ऐन संशोधनको प्रक्रिया अघि बढाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक