शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

संविधानसम्मत कि न्यायाधीशको विवेकसम्मत ?

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
Reading Time: 1 min read
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–निमकान्त पाण्डे

अदालती प्रक्रियाबारे एउटा उक्ति निकै प्रचलित छ, ढिला न्याय दिनु न्याय नदिनु बराबर हो । नेपालमा भने अदालती प्रक्रियामा ढिलाइ मात्र होइन, फैसलामा नै प्रश्न उठ्ने गरेको छ, जसका कारण न्याय कुरेर वर्षौंसम्म बसेका सर्वसाधारण आहत बन्दै आएका छन् । यसले अनुसन्धान, अभियोजन र न्यायिक प्रक्रियालाई पनि विवादित बनाएको छ ।

न्यायालयका पछिल्ला केही फैसलाहरु नै जनताको कठघरामा उभिनुपरेको छ । उदाहरणका लागि, कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले दिएको सफाइको फैसला । २०६४ को संविधानसभाको निर्वाचनअघि रौतहटमा भएको बम विस्फोटको घटनामा आलमलाई जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जेल सजाय गरेको थियो । तर, उच्च अदालतले त्यसलाई उल्टाउँदै सफाइ दिएको हो । यो फैसलाको अहिले चौतर्फी आलोचना भइरहेको छ । आलमलाई सफाइ दिने दुई न्यायाधीशमाथि अहिले न्यायपरिषद्ले छानबिन थालेको छ ।

आलम प्रकरणमा राजनीतिक चासो र दबाब थियो । कांग्रेस सभापति शेरबहादुर देउवाले नै आलमलाई छुटाउन पहल गरिरहेको सार्वजनिक रुपमा अभिव्यक्ति दिएका थिए । त्यसकारण बम विस्फोटजस्तो गम्भीर घटनामा र सबै गाउँबासी प्रत्यक्षदर्शी भएको अवस्थामा पनि अदालतले आलमलाई सफाइ दिँदा अहिले विवाद देखिएको हो ।

नेपालको संविधान २०७२ ले न्यायपालिकालाई स्वतन्त्र, निष्पक्ष र संवैधानिक मर्मको रक्षकको रूपमा स्थापित गरेको छ । संविधानको धारा १२६ ले सर्वोच्च अदालतलाई संवैधानिक व्याख्या र कानुन कार्यान्वयनको जिम्मेवारी सुम्पिएको छ भने धारा १२९ ले संवैधानिक इजलासमार्फत संवैधानिक विवादहरू निरूपण गर्ने अधिकार प्रदान गरेको छ । यी प्रावधानले न्यायपालिकालाई शक्ति पृथकीकरण र विधिको शासनको आधारस्तम्भ बनाएको छ । तर, पछिल्ला केही वर्षमा सर्वोच्च अदालतका केही फैसलाले संवैधानिक आधार र न्यायाधीशको व्यक्तिगत विवेकबीचको रेखालाई धमिलो बनाएका छन् । यस्ता फैसलाले जनमानसमा व्यापक बहस निम्त्याएका छन् र तिनको संविधानसम्मत वा न्यायाधीशको विवेकमा आधारित भएको प्रश्नले गम्भीर चर्चा पाएको छ ।

नेपालको संवैधानिक ढाँचाले सर्वोच्च अदालतलाई संविधानको व्याख्या र कार्यान्वयनको सर्वोच्च निकाय बनाएको छ । संवैधानिक इजलासले संविधानको अक्षर र भावनालाई आधार मानेर फैसला गर्नुपर्छ, जसले विधिको शासन र शक्ति सन्तुलनलाई कायम राख्छ । अदालतका फैसला स्पष्ट कानुनी तर्क, संवैधानिक प्रावधानको व्याख्या र नजिरमा आधारित हुनुपर्छ । तर, जब फैसलाहरूले संवैधानिक आधारलाई कमजोर बनाउँछन्, व्यक्तिगत वा राजनीतिक प्रभाव झल्काउँछन्, तब तिनको वैधानिकतामाथि प्रश्न उठ्छ । पछिल्ला केही फैसलाले यस्तै विवाद निम्त्याएका छन् ।

हालसालै सर्वोच्च अदालतले अध्यादेशमार्फत विभिन्न संवैधानिक निकायहरूमा गरिएको ५२ पदाधिकारीको नियुक्तिलाई वैधानिक ठहर गरेको फैसला निकै विवादास्पद बन्यो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले २०७७ माघ र २०७८ असारमा अध्यादेशमार्फत गरेको थियो । ओली सरकारले संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएर बहुमतका आधारमा नियुक्ति गरेको थियो, जुन संविधानको धारा २९२ अनुसार संसदीय सुनुवाइबिना भएको भन्दै गैरकानुनी रहेको रिट निवेदकहरूको दाबी थियो । संविधानमा संवैधानिक निकायका पदाधिकारीको नियुक्तिअघि संसदीय सुनुवाइ अनिवार्य भए पनि यी नियुक्तिहरूमा यो प्रक्रिया पालना गरिएको थिएन । नियुक्तिहरूमा नेकपा एमालेका कार्यकर्ता र पूर्वप्रशासकहरूको बाहुल्य रहेको, साथै नेपाली कांग्रेसलगायत अन्य दलहरूसँग सीट बाँडफाँट भएको थिए । यो मुद्दा साढे चार वर्षदेखि सर्वोच्चमा विचाराधीन थियो, र १५ वटा रिटमाथि पटक–पटक पेसी सरेको र ढिलाइ भएको भन्दै न्यायालयको विश्वसनीयतामाथि प्रश्न उठेको थियो ।

यससम्बन्धी फैसलामा संवैधानिक इजलासका पाँच न्यायाधीशमध्ये तीन जनाले बहुमतको आधारमा यो अध्यादेशलाई संविधानसम्मत माने, जबकि दुई जनाले फरक मत राखेका थिए । यो फैसलाले संवैधानिक निकायहरूको स्वतन्त्रता र नियुक्ति प्रक्रियाको पारदर्शितामाथि गम्भीर प्रश्न उठायो । सामाजिक सञ्जालमा यो फैसलाले तीव्र प्रतिक्रिया निम्त्याएको छ । कोहीले यसलाई कार्यकारिणीको प्रभावमा परेको ‘राजनीतिक फैसला’ को संज्ञा दिए भने कोहीले न्यायपालिकाको स्वतन्त्रतामाथि नै आघात भएको बताए । यो फैसलाले संवैधानिक आधारभन्दा न्यायाधीशहरूको व्यक्तिगत व्याख्या र राजनीतिक सन्दर्भलाई प्राथमिकता दिएको आभास हुन्छ, जसले संवैधानिक मर्ममाथि प्रश्न उठाएको छ ।

न्यायाधीश नियुक्तिमा चरम राजनीति हुँदै आएको हामी सबैलाई जानकारी रहेको कुरा नै भयो । त्यही राजनीतिकरण अहिले अदालतका फैसलामा देखिनु दुर्भाग्यपूर्ण हो । न्यायाधीश नेताप्रति होइन, संविधानप्रति बफादार र निष्ठापूर्ण हुने हो । अनि मात्र न्यायिक क्षेत्रको मानसम्मान र गरिमा रहनेछ । यदि राजनीतिक दबाबमा रहेर न्यायाधीशले फैसला गर्ने हो भने अदालतप्रति सर्वसाधारणको भरोसा पनि घट्दै जानेछ । जनधारणा साप्ताहिक

 

यो पनि पढ्नुहोस्

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

२ घण्टा अगाडि
कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

आन्दोलित बार एसोसिएसन शपथपछि संयमित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

भारतमा इन्धनको मूल्यमा वृद्धि हुने क्रम जारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक