आइत, जेष्ठ ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home वाणिज्य मार्केट

सेयर बजार गिरावट

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
Reading Time: 1 min read
0
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सोमबार पनि सेयर बजारको गिरावटले निरन्तरता पाएको छ । बजार परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा २.०७ अंक घटेको छ । अन्तिम १५ मिनेटको भारित औसत मूल्य समायोजन नहुँदा १२ अंक बढेको बजार समायोजनपछि २ अंक घटेको हो ।

सो घटाइपछि नेप्से परिसूचक २९६२ अंकमा कायम भएको छ । हिजो आइतबार पनि बजार १८.४४ अंक घटेको थियो । कारोबार खुलेपछि नै बजार ओरालो लाग्यो । १२ : ३८ बजे नेप्से २९१८ अंकसम्म झरेको थियो, जुन विन्दु आजका लागि न्यूनतम रह्यो । त्यसपछि सम्हालिएको बजार, उतारचढाव हुँदै अन्तिम समयमा झिनो अंकले रातो रहन पुग्यो ।

कारोबार रकममा पनि कमी आएको छ । अघिल्लो दिन २६ अर्ब ५७ करोडको कारोबार भएकोमा आज १९ अर्ब ३६ करोडको भयो । आज विकास बैंक र व्यापार समूह ३ प्रतिशतभन्दा धेरै बढे । व्यापार ३.२४ र विकास बैंक समूह ३.०४ प्रतिशत बढे । त्यस्तै फाइनान्स २.७५, उत्पादन तथा प्रशोधन १.७१ प्रतिशत बढे ।

बैंकिङ ०.८९, होटल तथा पर्यटन ०.२८, हाइड्रोपावर ०.५०, लगानी ०.१०, जीवन बीमा ०.६६, माइक्रोफाइनान्स ०.३३, निर्जीवन बीमा ०.७२ तथा अन्य ०.७६ प्रतिशत घटे ।

दुई कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा समता घरेलु लघुवित्त र सान्भी इनर्जी छन् । सूचीकृत भएपछि लगातार १० प्रतिशतका दरले मूल्य बढ्दै गएको सान्भी प्रतिकित्ता ६९८.६२ रुपैयाँ मूल्यमा पुगेको छ । त्यस्तै ट्रेड टावरको मूल्य ९.५३ प्रतिशत बढेर ७८०.९४ रुपैयाँ पुगेको छ ।

हिमालयन डिस्टिलरीको ५.८०, सांग्रिला डेभलपमेन्ट बैंकको ५.७३ प्रतिशत मूल्य बढ्यो । विन्ध्यबासिनी हाइड्रोपावरको ८.४९, ग्रिन भेन्चर्सको ५.०८ तथा उन्नति सहकार्य लघुवित्तको ४.४१ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, ङादी ग्रुप पावर, लुम्बिनी विकास बैंक र एचआईडीसीएल प्रोमोटर छन् । बजारको पूँजीकरण ४९ खर्ब ४२ अर्ब पुगेको छ ।

यो पनि पढ्नुहोस्

सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

घट्यो सेयर काराेबार

५ दिन अगाडि
नेपालमा उबरकाे सेवा सुरु गर्ने घोषणा

नेपालमा उबरकाे सेवा सुरु गर्ने घोषणा

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

पाल्पामा हालसम्म ८४२ जनामा एचआइभी सङ्क्रमित

भूमि अतिक्रमणविरुद्ध देशव्यापी अभियान अघि बढ्याे

नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीले बहस गर्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक