बुध, मंसिर १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

माकुनेविरुद्ध मुद्दा चल्दा खैलाबैला मच्चियाे

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
उद्योगधन्दा धराशायी हुँदा अर्थतन्त्र सङ्कटग्रस्तः अध्यक्ष नेपाल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  हदबन्दीभन्दा बढी जग्गा खरिद गरिसकेपछि मन्त्रिपरिषद्बाट छुट अनि किनेको दुई महिनामै सट्टापट्टा गर्न दिने मन्त्रिपरिषद्को निर्णय विशेष अदालत पुगेको छ।१५ वर्ष अघि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद्बाट निर्णय हुँदा १८ करोड ५८ लाख भ्रष्टाचार भएको अख्तियारको अनुसन्धानबाट खुलेको छ।

त्यही भएर अख्तियारले बिहीबार मात्र एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका बहालवाला सांसद, पूर्वप्रधानमन्त्री नेपाल, तत्कालीन कानुनमन्त्री प्रेमबहादुर सिंह, तत्कालीन मन्त्री डम्बरबहादुर श्रेष्ठ बितिसकेकाले उनका छोरा सन्तोष श्रेष्ठ, तत्कालीन मुख्य सचिव स्वर्गीय माधवप्रसाद घिमिरेको हकमा उनकी श्रीमती कमला घिमिरे, भूमिसुधार सचिव छविराज पन्त तथा पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी, नेपालका प्रमुख शालिग्राम सिंहसहित ९३ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो।

उद्योग सञ्चालन गर्न भनी हदबन्दी छुट दिइएको जग्गा उद्योग सञ्चालन नगरी दुई महिनाभित्रै कानुनविपरीत बिक्री गर्न नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले स्वीकृति दिएको थियो । मन्त्रिपरिषद्को निर्णयअघि जग्गा बिक्री गर्ने प्रस्ताव ल्याउन नेपालले तत्कालीन भूमिसुधार मन्त्री डम्बर श्रेष्ठलाई निर्देशन दिएका थिए।

अख्तियारले यसअघि खरिदार, सुब्बा अनि स्थानीय तहका जनप्रतिनिधिलाई निसाना बनाइरहेको थियो। प्रदेशमा गत साता मात्र सुदुरपश्चिमका पूर्वमुख्यमन्त्री दीर्घ सोडारीविरुद्ध मुद्दा चलाइएको थियो भने त्यसअघि पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतविरुद्ध मुद्दा चलाएको थियो। ललितानिवास प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराईको संलग्नता देखिए पनि मन्त्रिपरिषद् निर्णयभन्दै अख्तियारले मन्त्री, सचिव र सहसचिवहरुलाई प्रतिवादी बनाएको थियो। तर, यसपटक भने अख्तियारले पूर्वप्रधामन्त्रीलाई नै मुद्दा चलाएको छ। यो प्रकरण अब विशेष अदालत हुँदै सर्वाेच्च पुग्ने नै छ। तर, एउटा मानक पनि हुनेछ। किनकी कुन विषयलाई नीतिगत भन्ने विषयमा अदालतले ब्याख्या पनि गर्नेछ।

तर, पूर्वप्रधानमन्त्रीविरुद्ध मुद्दा जाँदा बालुवाटार, बुढानिलकण्ठ र खुमलटारमा खैलाबैला मच्चिएको छ। अहिले केपी ओली प्रधानमन्त्री छन्। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड पनि कुनै न कुनै काण्डमा जोडिएकै छन्। बाबुराम भट्टराईमाथि त कुनै पनि बेला ललितानिवासमा मुद्दा चल्न सक्छ।

प्रधानमन्त्री ओलीसँग जोडेर यति, ओम्नी, गिरीबन्धु टी इस्टेट प्रकरणमा भ्रष्टाचारको आरोप लाग्दै आएको छ ।  प्रचण्डविरुद्ध लडाकू शिविर भ्रष्टाचार र शेरा दरबार जग्गा प्रकरणको आरोप छ। अब यो नजिरबाट पूर्वप्रधानमन्त्री जुनसुकै बेला मुद्दा चल्न सक्ने जोखिम छ। त्यही भएर ओली, प्रचण्ड र देउवामा बेचैनी छ। हुन् त पञ्चायतमा बहालवाला प्रधानमन्त्री तुलसी गिरीविरुद्ध मुद्दा चलेको थियो।

अघिल्ला सरकार प्रमुखमाथि भ्रष्टाचारको मुद्दा चलाउने विषयलाई पाकिस्तानको राजनीतिसँग तुलना गरिएको छ। पाकिस्तानमा पूर्वप्रधानमन्त्रीहरू नवाज शरीफ, इमरान खान आदि सत्ता गुमाएपछि एकपछि अर्को मुद्दामा फसे। पाकिस्तानमा राजनीतिक अस्थिरता कायम राख्ने साधनको रूपमा मुद्दा चलाउने गरिएको छ। लोकप्रिय नेतालाई चुनावअघि नै जेल हाल्ने रणनीति छ भने आम रूपमा विश्वास हुन्छ कि सेनाको समर्थन बिना कुनै पनि नेता स्वतन्त्र रुपमा शासन गर्न सक्दैन। र, सेनाको इच्छाविपरीत गएमा, मुद्दाको श्रृंखला सुरु हुन्छ।

नेपालमा पनि विपक्षीलाई मुद्दा लगाएर कमजोर बनाउने, न्याय प्रणालीको प्रयोग गरेर प्रतिशोध लिनु र सेना वा शक्तिशाली संस्थाले मन नपरेका नेतालाई जेल हाल्ने हुनसक्छ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री र रास्वपाका सभापतिबीच भेटवार्ता

प्रधानमन्त्री र रास्वपाका सभापतिबीच भेटवार्ता

४ दिन अगाडि
प्रधानमन्त्रीको २ दिने भारत भ्रमण तालिका सार्वजनिक

प्रधानमन्त्रीको २ दिने भारत भ्रमण तालिका सार्वजनिक

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘विश्व कीर्तिमानी डा. उपाध्याय अमेरिका बुक अफ रेकर्ड्स’को ‘हल अफ फेम’मा

पिप्ले चोक नजिकै रहेको एक होटलमा आगलागी

ड्रमस सरकलको आयोजनामा ‘नेपाल ड्रम फेस्टबल’ सांगितिक कार्यक्रम

प्रम बालेनको भ्रमणमा देखावटी पक्ष मात्रै राम्रो देखियाे

‘सिन्दुरे जात्रा’ले समाजप्रति प्रश्न गर्छ : अञ्जना बराइली

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक