बिहि, मंसिर ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

उमेर छदै कृष्ण भजन गाउन आग्रह गर्दै बबिना   (भिडियो सहित)

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
उमेर छदै कृष्ण भजन गाउन आग्रह गर्दै बबिना   (भिडियो सहित)
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं । भाद्र कृष्ण अष्टमीका दिन भगवान श्री कृष्णको जन्म भएको दिन अर्थात कृष्ण जन्माष्टमी । सनातन धर्मावलम्बीहरू भगवान श्री कृष्णको जन्म भएको दिनको सम्झना गर्दै कृष्ण अष्टमी मनाउने चलन रहेको छ ।  पुराणहरूका अनुसार द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरात रेवती नक्षत्रमा भगवान विष्णुको आठौं अवतारका रूपमा कृष्ण जन्मिएका हुन् ।
  • लोकमा अधर्म बढ्दै जाँदा भगवानले विभिन्न रूप लिने परम्पराअनुरूप कंस लगायत दानवको अन्त्यका लागि विष्णु भगवानले कृष्णको रूपमा जन्म लिएको मानिन्छ । कंसको कालकोठरीमा वासुदेव र देवकीको आठौ पुत्रका रूपमा जन्मिएका कृष्णले मथुरामा देखाएको बाललीला र महाभारत युद्धअघिको अर्जुनलाई गीता ज्ञान दिएका थिए जुन हिन्दुहरुको प्रशिद्ध ग्रन्धको रुपमा मानिन्छ ।

कृष्ण अष्टमी भगवान श्रीकृष्णको जन्मोत्सव, धर्म, प्रेम र करुणाको दिव्य अवतरणको विशेष दिन, यो दिन केवल पूजा–पाठको लागि मात्र होइन,मन, वचन र कर्मले कृष्णप्रेममा डुब्ने अवसर पनि हो । कृष्ण भजन लेख्नु, गाउनु र सुन्नु श्रीकृष्णको लीलामा मनलाई एकाग्र गर्ने सबैभन्दा पवित्र साधन अनि माध्यम पनि हो । भजनका शब्द केवल शब्द होइनन् ती त भक्ति र प्रेमको सुगन्धित फूलहरू हुन् जसलाई स्वरको आरती थालमा राखेर श्री कृष्णको चरणमा अर्पण गरिन्छ । कृष्णअष्टमीमा भजन सार्वजनिक हुँदा आफ्‌नो अनि भजन श्रवण गर्नुहुने सबैको आत्मिक शुद्धि हुन्छ, भजन गाउँदा मनको अशान्ति मेटिन्छ, आत्मा निर्मल हुन्छ । भजनले भगवत्स्मरण गराउँछ,  श्रीकृष्णको नाम र लीलालाई निरन्तर स्मरण गराउँछ । भजन सामूहिक भक्तिको मार्ग पनि हो, सबै मिलेर भजन गाउँदा भक्तिको ऊर्जा बहुगुणित हुन्छ । मनको आनन्द पनि हा कृष्ण भजन, कृष्णभजन सुन्दा वा गाउँदा हृदयमा शान्ति र आनन्दको लहर फैलिन्छ । पुण्यको संचय पनि हो कृष्ण भजन,  भक्ति र स्मरणका कारण आध्यात्मिक पुण्यको वृद्धि हुन्छ ।
भागवत् पुराणले भन्छ  ‘कलियुगमा भगवानलाई पाउने सबैभन्दा सहज मार्ग नामस्मरण हो।’  कृष्णभजन त्यो नामस्मरणलाई संगीतको माधुर्यसहित हृदयमा बसाल्ने दिव्य माध्यम हो। यसैले कृष्णअष्टमीमा कृष्णभजन आउनु केवल संगीतको आनन्द होइन श्रीकृष्णसँग आत्माको प्रत्यक्ष मिलन हो, एक यस्तो मिलन, जहाँ आँसु पनि प्रसाद बन्छ र मुस्कान पनि आरतीको दियो बनिदिन्छ ।

हातमा मुरली, शिरमा मयुरको प्वाँख, शितल बगैंचामुनी तथा जंगलमा गाई चराउनु, गोपिनीहरूको मायामा बाँसुरीको मधुर धुन गुञ्जन भगवान श्री कृष्णका विशेषता हुन् । श्याम वर्णका भगवान श्री कृष्णको लिला अपरम्पार छ । भजन गाउनु भनेको त भगवानलाई पूजा गर्नु हो, शब्दलाई आरतीको थालमा राखेर स्वरको फूल चढाउनु हो,  यिनै प्रभुको भक्तिगान, विशेषता अनि उनी संगको पुकार मिश्रित भजन ‘हरे कृष्ण’ श्री भजनन्स् युट्व च्यालन मार्फत सार्वजनिक भएको छ । भर्खरै ‘शिव ताण्डव’ गाएर छुट्टै चर्चा बटुलेकी व्यक्तित्व, भक्ति संगीतमा ख्यातिप्राप्त गायिका  तथा संगीतकार बबिना भट्टराईको संगीत, बबिना भट्टराई  र बैकुण्ठ प्रधानको स्वर तथा उत्तम ‘विचार’ भेटुवालको शब्द रहेको भजन ‘हरे कृष्ण’ विनोद कुमार भुजेलको एरेन्जमा रेकर्ड गरिएको हो । म्युजिक नेपालको स्टुडियोमा नकुल कार्कीले रेकर्ड गरेका उक्त सुमधुर भजनको मिक्सिङ र मास्टरिङ प्रकाश खरेलले गरेका छन् ।
ऐ.जे. अजुको छायाँकंन र निर्देशनमा निर्मित भिडियोमा प्रिया नगरकोटीको श्रृङ्गारमा बबिना आँफै फूलको थुङ्गा झैं भजनको लयमा मग्न छिन्, उनलाई गायक बैकुण्ठ प्रधानले साथ दिएका छन् । भिडियोको सम्पादन अनिल विष्ट प्युठानीले गरेका छन् ।

श्री कृष्ण अष्टमी विशेष अवसरमा सार्वजानिक भएको भजन ‘हरे कृष्ण’ का सन्दर्भमा  बबिना भजन गाउँदा आँफू अध्यात्मको एउटा गहिरो भावमा डुब्ने गरेको र कृष्ण भजन गाउँदा आँफूलाई राधाको रुपमा महशुष गर्ने बताउँछिन् । उनी भन्छिन् म भजन गाउँदा भजनका शब्दहरु र भावको यति गहिराईमा पुग्छु कि लाग्छ म अर्कै लोकमा छु, भगवान श्री कृष्ण मेरो साथीको रुपमा म संगै हुनुहुन्छ म वहाँ कि राधाको रुपमा आँफूलाई पाउँछु, कृष्ण भजन मात्र होइन हरेक भजनमा म सोहि रुपमा गहिराईमा डुब्छु, मातारानीका भजनहरु गाउँदा माता रानी म आँफू संगै रहनु भएको महशुष गर्छु, शिव ताण्डव भजनमा शिव जी लाई मेरै अगाडि ताण्डव नृत्यमा पाउँछु, भगवान र माता रानीको म प्रतिको कृपा रहेको मैले महशुष गर्ने गर्दछु ।

श्री कृष्ण अष्टमी विशेष अवसरमा सार्वजानिक भएको भजनको सन्दर्भमा इमेज एफ.एम. ९७.९ को प्रस्तुति मेची देखि महाकाली सम्म मा प्रस्तोता हरिराम पौडेल संगको विशेष अन्तर्वार्तामा उत्तम विचार भेटुवालले यो विशेष अवसरमा ‘हरे कृष्ण’ भजन सार्वजनिक हुनु आफ्‌नो लेखन यात्राको एउटा महत्वपूर्ण अवसर भएको बताएका छन् ।  उनी भन्छन् ‘धेरै गीत, गजलहरु सार्वजनिक भए पनि भजन भने यो नै पहिलो भएकोले म अझै उत्साहित छु, श्री कृष्ण प्रति आफ्नो हृदयको गहिराईमा उब्जेका भावलाई शब्दको रूप दिएर श्रीकृष्ण भक्तिगान बनेको र त्यस दिव्य कृष्ण भजनमा संगीत र सुमधुर स्वरले प्राण भर्ने काम श्रद्धेय गायिका तथा संगीतकार बबिना भट्टराई ज्यूले गर्नु भयो,  जसको स्वरमा भक्ति छ, माधुर्य छ, एक अदृश्य आध्यात्मिक स्पर्श छ जसले गर्दा मेरा शब्दहरुले नयाँ जीवन पाएका छन् । यो कृष्णअष्टमी मेरा लागि केवल एक पर्व मात्र नभई जीवनकै एउटा अविस्मरणीय क्षण बनेको छ, यो अनमोल अवसरका लागि म गायिका तथा संगीतकार बबिना भट्टराईप्रति कृतज्ञता सहित आभार व्यक्त गर्दछु ।  अव यो कृष्ण भजन सार्वजनिक भएर संसारसँग बाँडिएको छ, लाखौ भक्तजनहरुले श्रवण गर्नुहुनेछ भन्ने विश्वास लिएको छु, यो अलौकिक दिव्य अवसरको लागि गायिका तथा संगीतकार बबिना भट्टराई, बैकुण्ठ प्रधान तथा भजन सम्वद्ध सम्पूर्ण टिम प्रति श्रद्धाभाव व्यक्त गर्दछु ।

भगवान प्रति पूर्ण आस्था र विश्वास राख्ने गायिका तथा संगीतकार बबिना भट्टराईका स्वर तथा संगीतमा भगवान श्री कृष्ण, भगवान श्री राम, भगवान महादेव, शिव ताण्डव लगायतका विभिन्न भजनहरु विगतका दिनहरुमा सार्वजनिक भइसकेका छन् । नेपाली सुगम संगीतमा पनि उनले धेरै गीत, गजलहरुमा आफ्‌नो सुमधुर स्वर दिएकी छिन् । गायन र संगीत मार्फत धर्म, अध्यात्म र भक्तिमा बबिना भट्टराईले दिएकी योगदान विशेष प्रशंसनीय रहेको छ । आगामी दिनहरुमा पनि भजनद्धारा भगवानको भक्तिभाव र गुणगानलाई निरन्तरता दिई समाजमा अध्यात्म स्थापित गर्न प्रयास गर्ने उनी बताउँछिन् ।

भजन ‘हरे कृष्ण’
हरे कृष्ण  हरे  कृष्ण कृष्ण कृष्ण हरे
हरे राम हरे राम राम राम हरे हरे …

भजन गरौँ उमेर छँदै दुईदिने यो चोला
भोलि भोलि भन्दाभन्दै दिन कति होला ।
लगाउ ध्यान प्रभु मै जपौ नाम हरि कै ..

कर्म गरे पुन्य मिल्छ, मिल्छ ठुलो नाम
सजाउन सकिएन मनमन्दिरमा राम
जति लालच गरे पनि भरिँदैन झोला
भजन गरौँ उमेर छँदै दुईदिने यो चोला ..
लगाउ ध्यान प्रभु मै जपौ नाम हरि कै ..

हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे
हरे राम हरे राम राम राम हरे हरे …

उनकै भजन किर्तन गरी तर्छन् कति पार
हाम्रो पनि मन लागोस् त्यतै बारबार ।
अन्तिम सत्य जिन्दगीमा जानैपर्छ खोला
भजन गरौ उमेर छदै दुईदिने यो चोला
लगाउ ध्यान प्रभु मै जपौ नाम हरि कै ..

हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे
हरे राम हरे राम राम राम हरे हरे …

पुग्ने मार्ग अनेक छन् तर एकै धाम
जपौँ कृष्ण जपौ राम अनेकछन् नाम ।
कुरी बस्नु छैन कैले बुढेसकाल होला
भजन गरौँ उमेर छँदै दुईदिने यो चोला
लगाउ ध्यान प्रभु मै जपौ नाम हरि कै ..

हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे
हरे राम हरे राम राम राम हरे हरे …

‘हरे कृष्ण’ भजनको भिडियो हेर्नुहोस् !

 

 

यो पनि पढ्नुहोस्

दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

१ दिन अगाडि
ड्रमस सरकलको आयोजनामा ‘नेपाल ड्रम फेस्टबल’ सांगितिक कार्यक्रम

ड्रमस सरकलको आयोजनामा ‘नेपाल ड्रम फेस्टबल’ सांगितिक कार्यक्रम

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

दमौली–भरतपुर २२० केभी प्रसारणका लागि रुख कटान

पूर्व मुख्यसचिव पक्राउ

आनी नियुक्तको सूचना दिन आनाकानी

स्वास्थ्य बीमा ऐन संशोधनको प्रक्रिया अघि बढाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक