सोम, मंसिर ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

सामाजिक अभियान्ता तारा बराल वैदेशिक रोजगार विभागमा कुटिए

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
सामाजिक अभियान्ता तारा बराल वैदेशिक रोजगार विभागमा  कुटिए
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । वैदेशिक रोजगार विभागमा म्यानपावर व्यवसायी र सामाजिक अभियान्ताबीच कुटाकुट भएको छ । दुई पक्षबीच झपड हुँदा सामाजिक अभियान्ता भनिने तारा बरालसहित केही व्यक्ति घाइते भएका छन् ।
झडपपछि प्रहरीले बरालसहित ५ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा रहेकी बरालको भने ट्रमा सेन्टरमा उपचार भइरहेको छ । बराललगायतको समूह वैदेशिक रोजगारीमा ठगिएका पक्षमा नाराबाजी गर्दै विभागमा पुगेका थिए । त्यही क्रममा मेनवपावर व्यववसायीहरुले उनीहरुमाथि कुटपिट गरेका हुन् । संयौंको संख्यामा विभागमा पुगेका अभियान्ताहरु र म्यानपावर व्यवसायीहरुबीच विवाद भएको थियो । त्यसपछि झपडको अवस्थामा पुगेको हो ।
झडपपछि आफूमाथि निर्घात कुटपिट गरिएको बरालले बताएकी छन् । प्रहरीको उपस्थितिमै बरालमाथि हेलमेटले प्रहार गरेका थिए । त्यही क्रममा उनको टाउकोमा चोट लागेको छ । विभागमा छलफलको क्रममा रहेको बेला पछाडिबाट आएका म्यानपावर व्यवसायीले हट्नु भनेर पछाडिबाट हेल्मेटले हानेको उनीहरुको भनाई छ ।
बाबा म्यानपावरले कम्बोडियो पठाउने भनेर केही व्यक्तिहरुलाई ठगी गरेको आरोप पीडितहरुको छ । विभागमा छलफलपछि म्यानपावर व्यवसायीले पैसा फिर्ता दिने सहमति भएको थियो । तर, तीन महिनादेखि कुरेर बस्दा पनि आफ्नो पैसा फिर्ता नपाएको भन्दै पीडितहरु विभागमा पुगेका थिए । त्यही बेला म्यानपावर व्यवसायी र सामाजिक अभियान्ताहरुबीच विवाद भएको हो । विवादको क्रममा म्यानपावर व्यवसायीहरुले बरालसहित युट्युबर तथा पीडितहरुमाथि कुटपिट गरेका थिए । उक्त घटनापछि विभागमा गएर होहल्ला गरेको तथा शान्ति सुरक्षामा खलल पुर्‍याउने काम गरेको भन्दै २ जना महिला र ३ जना पुरुषलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । आफ्नो पैसा फिर्ता माग्न भन्दै पीडितहरु विभागमा पुगेका थिए । विभागका महानिर्देशक उमाकान्त आचार्यले नै पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्देशन दिएका थिए । तर, म्यानपावर व्यवसायीहरुले पैसा नदिएको भन्दै पीडितहरु पुनः विभागमा पुगेका थिए । विभागमा पुगेका उनीहरुमाथि मेन पावर व्यवसायीहरुले कुटपिट गरेका थिए । कुटपिट गरेको थाहा पाएपछि बरालसहितको टोली विभागमा पुगेको थियो । पीडितहरुलाई साथमा लगेर गएकी बरालले सामाजिक सञ्जाल फेसबुकमा लाइभ गर्दै यदि पीडितलाई म्यानपावर व्यवसायीले कुटेको खण्डमा आफूहरुले विभागका हाकिमलाई नै कुट्ने चेतावनी दिएकी थिइन् ।
त्यही क्रममा म्यानपावर व्यवसायीहरुले युट्बरमाथि कुटपिट गरेका थिए । त्यसपछि बरालमाथि पनि कुटपिट गरेका हुन् । पछिल्लो समय विभागमा दिनदिनै होहल्ला गर्ने, युट्युबरहरुलाई बोलाएर नाराबाजी गर्ने जस्ता क्रियाकलाप हुँदै आएको छ । त्यसपछि विभागको सूचना जारी गरेर पीडितलाई परिचयपत्रको आधारमा मात्र भित्र प्रवेश दिने नीति ल्याएको थियो । तर, जनशक्तिको अभावमा त्यो नीति लागू गर्न नसकिएको विभागले जनाएको छ ।

यो पनि पढ्नुहोस्

ललितकला क्याम्पसमा  मूर्ति शिलान्यास गरेकोमो आपत्ति

ललितकला क्याम्पसमा मूर्ति शिलान्यास गरेकोमो आपत्ति

१५ घण्टा अगाडि
प्रधानमन्त्रीलाई भारतीय उद्योगमन्त्रीले विमानस्थलमा स्वागत

प्रधानमन्त्रीलाई भारतीय उद्योगमन्त्रीले विमानस्थलमा स्वागत

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आइतबार सामुदायिक विद्यालय सञ्चालन गर्न निर्देशन

यूएईविरुद्ध १००औं एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै नेपाल

‘सुरताल म्युजिकल टुर–२०८३’ नेपालगन्जमा हुने

प्रधानमन्त्रीलाई भारतीय उद्योगमन्त्रीले विमानस्थलमा स्वागत

घोप्टेभिरमा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक