आइत, असार १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

सावित्रा ‘साम्बा’लाई बधाई दिँदै गरेको फेसबुक पोस्ट हटाएपछि . . .

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
0
सावित्रा  ‘साम्बा’लाई बधाई दिँदै गरेको फेसबुक पोस्ट हटाएपछि . . .
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’लाई बधाई दिँदै गरेको फेसबुक पोस्ट हटाएको छ।

एन्फाले गत साउन २ गते बिहान १०:३५ बजे साम्बाले न्युजिल्यान्डको क्लब वेलिङ्टन फिनिक्सबाट खेल्ने भन्दै बधाई दिएको थियो। तर, त्यो पोस्ट हटाएको हो।

उक्त पोस्टमा एन्फाले लेखेको थियो, ‘फरवार्ड सावित्रा भण्डारीले न्युजिल्यान्डको वेलिङ्टनस्थित क्लब वेलिङ्टन फिनिक्स एफसीसँग सम्झौता गरेकी छन्। उक्त क्लब अस्ट्रेलियाको शीर्ष स्तरको प्रतियोगिता ए–लिग वुमेन्स फुटबल फेडेरेसन अस्ट्रेलियाको अनुमतिमा प्रतिस्पर्धा गर्छ। बधाई सावित्रा।’

उक्त दिन एन्फाले क्लबकै पेज सेयर गर्दै बधाई दिएको थियो। केही समयपछि अर्को पोस्ट पनि गरेको थियो। तर, दुवै पोस्ट हटाएको हो। नेपाली महिला राष्ट्रिय टोलीकी कप्तानसम्मेत रहेकी उनलाई वेलिङ्टन फिनिक्सले आगामी दुई सिजनका लागि अनुबन्ध गरेको थियो।

यो लिगमा अस्ट्रेलिया र न्युजिल्यान्डका क्लब खेल्ने गर्छन्। वेलिङ्टन फिनिक्स न्युजिल्यान्डको क्लब हो। २९ वर्षीया सावित्राले नेपाली जर्सीमा ६० खेलमा ६६ गोल गरिसकेकी छन्। उनले उज्बेकिस्तानमा भएको एएफसी महिला एसियन कप छनोटका ३ खेलमा २ ह्याट्रिकसहित ९ गोल गरेकी थिइन्।

भारतीय महिला सुपर लिगमा उनले जम्मा २४ खेलमै ६० भन्दा बढी गोल गरेकी थिइन्। त्यही लोभलाग्दो प्रदर्शनको आधारमा उनलाई फ्रान्सेली क्लब अभान्ट ग्वेन्ग्याम्पले २ सिजन अनुबन्ध गरेको थियो। उनी शीर्ष युरोपेली लिगमा खेल्ने र गोल गर्ने पहिलो नेपाली खेलाडी हुन्।

नेपाली टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डले एन्फा र एन्फाका स्टाफसँगको टकरावसँगै बेल्जियम फर्किएको केही दिनपछि साम्बालाई वेलिङ्टन फिनिक्सले अनुबन्ध गरेको थियो। प्याट्रिकसँगै उज्बेकिस्तान पुगेका एन्फा र उसका स्टाफ भने लाओससँगको पहिलो खेलअगाबै मिडफिल्डर रेनुका नगरकोटेलाई कप्तानी जिम्मेवारी दिएका थिए।  तर, प्याट्रिकले साम्बालाई कप्तानी जिम्मेवारी नदिएको भन्दै विवाद उत्पन्न भएको थियो। एन्फाले पनि सो खेलअगाबै लाइनअपमा रेनुकाले नेपाली टोलीको कप्तानी गर्ने भन्दै  पोस्ट गरेको थियो।

तर, पछि टोलीको कप्तानी साम्बाले गरेकी थिइन्। यद्यपि, साम्बाको प्रदर्शन उच्च रहेपनि नेपाली टोली एएफसी एसियन कपमा छनोट हुन चुकेको थियो। एन्फाको यो पोस्ट हट्नुमा कप्तानी विवाद जोडिएको एन्फा स्रोत बताउँछ।

एक पदाधिकारी भन्छन्, ‘फुटबल संघले आधिकारिक रूपमा बधाई दिनु सामान्य कुरा हो। एन्फाले अन्तर्राष्ट्रिय क्लबसँग जोडिदा साम्बालाई र रोहित चन्दलाई फेसबुक पेजबाटै बधाई दिएको थियो। रोहितको पोस्ट अझै हटेको छैन। साम्बाको हट्नु चाहिँ कप्तानी विवादसँग जोडिएको हो कि भन्ने कुरा चलिरहेको छ।’

एन्फाको फेसबुक पेज मिडिया हेड शैलेन्द्र अधिकारीले ह्यान्डल गर्दै आएका छन्। तर, ती पदाधिकारीका अनुसार उनलाई पनि महासचिव किरण राईले यस्ता पोस्ट गर्ने या नगर्ने भन्नेबारे आदेश दिने गरेका छन्।

नेपाल एसियन कपमा छनोट हुन असफल हुँदा, वाइल्डले नेपाली टोली छाड्दा र महिला यु–२० टोली साफ च्याम्पियनसिपको अन्तिम खेलमा बंगलादेशसँग ४–१ ले पराजित हुँदै उपविजेतामा सीमित हुँदाले एन्फा समर्थकबाट आलोचनाको सिकार भइरहेको थियो। त्यसैले एन्फाले प्राय: पोस्टमा कमेन्ट् बक्स नै अफ गर्दै आएको छ। ती पदाधिकारी भन्छन्,‘आलोचनाले नै सुध्रिने मौका दिने हो। तर, हामी आलोचनाबाट भाग्दै छौं। त्यो कमेन्ट् बक्स अफ गर्न पनि महासचिवले नै आदेश दिएका हुन्।’

यो पनि पढ्नुहोस्

केप भर्डे नकआउट चरणमा पुग्याे

केप भर्डे नकआउट चरणमा पुग्याे

१४ घण्टा अगाडि
स्पेन फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश

स्पेन फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश

१४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

जनचेतना भए लागू पदार्थको कुलतबाट छुटकारा

केही स्थानमा मनसुन वायुको प्रभाव

आज सुनको मूल्य बढ्याे

रातोमच्छिन्द्रनाथ जात्रामा भोटो अर्थात् हेलागुलि लं के हो ?

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक