बिहि, बैशाख १७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपालबाट बाहिइयाे धान चामल खरिदमा ३९ अर्ब

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
Reading Time: 1 min read
0
नेपालबाट बाहिइयाे धान चामल खरिदमा ३९ अर्ब
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । नेपाल धान चामलमा पनि परर्निभर छ। पर्याप्त उत्पादन नहुँदा विदेशबाट धान चामल आयात गरेर नेपालको माग धान्नुपर्ने अवस्था देखिएको हो।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयकाअनुसार मुलुकको लागि आवश्यक पर्ने करिब ७९ लाख मेट्रिक टन धानमध्ये करिब १० लाख मेट्रिक टन धान उत्पादन अपुग  छ। फलस्वरुप, चालु आर्थिक वर्षको जेठ मसान्तसम्म करिब धान, धानको बीउ, चामलर कनिका गरी कुल ७ लाख ५३ हजार मेट्रिक टन धान जन्य वस्तु आयात भएको छ। यी वस्तु आयातमा करिब ३८ अर्व ९४ करोड रुपैयाँ विदेशिएको छ।

मन्त्रालयकाअनुसार विशेषगरि चालममा बढी निर्भरता, सोमध्ये पनि नेपालमा कम उत्पादन हुने मसिना तथा वासनादार चामलमा उपभोक्ताको बढी रोजाइ, छिमेकी मुलुकले धान निर्यातले लिने नीतिगत व्यवस्था लगायतका कारण उत्पादन वृद्धि हुँदाहुँदै पनि धानरचामलको आयात अपेक्षाकृत कम हुन सकेको छैन।

कुनै समय नेपालले धान र चामल निर्यात गर्ने नेपाल परनिर्भर बन्दै गएको छ। नेपालले २०५० सालसम्म धान तथा चामल निर्यात गर्ने गरेको थियो। नेपालमा उत्पादित धान र चामल आन्तरिक उपभोगमा बढी भएका कारण निर्यात हुन्थ्यो। खासगरी दक्षिण कोरियालाई समेत नेपालको चामल तथा धान निर्यात हुन्थ्यो।

सोही कारण नेपाललाई कृषि प्रधान देशको रुपमा समेत चित्रण गरिएको थियो। अहिले धान चामलमा देखिएको परनिर्भरता हटाउन सरकारले प्रभावकारी कदम चाल्न सकेको छैन। तैपनी परनिर्भरता हटाउने कार्यक्रम बजेटमा राख्न भने छाडिएको छैन। नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा पनि मुलुकलाइ आगामी २ वर्षमा धानमा आत्मनिर्भर बनाउने विषय उल्लेख छ।

आगामी वर्षहरूमा धानको उत्पादन र उत्पादकत्व वृद्धिको लागि मन्त्रालयले प्राथमिकताका साथ विशेषगरी चैते धानमा क्षेत्रफल विस्तार र वर्षे धानमा उत्पादकत्व वृद्धिका कार्यक्रमहरू तीनै तहका सरकारमार्फत सञ्चालनको व्यवस्था गर्ने लक्ष्य छ। मलखाद, गुणस्तरीय बीउ र अनुसन्धानबाट प्राप्त नविनतम प्रविधिहरू किसान माझ पुर्‍याउन कार्यक्रमहरू केन्द्रित  कृषि मन्त्रालयका अधिकारीहरूको भनाइ रहेको छ।

परनिर्भरता नहटेपनि पछिल्लो समय धान उत्पादन भने केही बढेको सरकारी तथ्यले देखाउँछ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयकाअनुसार चालु आवमा ५९ लाख ५५ हजार ४ सय ७६ मेट्रिक टन धान उत्पादन हुने अनुमान छ। यो उत्पादन गत वर्षको तुलना ४ दशमलव ४ प्रतिशतले बढी हो।

मन्त्रालयकाअनुसार चालु आबमा मनसुन औसत भन्दा तीन दिन अगाडी सक्रिय हुन पुगेको र सो अबधिमा औषत वर्षा गत आ।ब।को सरदर भन्दा उच्च रहन जाँदा वर्षे धान बालीको लागि सहयोगी बन्न पुगेको छ। यसै गरी रासायनिक मल र उन्नत जातको धानको आयात गत बर्षको सोही अबधिको तुलनामा बृद्वि हुनु पनि धान उत्पादनकालागी प्रभाबकारी रहन गएको छ।

धान बाली लगाइएको क्षेत्रफलमा सामान्य कमि आउँदा पनि उत्पादकत्वमा आएको सकारात्मक वृद्धिले उत्पादन बढ्ने अनुमान गरिएको छ । वर्षे र चैते दुवै गरी चालु आर्थिक वर्षमा कुल १४ लाख २० हजार ६ सय ३६ हेक्टर क्षेत्रफलमा धान लगाइएको अनुमान  गरिएको छ। जुन गत आवको तुलनामा १.२८ प्रतिशतले कमि हो।

औषत उत्पादकत्व ४.१९ मेट्रिक टन  प्रति हेक्टरमा पुगेको छ। यो हालसम्मको उच्च बिन्दु हो। सोही अवधिमा चैते धान र वर्षे धानको उत्पादन तथा उत्पादकत्व गत आर्थिक वर्षको तुलनामा वृृद्धि हुन गएको छ।

प्रदेशगत रुपमा कोशी प्रदेश, मधेस प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशहरूमा कुल धान उत्पादनमा वृद्धि भएको छ भने बाँकी तीन प्रदेशहरूका उत्पादन वृद्धि नकरात्मक रहन गयो। जिल्लागत हेर्ने हो भने रुकुम (पश्चिम) मा धान बाली लगाइएको क्षेत्रफल गत वर्षको तुलनामा कमि रहेकाले समग्र कर्णाली प्रदेशको उत्पादनमा कमी आएको छ।

यसै गरी नवलपरासी (पूर्व) केही भागमा वर्षे धानको बाला नलाग्ने समस्या देखापरी उत्पादनमा कमी आउँदा र लमजुङ जिल्लामा धान बाली लगाईएको क्षेत्रफल परिमाण परिमार्जन हुँदा कुल धान बाली भित्राइएको क्षेत्रफलमा कमि आई उत्पादनमा कमि हुन आएको छ।

यो पनि पढ्नुहोस्

तरकारी र फलफूलमा ‘भ्याट ’नलगाउन माग

कृषिउपजको थोक मूल्य निर्धारण

२ दिन अगाडि
तरकारी र फलफूलमा ‘भ्याट ’नलगाउन माग

कृषिउपजको थोक मूल्य

१ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नाई मलाई त्यही पार्टी चाहिन्छ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गोंगबुँ भैरव तथा बुद्धको मूर्तीको प्राण प्रतिष्ठा सम्पन्न

एनआरएनएले विधेयक संशोधनका लागि मन्त्रालयमा बुझायो सुझाव पत्र

विपद् पूर्वतयारीका लागि सुकुमवासी बस्तीको विवरण माग

सेनाका तीन सहायक रथी उपरथीमा बढुवा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक