काठमाडौं । सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको माग अनुचित भएको भन्दै छानविन समिति बनाउने बिषयमा छिट्टै सहमति हुने जनाएका छन् ।
बुधबार सिंहदरबारमा जेठ २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै उनले छानविन समिति कै बिषयमा दलहरुबीच छलफल भएको र बजेट सम्बन्धी छलफल प्रक्रियालाई अगाडि बढाउन आफुहरुले आग्रह गरेको जनाए ।
उनले भने, ‘संसदीय छानबिन समिति बनाउने वा कसरी बनाउने भन्नेबारे छलफल भईराखेको छ । सम्भवतः आज या भोलिसम्ममा कुरा मिल्छ होला भन्ने यहाँहरुलाई जानकारी गराउन चाहान्छु ।’
त्यस्तै उनले प्रधानमन्त्रीले भनेको झोले शव्दलाई अपव्याख्या नगर्न पनि आग्रह गरे ।


