काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार नेप्से परिसूचक २५.८९ अंकले बढेर २७३१.८० को विन्दुमा कायम भएको छ ।
नेप्सेमा बिहिवार ३१२ कम्पनीको २ करोड ६४ लाख ७० हजार ८४० कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ६८ करोड माथिको सेयर कारोबार भएको छ । आज माई खोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ८.१५ प्रतिशतका दरले कमाएका छन् ।
यस्तै, मान्डु हाइड्रोपावरका लगानीकर्ताले ६.६७ प्रतिशतका दरले कमाएका छन् । आज एनआरएनको सर्वाधिक सेयर कारोबार भएको छ ।
यस कम्पनीको ५७ करोड ५ लाख रुपैयाँको सेयर कारोबार भएको हो ।
दोस्रोमा बुटवल पावर कम्पनीको ३२ करोड ७३ लाख रुपैयाँ र तेस्रोमा सानिमा बैंकको २६ करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भयो । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले आज सर्वाधिक गुमाए ।
यस कम्पनीका लगानीकर्ताले ९.९२ प्रतिशतका दरले गुमाएका हुन् ।


