काठमाडौं । ललितपुर जिल्ला अदालत र उच्च अदालत पाटनका गरी चार न्यायाधीशविरुद्ध न्याय परिषद्मा उजुरी परेको छ ।
कानुन व्यवसायी समेत रहेका धामीले न्यायाधीश कोइरालाले आर्थिक लेनदेन गरी आफूसमेत अर्का एक व्यक्तिको चेक अनादर मुद्दामा एकतर्फी फैसला गरेको आरोप लगाएका छन् । कानुन अनुसार दुई वर्ष कैद सजाय तोकिसकेको र जरिवाना रकम तिर्नु नपर्ने भएपनि फैसलामा रकम उल्लेख गरेको धामीको दाबी छ ।
उजुरीमा उनले चारै जना न्यायाधीशलाई बर्खास्तीको माग गरेका छन् ।


