सोम, कार्तिक १७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अमेरिकाबाट पठाइएको पार्सलमा गाँजा

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
अमेरिकाबाट पठाइएको पार्सलमा गाँजा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । अमेरिकाबाट पठाइएको पार्सलमा गाँजा भेटिएको छ।
लागुऔषध नियन्त्रण ब्युरोले अमेरिकाबाट पठाइएको पार्सलमा गाँजा फेला पारेको हो। यसमा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको ब्युरो प्रवक्ता एवं एसपी चक्रराज जोशीले जानकारी दिए। ६.९ किलो गाँजा बरामद गरेको उनले बताए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा आउने पार्सलमा प्रहरीले निगरानी राख्ने गर्छ। त्यहीक्रममा गत आइतबार एउटा पार्सल आइपुगेको थियो। क्यालिफोर्नियाको लस एन्जलसबाट दुबई हुँदै उक्त पार्सल काठमाडौंमा आइपुगेको थियो।
जसमा चकलेट एन्ड चाइल्ड गेम आइटम लेखिएको थियो। उक्त पार्सल शंकास्पद देखिएपछि चकलेटका बट्टाभित्र ४.५ किलो गाँजा फेला परेको थियो। पार्सल लिन आएका भारत गुजरातका ३० वर्षीय निमेश अशोकभाइ दायानी र सर्लाही हरिहरपुर नगरपालिका-३ का २८ वर्षीय फैज आलमलाई पक्राउ गरेको एसपी जोशीले बताए।
उनीहरूबाट एउटा भारतीय आधार कार्ड र ८० हजार रुपैयाँ पनि बरामद गरेको छ। उनीहरू बस्ने ठमेलको होटल कोठाबाट प्रहरीले अशोकभाइको राहदानी र एक लाख ४० हजार भारू पनि बरामद गरेको छ। यस्तै, सोही दिन क्यालिफोर्नियाबाटै अर्को पार्सल पनि आएको थियो। होम डेकोर वाटर एन्ड चाइल्ड गेम आइटम उल्लेख गरिएको पार्सल पनि चेक गर्दा थप गाँजा बरामद भएको ब्युरोले जनाएको छ। उक्त पार्सलबाट भने २.४ किलो गाँजा बरामद भएको हो। उक्त पार्सल लिन आएका गोरखा गण्डकी गाउँपालिका-४ का २३ वर्षीय रूपक अर्याललाई नागार्जुन-१ खरीबोटबाट पक्राउ गरेको छ।
पक्राउ परेका व्यक्तिहरूलाई पनि पार्सल ‘रिसिभ’ गर्नेमात्रै जिम्मा दिइएको थियो। ‘केही रकम दिने भनेर पार्सल रिसिभ गर्नलाई भनिएको देखिन्छ,’ उनले भने,‘ उक्त पार्सल फेरि अर्कै व्यक्तिहरूलाई दिने तयारी थियो।’ ब्युरोको प्रारम्भिक अनुसन्धानबाट उक्त गाँजा भारतमा लग्न लागिएको अनुमान गरिएको एसपी जोशीले बताए। तर नेपालमै प्रशस्त पाइने गाँजा अमेरिकाबाटै किन ल्याइयो भन्ने विषयमा पनि ब्युरोले अनुसन्धान गरिरहेको छ।
‘गाँजा नेपालमा प्रशस्त पाइन्छ। अमेरिकाबाट आएको पार्सल पनि धेरै होइन। थोरै मात्राको मात्रै छ। किन यसरी ल्याइयो भन्ने विषयमा हामी अनुसन्धान गर्दैछौं,’ जोशीले भने, ‘तर बरामद भएको गाँजा अलि फरक किसिमको छ। अमेरिकी पर्यटकलाई नै लक्षित गरी ल्याइएको हो कि भन्ने हाम्रो अनुमान छ।’ उनीहरूमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरेको ब्युरोले जनाएको छ।

यो पनि पढ्नुहोस्

रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

न्यायाधीशउपर महाभियोगको प्रक्रियामा अगाडि बढ्न उपयुक्त हुने

११ घण्टा अगाडि
नबिल बैंकले ११ प्रतिशत लाभांश घोषणा

नबिल बैंककाे खुद नाफा २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कीर्तिपुरमा यस बर्ष अन्तिम पटक देखाइयाे देवी नाच (पूरा भिडियाे सहित)

जर्मनीको फ्याङ्कफर्ट शहरमा लुटपाट

रास्वपामा उम्मेदवार छनोट प्रक्रिया अघि बढ्याे

यस्ताे छ माैसम आज

गैरजिम्मेवार आदेश दिने व्यक्तिलाई कारबाही गर्न सरकारसँग माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक