मङ्ल, जेष्ठ ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विद्यार्थीलाई धान राेप्न सिकाईदै

धारणा न्यूज by धारणा न्यूज
१२ महिना अगाडि
Reading Time: 1 min read
0
विद्यार्थीलाई धान राेप्न सिकाईदै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

गुल्मी । गुल्मीको ग्रामीण भेगमा पर्ने एक विद्यालयले विद्यार्थीलाई किताबी ज्ञानसँगै व्यवहारिक सीप सिकाउँदै आएको छ। यस जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर( १ सराङ्गस्थित शारदा माध्यमिक विद्यालयले विद्यार्थीलाई शिक्षण सिकाइसँगै व्यवहारिक ज्ञानसँग सम्बन्धित अतिरिक्त क्रियाकलापमा सरिक गराउन थालेको पाइएको छ।

यस विद्यालयले विद्यार्थीको सिकाइलाई सिपसँग जोड्न गत वर्ष देखि विभिन्न क्रियाकलाप गर्दै आएको छ। विद्यार्थीहरूले गत वर्ष दसैँ बिदाको सदुपयोग गर्दै लसुन खेती सुरु गरेका थिए। सिकाइलाई सिपसँग जोड्ने कार्यक्रम अनुसार मल्चिङ विधिको प्रयोग गर्दै शिक्षक र विद्यार्थीको सक्रियतामा लसुन खेती गरिएको विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद सुवेदीले बताउनुभयो। विद्यालयमा लगाइएका सात सय अकबरे खुर्सानीका बोटबाट छ क्विन्टल खुर्सानी उत्पादन गरिएको थियो।

खुर्सानीले राम्रो बजार पाएपछि विद्यार्थी उत्साहित हुँदै गत वर्ष देखि लसुन खेती समेत सुरु गरिएको हो। कक्षा कोठामा सैद्धान्तिक कुरा मात्र गरेर भन्दा फिल्डमा विद्यार्थीलाई धेरै कुरा सिकाउन सकिन्छ। विद्यार्थीहरूमा श्रमप्रति सम्मान र व्यवहारिक सीपको विकास गर्ने उद्देश्यसहित विद्यालयले यस वर्ष पनि अकबरे खुर्सानी खेती गरेको उहाँले बताउनुभयो। साधारण धारको प्रस्तावित विद्यालय भए पनि शैक्षिक एवम् सिर्जनात्मक कार्यमा विद्यालय निरन्तर लागेको छ। विद्यालयका कक्षा ९, १० र ११ का विद्यार्थीहरूले मल्चिङ विधिको प्रयोग गर्दै करिब पौने एक रोपनी क्षेत्रफलमा १२ सयभन्दा बढी अकबरे खुर्सानीका बिरुवा रोपेका छन्।

विद्यार्थीहरूले कृषि सिपको व्यावसायिक र आत्मनिर्भरता सम्बन्धी सिकाइ गर्ने बताइएको छ। विद्यार्थीमा श्रमको सम्मान, माटोसँगको सम्बन्ध र उत्पादनको मूल्य बुझ्ने संस्कार विकास गरिएको प्रधानाध्यापक सुवेदीले बताउनुभयो। गत वर्ष रोपिएको अकबरे खुर्सानीको बिरुवाले यस वर्ष पनि फल दिइरहेको छ। नजिकको बजारमा बिक्रीका लागि खुर्सानी पठाइएको बताइएको छ। यसरी खेती गर्दा विद्यालयको खाली जग्गाको पनि सदुपयोग भएको छ।

विद्यार्थीले विद्यालयमा सिकेको ज्ञान सीपलाई व्यवहारिक रूपमा प्रयोग गर्न जरुरी छ। जसरी विद्यालयमा अकबरे खुर्सानी र लसुन खेती गरिएको छ। उहाँले भन्नुभयो, ूत्यसरी नै विद्यार्थीले आफ्नो घरमा पनि खेती गर्नुपर्ने छ। विद्यालयमा गरिने यस्ता अभ्यासले विद्यार्थीलाई आत्मनिर्भर र उत्पादनशीलसँगै गाउँघरमै रोजगारी सिर्जनामा समेत प्रेरणा मिल्छ। कार्यक्रममा सहभागी विद्यार्थीले विद्यालयमा पढाइसँगै व्यवहारिक ज्ञान पनि सिक्न पाउँदा अत्यन्तै खुसी लागेको बताउनुभयो । आफ्नो घरमा पनि यसै गरी खेती गरिएको उहाँहरूको भनाइ छ।

गोरखापत्र

यो पनि पढ्नुहोस्

न्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ आज हुँदै

न्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ आज हुँदै

५ मिनेट अगाडि
व्यवसायी सुलभ अग्रवाललाई सघाएको आशंकामा प्रहरीमाथि छानबिन सुरु

व्यवसायी सुलभ अग्रवाललाई सघाएको आशंकामा प्रहरीमाथि छानबिन सुरु

९ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रूसको राजधानी मस्कोमा एक वर्षयताकै ठूलो आक्रमण

सरकारमाथि विभिन्न खालका प्रश्नहरू रहेकोले समर्थन गर्न नसकिने

विश्वकप २०२६ को समूह ‘डी’ खेल अप्रत्याशित नतिजा आउन सक्ने

बनेपामा रहेको सुकुम्बासी होल्डिङ सेन्टरको निरीक्षण

कंगोमा इबोलाबाट ८० जनाको मृत्यु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक