बुध, कार्तिक २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

नेपाल नर्दन टेरिटोरी स्ट्राइकरसँग ४२ रनले पराजित

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
नेपाल नर्दन टेरिटोरी स्ट्राइकरसँग ४२ रनले पराजित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। नेपाल अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको पहिलो खेलमा स्थानीय क्लब नर्दन टेरिटोरी स्ट्राइकरसँग ४२ रनले पराजित भएको छ ।

डार्विनमा शुक्रबार भएको खेलमा जितका लागि एक सय ७८ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३५ रनमा समेटियो ।

नेपालका लागि कुशल मल्लले सर्वाधिक ३४ रन बनाउनुभयो । यस्तै गुलसन झाले २६, कप्तान रोहित पौडेलले २३, उपकप्तान दीपेन्द्रसिंह ऐरीले १९ र ओपनर आशिफ शेखले ११ रन बनाउनुभयो ।

यसअघि  टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नर्दन टेरिटोरीले निर्धाीरत २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ७७ रन बनाएको थियो ।

नर्दन टेरिटोरीका लागि डार्सी सटले सर्वाधिक ५१ रन बनाउनुभयो । यस्तै टम एन्ड्रियुजले अविजित ३२, जोर्डन सिल्कले १९, कोनोर क्यारोलले १८, क्याडल म्याकम्यहोनले १२ र ज्याक वेदरएल्डले ११ रन बनाउनुभयो ।

बलिङमा नेपालका सन्दीप लामिछानेले तीन विकेट लिनुभया । उहाँले चार ओभरमा ३८ रन दिनुभएको थियो । यस्तै शाहब आलमले ३२ रन दिएर दुई विकेट तथा गुलसन झा, दिपेन्द्रसिंह ऐरी र कप्तान रोहित पौडेलले एक एक विकेट लिनुभयो ।

अगस्ट २४ तारिखसम्म डार्विनमा हुने टप एन्ड टी–२० सिरिजमा दोस्रो खेल नेपालले अगस्ट १६ मा बङ्गलादेश ‘ए’ सँग खेल्नेछ । यस्तै नेपालले १८ मा मेलबर्न स्टार्स, १९ मा होबार्ट हुरिकेन्स, २० मा मेलबर्न रेनेगेड्स र २२ मा पाकिस्तान शाहीन्ससँग प्रतिस्पर्धा गर्ने छ । यस सिरिजमा ११ टोलीको सहभागिता रहेको छ ।

यस सिरिजपछि नेपालले अगस्ट २६ देखि ३० तारिखसम्म क्रिकेट एसिटी र साउथ अस्ट्रेलियासँग पाँच वटा अभ्यास खेल पनि खेल्ने पक्का भएको हो ।

नेपालले अगस्ट २६ मा एसिटी तथा अगस्ट २८ मा साउथ अस्ट्रेलियासँग दुई दुई वटा टी–२० खेल खेल्ने छ । यस्तै अगस्ट ३० तारिख साउथ अस्ट्रेलियासँगै एकदिवसीय खेल खेल्ने छ ।

नेपालले अष्ट्रेलिया भ्रमणलाई आगामी अक्टोबरमा हुने आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका रूपमा लिएको छ ।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज दुई खेल हुने

२ दिन अगाडि
सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेकपा एमाले संसदीय दलको बैठक शुरू

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक