आइत, जेष्ठ ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नयाँ ए-सिरिज स्मार्टफोन ओप्पो ए ५ सार्वजनिक गर्ने घोषणा

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
Reading Time: 1 min read
0
नयाँ ए-सिरिज स्मार्टफोन ओप्पो ए ५ सार्वजनिक गर्ने घोषणा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी ओप्पोले आज नेपालमा आफ्नो नयाँ ए-सिरिज स्मार्टफोन ओप्पो ए ५ सार्वजनिक गर्ने घोषणा गरेको छ । यो फोन १० जुलाई, २०२५ देखि नेपालभरका पसलहरूमा उपलब्ध हुनेछ । ओप्पो ए ५ लाई एक बलियो डिजाइन भएको फोनको रूपमा प्रस्तुत गरिएको छ, जसले भरपर्दो टिकाउपन प्रदान गर्ने बताइएको छ ।

ओप्पो ए ५ ले पानी र धुलो प्रतिरोधका लागि आईपी ६५ रेटिङ प्राप्त गरेको छ । यसको सिलबन्द डिजाइनले बालुवा, फोहोर जस्ता कणहरूलाई डिभाइसमा प्रवेश गर्नबाट रोक्छ । जसले यसलाई घर बाहिरका कामहरू, निर्माण स्थल वा धुलोयुक्त वातावरणमा समेत प्रयोग गर्न सकिने बनाएको छ । यो फोनले वर्षा, आकस्मिक रूपमा पेय पदार्थ पोखिने र घरायसी छिटपुट तरल पदार्थबाट पनि जोगाउँछ । यसको डिजाइनमा सिम ट्रे जस्ता पोर्टहरूलाई सिलिकन गास्केटले सुरक्षित गरिएको छ भने यूएसबी-सी इन्टरफेसमा वाटरप्रुफ सकेट प्रयोग गरिएको छ । आन्तरिक कम्पोनेन्टहरूलाई कम्पन र प्रभावबाट जोगाउन फोम एडहेसिभ र ग्लु डिस्पेन्सिङ राखिएको छ ।

कम्पनीका अनुसार यसको बलियो भित्री र बाहिरी बनावटले फोनलाई लामो समयसम्मका लागि टिकाउ र मर्मतको आवश्यकता समेत घटाउने बनाएको छ । ओप्पो ए ५ ले मिलेट्री-ग्रेड शक प्रतिरोधी र एसजीएस गोल्ड लेबल रेटिङका साथ टिकाउपनमा नयाँ मापदण्ड सेट गरेको छ । यसको फ्ल्यागशिप-स्तरको डबल-टेम्पर ग्लास स्क्रिनले स्ट्यान्डर्ड ग्लासको तुलनामा १६०% बढी प्रभाव सहन सक्ने दाबी छ । ओप्पो ए ५ ले सामान्य अवस्थामा खस्ने, चाबीले कोरिने देखि गाडीले कुल्चिने जस्ता प्रयोगशाला परीक्षणहरूमा टिक्न सक्ने क्षमता देखाएको उल्लेख छ। यसमा ६,००० एमएएच ब्याट्री रहेको छ । जुन ५ वर्षसम्म ढुक्कले टिक्ने बताइएको छ । आफ्नै एड्भान्स हार्डवेयर र इन्टेलिजेन्स सफ्टवेयर इनोभेसनको संयोजनका कारण ब्याट्रीले १,७०० चार्ज साइकलपछि पनि ब्याट्री हेल्थ ८०% भन्दा बढी कायम राख्न सक्ने ओप्पोले जनाएको छ । ओप्पो ए ५ मा ४५ वाटको सुपरभोक टीएम फ्ल्याश चार्ज प्रविधि पनि समावेश छ । जसले फोनलाई २१ मिनेटमा ३०% र ८४ मिनेटमा १००% चार्ज गर्न सक्छ ।

कलरओएस १५ मा आधारित यो फोनमा गुगल जेमनाई एआई असिस्टेन्ट जस्ता उन्नत एआई फिचरहरू समेत रहेका छन् । फोनमा ५० एमपीको अल्ट्रा-क्लियर मेन क्यामेरा, २ एमपी डेप्थ सेन्सर र ५ एमपी फ्रन्ट क्यामेरा दिइएको छ । फोनमा स्न्यापड्रागन ६ एस फोरजी जेन १ मोबाइल प्लेटफर्म चिपसेट, ६ जीबी सम्मको र्‍याम र १२८ जीबीको स्टोरेज दिइएको छ । १००० निट्सको ब्राइट डिस्प्ल, ३००% अल्ट्रा भोलुम मोड र सिमलेस सेलुलर/वाई-फाई नेटवर्क स्विचिङ २.०जस्ता विशेषता समेत यो फोनमा छन् । डिजाइनको कुरा गर्नु पर्दा यो फोन स्टाइलिश डिजाइनमा आएको छ ।

ओप्पो ए सिरिजको प्रतिष्ठित हल्का र अल्ट्रा-स्लिम डिजाइनलाई निरन्तरता दिइएको छ भने फोनको मोटाई ७.९९ एमएम र तौल मात्र १९३ ग्राम रहेको छ । ओप्पो ए ५ को ६ जीबी र्‍याम + १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य २२ हजार ९९९ रुपैयाँ तोकिएको छ । यो फोन बिहीबारदेखि नेपालभरका सबै रिटेल स्टोरहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यो फोन ०% ब्याजदरको ईएमआईमा पनि खरिद गर्न सकिनेछ जसका लागि ४०% डाउन पेमेन्ट र बाँकी १२-महिनाको सजिलो किस्ताबन्दी योजना रहेको छ । लन्च अफरको रूपमा १० जुलाईदेखि ९ अगस्टसम्म ओप्पो ए ५ खरिद गर्ने ग्राहकले २ वर्षसम्मको विस्तारित वारेन्टी पाउने छन् ।

यो पनि पढ्नुहोस्

सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

घट्यो सेयर काराेबार

५ दिन अगाडि
नेपालमा उबरकाे सेवा सुरु गर्ने घोषणा

नेपालमा उबरकाे सेवा सुरु गर्ने घोषणा

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

आज विश्व रक्तदाता दिवस

पाल्पामा हालसम्म ८४२ जनामा एचआइभी सङ्क्रमित

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक