मङ्ल, जेष्ठ ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विद्यालय र समुदायमा कानुनी चेतना बढाउन सहयोग

धारणा न्यूज by धारणा न्यूज
१२ महिना अगाडि
0
विद्यालय र समुदायमा कानुनी चेतना बढाउन सहयोग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

ओखलढुङ्गा। ओखलढुङ्गाको सुनकोशी गाउँपालिका अन्तर्गतका माध्यमिक तहका विद्यालयमा ‘न्यायिक सचेतना कार्यक्रम’ सञ्चालन गरिएको छ ।

गाउँपालिकाको १३ वटा माध्यमिक तहका विद्यालय मध्ये आठ वटामा न्यायिक सचेतना कार्यक्रम सञ्चालन गरिएको हो । विद्यालयमा आयोजित कार्यक्रममा कानुनी साक्षरता, बालअधिकार, लैंगिक हिंसा नियन्त्रण, बालबालिकाको उत्तरदायित्व तथा न्याय प्रणाली सम्बन्धी जानकारी दिइएको थियो ।

बालकालिका र समुदायमा कानुनी सचेतना वृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको न्यायिक समितिका संयोजक एवं गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारीले जनाउनुभयो ।

विद्यालय र समुदायमा कानुनी साथै न्यायिक सचेतना विस्तार गरी अन्याय र गैरकानुनी क्रियाकलाप न्युनिकरण गर्ने उद्देश्यले कक्षा ८ देखी १० सम्मका बालबालिका र शिक्षकहरुलाई न्यायिक सचेतना कार्यक्रम सञ्चालन गरिएको उपाध्यक्ष अधिकारीको भनाई छ ।

बाँकी रहेका विद्यालयहरुमा आगामी दिन कार्यक्रम सञ्चालन गरिने उपाध्यक्ष अधिकारीले जानकारी दिनुभयो । कार्यक्रममा सहभागी शिक्षक तथा अभिभावकले यस्तो खालको कार्यक्रमले विद्यार्थीहरुमा कानुनी चेतना बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

विशेषगरी किशोर–किशोरीहरुलाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रममा बालमैत्री विद्यालयको अवधारणा, बालअधिकार संरक्षण तथा विद्यार्थीले कानुनी प्रक्रिया कसरी बुझ्ने भन्ने विषयमा जानकारी दिइएको थियो ।

समुदायमा हुने बाल विबाह लगायत गैरकानुनी गतिविधी रोक्न बालबालिका अग्रसर हुने बताएका छन् । कानुन व्यवसायी अधिवक्ता टेकनाथ सापकोटा र पत्रकार एसबी जेरोले विद्यालयहरुमा पुगेर प्रशिक्षण दिनुभएको थियो ।

आगामी दिनमा अन्य वडाका समुदाय स्तरमा पनि यस्ता सचेतनामूलक कार्यक्रम विस्तार गर्ने सुनकोशी गाउँपालिकाले जनाएको छ ।

यो पनि पढ्नुहोस्

न्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ आज हुँदै

न्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ आज हुँदै

५ मिनेट अगाडि
व्यवसायी सुलभ अग्रवाललाई सघाएको आशंकामा प्रहरीमाथि छानबिन सुरु

व्यवसायी सुलभ अग्रवाललाई सघाएको आशंकामा प्रहरीमाथि छानबिन सुरु

९ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रूसको राजधानी मस्कोमा एक वर्षयताकै ठूलो आक्रमण

सरकारमाथि विभिन्न खालका प्रश्नहरू रहेकोले समर्थन गर्न नसकिने

विश्वकप २०२६ को समूह ‘डी’ खेल अप्रत्याशित नतिजा आउन सक्ने

बनेपामा रहेको सुकुम्बासी होल्डिङ सेन्टरको निरीक्षण

कंगोमा इबोलाबाट ८० जनाको मृत्यु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक