सोम, बैशाख १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

नेविसंघका कार्यकर्ताले जलाएकाे रहेछ सरकारी गाडी

धारणा न्यूज by धारणा न्यूज
८ महिना अगाडि
0
नेविसंघका कार्यकर्ताले जलाएकाे रहेछ सरकारी गाडी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । २०८१ साल जेठ २७ गते बिहान महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अगाडि नेपाल विद्यार्थी संघका कार्यकर्ताले प्रदेश योजना आयोगको गाडी जलाए । नेपाल विद्युत प्राधिकरणको पाँच वटा सवारी तोडफोड गरे ।

मोरङको रंगेली नगरपालिका भित्र अभद्र व्यवहार आरोपमा नेविसंघका कार्यकर्ता दीपक यादवसहित चार जनालाई पक्राउ गरेको विरोधमा नेविसंघका कार्यकर्ताले कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. राजेन्द्र अधिकारी सवार गाडी जलाएका थिए ।

कन्चनजंघा पार्टी प्यालेस अगाडि राखेको नेपाल विद्युत प्राधिकरणको ५ वटा गाडी तोडफोड गरेका थिए ।  आगजनी र तोडफोडको घटनामा संलग्न १० जनालाई प्रतिवादी बनाएर प्रहरीले मुद्दा दायर गरेको थियो । जसमा ८ जना नेविसंघ र २ जना अखिल क्रान्तिकारीका नेता छन् । तर, जिल्ला अदालत मोरङबाट सबै प्रतिवादीले सफाइ पाए ।

न्यायाधीश मेघनाथ चापागाईंको इजलासले गत असार २२ गते सफाइ दिएका हुन् । फैसलाको पूर्णपाठ भर्खरै सार्वजनिक भएको छ ।

पूर्णपाठमा प्रतिवादी र साक्षीको बयान इन्कारी बयान र प्रहरीले पेश गरेको सीसीटीभी फुटेज नचलेका कारण प्रतिवादीले सफाइ दिइएको उल्लेख छ ।

‘वारदात स्थल वरपर प्राप्त सिसिटिभी फुटेजको भिडियोको इमेज उतार गरी यी प्रतिवादीहरू उक्त कसुरमा संलग्न रहेको भनी अनुसन्धानको क्रममा वारदात देख्ने व्यक्तिहरूबाट सनाखत गराई मिसिल संलग्न राखेको भन्ने देखिँदैन,’ फैसलामा भनिएको छ ,‘यस अदालतको आदेशानुसार अभियोग साथ पेश भएको सीसीटीभीको फुटेज रहेको सिडी/डीभीडी फाँटका कर्मचारी, सूचना प्रविधि सहायक तथा वादीप्रतिवादीका कानून व्यवसायीको रोहवरमा हेरी इमेज प्रिन्ट गर्न लाग्दा उक्त सीडी/डीभीडी स्क्र्याच भएको कारण नखुलेकोले फुटेजको इमेज फोटो प्रिन्ट गर्न नसकिएको समेत भन्ने व्यहोराको कागज मिसिल सामेल रहेको पाइन्छ ।’

नेपाल विद्युत प्राधिकरणको कार्याक्रम चलिरहेको स्थल बाहिर रोकेर राखेको बागमती प्रदेश–०१–००१–ञ २७०१, बा १ ञ २४१९, बा १ ञ १८८७, बागमती प्रदेश ०१–००१–ञ २७९० र ८१८० नम्बरको गाडी तोडफोड भएको थियो । प्रदेश योजना आयोगको को १ झ ६४४ गाडी जलेको थियो ।

तोडफोड र आगजनी हुँदा २७ लाख ७० हजार ५९६ रुपैयाँ बराबरको क्षति भएको  थियो ।

उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले विद्यार्थी नेता सनिम ठकुरी, प्रशान्त यादव, प्रज्वल विष्ट, रोशन कुमार पासमान, मोहमद सलमान, भानु चेल, जय नारायण पाण्डे, देव कुमार साह, अभिमन्यु यादव र प्रोज्वल अधिकारीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।

नेवी संघका कार्यकर्ताले जलाएको सरकारी गाडी।

नेपाल सरकार वादी रहेको उक्त मुद्दामा प्रतिवादीमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा २८५ विपरीत आपराधिक उपद्रव गरेको अभियोग थियो । आरोपीबाट तोडफोड भएको सवारीको क्षतिपूर्ती भराउने माग पनि गरिएको थियो ।

अदालतमा बयानका क्रममा प्रतिवादीले आफू घटनामा संलग्न नरहेको बयान दिए । अधिकांशले घटनाको समयमा आफूहरू अर्कै स्थानमा रहेको जिकिर गरेका थिए ।

प्रमाणको रुपमा प्रहरीले घटनास्थल वरपरको सीसीटीभी फुटेज, विभिन्न सञ्चारमाध्यममा प्रसारित भिडियोको सीडी पेश गरेको थियो ।

तर, अदालतमा पेश गरेको सीसीटीभी फुटेजको सिडी खुलेन । जसकारणले प्रतिवादीले सहजै सफाइ पाए ।

फैसलामा भनिएको छ, ‘प्रतिवादीहरूले कसुरमा इन्कारी बयान गरेको,उनीहरूका साक्षीले पनि अपराधमा संलग्नता नरहेको भनी बकपत्र गरेको, कसुरसँग सम्बन्धित वस्तु बरामद नभएको र अभियोग दाबीलाई पुष्टि गर्ने अन्य सबुत प्रमाणको अभावमा प्रतिवादीहरूले नै आपराधिक उपद्रव गरेको भन्ने देखिन आएन ।’

अदालतले सनिम ठकुरी, प्रशान्त यादव, प्रज्वल विष्ट, रोशन कुमार पासमान, मोहमद सलमान, भानु चेल, देव कुमार साह र प्रोज्वल अधिकारीलाई अभियोग दाबीबाट सफाइ दिएको हो ।

मुद्दाका प्रतिवादी जयनारायण पाण्डे र अभिमन्यु यादव हाजिर नभएका कारण उनीहरूको मुद्दा मुल्तबीमा छ ।

यो पनि पढ्नुहोस्

नेपाल एडमिनिस्ट्रेटिभ स्टाफ कलेजमा अन्तर्राष्ट्रिय सम्मेलन सुरु

नेपाल एडमिनिस्ट्रेटिभ स्टाफ कलेजमा अन्तर्राष्ट्रिय सम्मेलन सुरु

१५ सेकेन्ड अगाडि
३२ केभी प्रशारण लाइनको पुरानो लाइनबाट कर्णालीमा विद्युत् सेवा सञ्चालन

‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ सार्वजनिक

५० मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

देशका विभिन्न स्थानमा  बदली

सांसदहरू जनताको ‘नोकर’ भएको स्मरण

ओली र लेखक पक्राउ पुर्जीको आधार नदेखिएको जिकिर

बेथितिलाई सुधार्ने गतिमा रास्वपा अघि बढ्दै

२०८०/८१ को सुरुआती ७ महिनामा ८ खर्ब व्यापार घाटा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक