धनुषामा बलात्कारका एक अभियुक्त प्रहरी नियन्त्रणबाट फरार भएका छन् । बलात्कार मुद्दामा पक्राउ परेका धनुषाको सबैला नगरपालिका–१३ किरतपुरका २८ वर्षीय अभियुक्त राजाबाबु मुखिया प्रहरीलाई चक्मा दिएर फरार भएका हुन् ।
धनुषा जिल्ला अदालतबाट ७ दिन म्याद थप गराइ इलाका प्रहरी कार्यालय सबैला लैजाने क्रममा आइतबार साँझ मुखिया यदुकोहास्थि सडक खण्डमा पहरीकै भ्यानबाट हामफालेर फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।
फरार भएका मुखियाको खोजी कार्य तीव्र रुपमा भइरेको उनले बताए । यसअघि महेन्द्रनगरस्थित प्रहरी नियन्त्रणमा रहेका ६ जना थुनुवा कक्षको पर्खाल तोडेर फरार भएका थिए । ती ६ अभियुक्तमध्ये दुई जना अझै प्रहरीले पक्राउ गर्न सकेको छैन ।


