शुक्र, मंसिर १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमसिङ्घे पक्राउ

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमसिङ्घे पक्राउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कोलम्बो । श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमसिङ्घेलाई सरकारी कोष दुरुपयोग गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । यो आरोप उनले राष्ट्रपतिको कार्यकालमा गरेका विदेश भ्रमणसँग सम्बन्धित रहेको अन्र्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

शुक्रबार उनलाई राजधानी कोलम्बोको म्याजिस्ट्रेट अदालतमा उपस्थित गराइएको थियो । त्यसअघि उनले आपराधिक अनुसन्धान विभाग (सीआईडी) मा बयान दिएका थिए । विक्रमसिङ्घेले सन् २०२२ देखि २०२४ सम्म श्रीलङ्काको राष्ट्रपतिका रूपमा कार्यकाल सम्हालेका थिए ।

देशको सबैभन्दा खराब आर्थिक सङ्कटले जनविद्रोह निम्त्याउँदा उनका पूर्ववर्ती गोताबाया राजपाक्षे देश छोडेर भागेपछि उनले राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए । उनलाई देशको आर्थिक पुनरुत्थानमा महत्त्वपूर्ण योगदान गरेको श्रेय दिइन्छ । विक्रमसिङ्घेले १९९० को दशकदेखि ६ पटक श्रीलङ्काको प्रधानमन्त्रीको भूमिका पनि निर्वाह गरेका थिए ।

बीबीसी सिन्हालाका अनुसार ७६ वर्षीय विक्रमसिङ्घेले राष्ट्रपतिको कार्यकालमा २३ विदेश भ्रमण गरेका थिए, जसमा ६० करोड श्रीलङ्काली रुपैयाँ (लगभग २ मिलियन अमेरिकी डलर वा १.४ मिलियन पाउन्ड) खर्च भएको थियो । शुक्रबारको पक्राउ सन् २०२३ मा क्युबामा भएको जी–७७ शिखर सम्मेलनबाट फर्कने क्रममा बेलायतमा गरेको स्टपओभरसँग सम्बन्धित छ । उक्त अवसरमा उनले आफ्नी पत्नीसहित वुल्भरह्याम्प्टन विश्वविद्यालयको समारोहमा भाग लिएका थिए ।

सीआईडीले यो निजी भ्रमणका लागि सरकारी कोष प्रयोग भएको आरोप लगाएको छ, जसलाई विक्रमसिङ्घेले अस्वीकार गरेका छन् । यो अनुसन्धान गत जुनमा अदालतमा पेस गरिएको थियो ।

श्रीलङ्काको इतिहासमा पहिलो पटक पूर्वराष्ट्रपति पक्राउ परेका विक्रमसिङ्घे सन् १९७७ मा पहिलो पटक सांसद निर्वाचित भएदेखि देशको राजनीतिमा प्रभावशाली व्यक्तित्व रहँदै आएका छन् । पेशाले वकिल रहेका उनी सम्पन्न राजनीतिज्ञ र व्यवसायी परिवारबाट आएका हुन् ।

सन् १९९४ मा युनाइटेड नेशनल पार्टी (यूएनपी) को नेतृत्व सम्हालेपछि उनले भ्रष्ट पार्टी सदस्यहरूलाई हटाउन अनुशासन आयोग गठन गरी पार्टीको छवि सुधार गरेका थिए । वर्षौंसम्म राष्ट्रपति बन्ने असफल प्रयास गरेका उनले सन् २०२२ मा राजपाक्षे भागेपछि बल्ल यो पद प्राप्त गरेका थिए । सन् २०२० को चुनावमा उनको पार्टी लगभग समाप्त भएको थियो र उनी संसदमा एकमात्र प्रतिनिधि बनेका थिए।सन् २०२४ को चुनावमा उनी वामपन्थी अनुरा कुमारा दिसानायकेसँग पराजित भएका थिए ।

यो पनि पढ्नुहोस्

अस्ट्रेलियामा आगलागीबाट घरहरू नष्ट

अस्ट्रेलियामा आगलागीबाट घरहरू नष्ट

११ घण्टा अगाडि
कायरोमा इन्धन ट्यांकर दुर्घटनाबाट ३१ जनाको मृत्यु

कायरोमा इन्धन ट्यांकर दुर्घटनाबाट ३१ जनाको मृत्यु

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

दमौली–भरतपुर २२० केभी प्रसारणका लागि रुख कटान

पूर्व मुख्यसचिव पक्राउ

आनी नियुक्तको सूचना दिन आनाकानी

स्वास्थ्य बीमा ऐन संशोधनको प्रक्रिया अघि बढाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक