सोम, मंसिर ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ज्वाइँले गरे ससुरालीका ४ जनाको हत्या !

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
ज्वाइँले गरे ससुरालीका ४ जनाको हत्या !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोदलेखानीमा शनिबार राति एकै परिवारका चार जनाको ज्यान लिने घटनाले जिल्ला स्तब्ध बनेको छ। प्रहरीले प्रारम्भिक अनुसन्धानमा ससुराली पुगेका ज्वाइँ राजेन्द्र राईले ससुरा, सासु, श्रीमती र सालोको छुरी प्रहार गरी हत्या गरेको खुलाएको छ।

प्रहरीका अनुसार भोजपुर नगरपालिका–२ का ३२ वर्षीय राईले राति १ बजेतिर प्रहरी कन्ट्रोल रुममा फोन गरी आफूमाथि आक्रमण भएको र त्यसपछि चार जनाको हत्या गरेको जानकारी दिएका थिए। उनले भनेका थिए, “ममाथि चक्कु प्रहार भयो, त्यसपछि मैले मान्छे मारेँ, मलाई पक्राउ गर्न आउनुस्।”

घटनास्थलमा पुगेको प्रहरीले ससुरा ६८ वर्षीय बेलबहादुर गिरी, सासु ४५ वर्षीया मञ्जु गिरी, श्रीमती १६ वर्षीया मनिषा गिरी र १० वर्षीय सालो सपन गिरीको शव फेला पारेको थियो। हत्या आरोपित राई भने घटना स्थलभन्दा करिब पाँच किलोमिटर टाढा हर्बुभञ्ज्याङमा घाइते अवस्थामा फेला परेका थिए। उनको पेटमा धारिलो हतियारका चोट देखिएको र हाल जिल्ला अस्पतालबाट थप उपचारका लागि विराटनगर रिफर गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ।

राजेन्द्रले प्रारम्भिक बयानमा राति सुतिरहेको बेला सासूले आफूमाथि छुरी प्रहार गरेपछि आफूले छुरी खोसेर सबैलाई मारेको बताएका छन्। प्रहरीले घटनाको पृष्ठभूमिमा पारिवारिक असमझदारी र प्रेम विवाहलाई जोडेको छ। राजेन्द्रले झण्डै एक वर्षअघि मनिषासँग प्रेम विवाह गरेका थिए। पहिलेकी पत्नीले छोडेपछि मनिषासँगको सम्बन्ध सुरु भएको र उनलाई भगाएर ल्याएको जनाइएको छ।

घटनाको केही समयअघिसम्म मनिषा माइतीमै थिइन् भने राजेन्द्र उनलाई लिन ससुराली गएका थिए, तर उमेर नपुगेको भन्दै ससुराली पक्षले फर्काएका थिए। प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि भोजपुर अस्पताल पठाउने तयारी गरेको छ। घटनासँग सम्बन्धित थप अनुसन्धान जारी रहेको जनाएको छ।

यो पनि पढ्नुहोस्

तासजुवा खेलेको आरोपमा  १० जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

४ दिन अगाडि
अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

स्थानीय पाठ्यक्रम अध्यापन गराउने विद्यालयलाई सम्मानपत्र

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्री बालेनलाई गंगाजलसहितकाे घडा उपहार

नेपाल–भारतबीच प्रतिनिधिमण्डलस्तरीय बैठक सुरु

भैरहवाबाट हवाई रुट दिन भारत सहमत, नेपालको दशक लामो प्रयासमा ब्रेक थ्रु

सीमा विवाद र एयर रुटको विषयले प्राथमिकता नपाउने संकेत

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक