शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

सन्दर्भ : फागुन १४-२१ को शहीद सप्ताह, सम्झना र समीक्षा : जनयुद्ध र झापा विद्रोहको

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
राष्ट्रिय लोक प्रतिष्ठानको महाधिवेशन नजिकिँदै गर्दा फुटको संकेत
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

-नारायण शर्मा

नेपालमा सचेत, संगठित र योजनाबद्ध रुपमा पर्याप्त तयारीका साथ नयाँ जनवादी क्रान्ति सफल पार्न २०५२ फागुन १ देखि जनयुद्ध सुरु गरिएको थियो । त्यसो त २०२८ मा झापा विद्रोह पनि नयाँ जनवादी क्रान्तिकै लागि भनेर भएको थियो । त्यसै महान् जनयुद्धको तयारीका चरणका शहीद रामवृक्ष यादव हुन् भमे जनय्द्ध सुरु भएपछिका प्रथम शहीद दिलबहादुर रम्तेल हुन् भने अन्य दसहजारजति शहीद भएका छन् । यसैगरी ऐतिहासिक झापा विद्रोहका क्रममा सुखानीको जंगलमा जेल सरुवा गर्दा हत्या गरिएका रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीहरु हुन् भने रत्न कुमार वान्तवा लगायतका अन्य कैयौं शहीद भएका छन् । यी दुवै विद्रोहको उच्च मूल्यांकन गर्दै तत्कालीन माओवादीले यी दुवै विद्रोहको फ्युजन गरेर नयाँ जनवादी क्रान्ति सफल पार्ने ऐतिहासिक निर्णय गरेको थियो ।

त्यो महान् जनयुद्धको घोषणा गरी दुई हप्तामा ६ हजारभन्दा बढी साना-ठुला सशस्त्र-निशस्त्र कार्वाहीहरु गर्दा पनि माओवादीका तर्फबाट एक जनाको पनि हत्या-हिंसा भएको थिएन तर नेपाली काङ्ग्रेसको देउवा नेतृत्वको तत्कालीन सरकारले गोरखाको एउटा विद्यालयमा ४ कक्षामा पढ्दै गरेका ११ बर्षीय नाबालक रम्तेललाई गोली हानेर फागुन १४ गते आम विद्यार्थीका माझमा हत्या गरेको थियो । त्यसैले फागुन १४ र १४-२१ को शहीद सप्ताहको सन्दर्भमा २०५२ को जनयुद्धका प्रथम महान शहीद दिलबहादुर रम्तेललगायतका सम्पूर्ण शहीद तथा २०२९ फागुन २१ मा सुखानीको जङ्गलमा हत्या गरिएका झापा विद्रोहका शहीदहरुसमेत अन्य सम्पूर्ण शहीदहरुको स्मरण गरी मनाइन्छ र उनीहरुप्रति सम्झना, श्रद्धा र सलामी व्यक्त गरिन्छ ! जनयुद्ध दिवस फागुन १, प्रथम शहीद रम्तेल स्मृति दिवस फागुन १४ र शहीद सप्ताह फागुन १४-२१ को सन्दर्भमा म जनयुद्ध थालनी गर्ने निर्णयकर्ता तत्कालीन नेकपा (माओवादी) को केन्द्रीय समितिको एक सदस्यका नाताले पनि सर्वप्रथम प्रथम अमर शहीद दिलबहादुर रम्तेलप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु ! साथै देस र जनताको मुक्ति र क्रान्तिको निम्ति शहादत प्राप्त गर्नुहुने सम्पूर्ण शहीद, बेपत्ता र घाइते-अपाङ्ग लगायतका सम्पूर्ण योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु । यसका अतिरिक्त जनयुद्धका मुख्य नेताहरु प्रचण्ड र बाबुराम लगायतका कयौं धूर्त नेताहरुका चालबाजी चिन्न, चतुराईं, छलकपट र भ्रमजाल चिर्न र क्रान्तिलाई अघि बढाउन नसकेकोमा आत्मालोचित छु । जनयुद्धकै क्रममा मात्रै झन्डै सत्र हजारको बलिदानबाट प्राप्त उपलब्धि गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेसिता-समानुपातिकताका कारण पनि देस र जनताको हालत सुध्रेलाभन्दा अझ बिग्रेकोप्रति क्षमा याचना समेत गर्दछु र क्रान्ति जारी राखेर शहीद, बेपत्ता, घाइते, अपाङ्ग आदि सबै योद्धा र आम क्रान्तिप्रेमी जनमनका सपना-जपना पूरा गर्न आजीवन यथासक्य लागिरहने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु । साथै जनयुद्धको थालनी र अन्त्यका सन्दर्भका केही तथ्यहरुसहित सत्यसम्मत भावानुभूति समेत यहाँ राख्न अनुमति चाहन्छु ।

करिब सत्र हजारको ज्यान गएर पनि जनयुद्ध सफलतापूर्वक अघि बढ्दै गरेको दस बर्ष बित्दानबित्दै रुकुमस्थित खारा सैन्य क्याम्पलाई पछिल्लो पटक त कब्जा गरिछाड्ने भनी कसिएको महा युद्धमोर्चालाई प्रचण्ड आफैले प्रत्यक्ष कमान्ड गरी जनयुद्धलाई निर्णायक विजयमा पुराउने भनिएको थियो । पार्टी अध्यक्ष र जनमुक्ति सेनाका सुपृम कमान्डर भएर पनि एउटा मात्र यही खारा मोर्चाको प्रत्यक्ष कमान्डिङ गरेका प्रचण्डले त त्यसलाई सुनियोजित रुपमा पराजयमा परिणत गरी `अब युद्धद्वारा सत्ता कब्जा सम्भव छैन´ भन्ने भाष्य सिर्जना गर्नलाई पो रहेछ ! जनयुद्धलाई विसर्जन गर्ने साम्राज्यवादी-विस्तारवादीहरुको गुरुयोजनाअनुरुप यसलाई औपचारिक रुपले समापनको दिशामा लान सुरु गरिएर नै १२ बुँदे सहमति गर्दै शान्ति-प्रकृयामा आइएको थियो भन्ने कुरा अब सबैसामु छर्लङ्ग भैसकेकै छ ।

महान् जनयुद्ध सुरु भएको दिनदेखि महान् सहीद रम्तेलको शहादत भएको दिन हुँदै त्यसयताका हालसम्मका दमन-प्रतिरोध, घटना-परिघटना, कृया-प्रतिकृयाबारे ज्यादै नै तीव्र, गम्भीर र संवेदनशील अनुभूतिहरु छन्ए । तीमध्ये जनयुद्धको सुरुवात, निरन्तरता र विकास गरी क्रान्तिको नेतृत्वकर्ता अनि देसी-विदेसी प्रतिक्रियावादी शक्तिहरुसँग आत्मसमर्पण गर्दै विजयको दिशामा अघि बढिरहेको जनयुद्धलाई यसका लक्ष-उद्देस्य प्राप्त नहुँदै औपचारिक रुपमै विसर्जनकर्ता समेत भएर प्रतिक्रान्तिको पनि नेतृत्व गर्ने नेता उनै प्रचण्ड नै हुनु संसारको आठौं आश्चर्य अनुभूत भएको छ । फागुन १४ को रम्तेल हत्याकान्ड र उनको वीरगतिलाई सम्झदै गर्दा जनयुद्धको तयारी गर्दैगर्दाका आत्मीय र आदरणीय नेता कमरेड रामवृक्ष यादवदेखि जनयुद्ध थालनी भैसकेपछि फागुन १५ गते रुकुमका ६ जना खत्री बन्धुहरु र जाजरकोटका ओली बन्धु द्वयको नृशंस हत्या गर्दै तत्कालीन देउवा सरकारले तान्डव नृत्य देखाएको र सत्तासीन नेपाली काङ्ग्रेस र त्यसका नेता शेरबहादुर देउवा नेतृत्वको सरकार र पार्टीका देउवा लगायतका नेताहरुले जनयुद्धप्रति गरेको नृशंस दमन र बिष वमनको पनि सम्झना हुन्छ । `बढीमा तीन महिनासम्ममा माओवादी र उसको कथित जनयुद्ध नामको आतंककारी गतिविधि सिद्ध्याइन्छ´ भन्ने उनीहरुका अहंकार र हुंकारहरु अनि चेतावनी र चुनौतीको साथै दमन-धरपड, झुठ्ठा मुद्दा र हत्या-आतंकको पनि सम्झना हुन्छ !

तिनै हुँडारहरुका हुङ्कार र लल्कारहरुका बीचमा बसेर काठमाण्डुका मुटुका बस्तीहरुबाट जनादेश, पृष्ठभूमि, महिमा, ज्वाला, जन आह्वानजस्ता साप्ताहिक र संश्लेषण मासिकलगायतका विभिन्न पत्र-पतृकाहरुमा जनयुद्धका गर्जनहरु सचेत, सुनियोजित र परिमार्जित रुपमा भर्दै र विचार र समाचारका वमर बन्दुकहरु पड्काउँदै जाँदा भोगेको दुखकष्ट, धम्कीघुर्की र दमन-आतंकको आफू र आफ्नो टिमले सामना गरेको पनि सम्झना हुन्छ । अहिले आएर हेर्दा विचित्र त के लाग्छ भने जनयुद्धका सुपृम कमाण्डर प्रचण्ड आफैले पहिले दलाल, हत्यारा र चुत्थो नोकर समेत करार गरेका देउवासंग वार्ता पनि नगर्ने दम्भ प्रदर्शन गरेका थिए तर अहिले उनै देउवासँग सत्तास्वार्थको निम्ति एक पटक मात्र होइन तीन-तीनपटकसम्म अवांछित र अपवित्र गठबन्धन गरेका छन् ।

विगतमा यिनै प्रचण्डको टाउको ल्याउनेलाई ५० लाख रुपिया नगद पुरष्कार दिने ऐलान समेत यिनै देउवाले गरेका थिए ! तर पनि अहिले पछिल्लो पटक समेत प्रचण्डले आफ्नै नेतृत्वको वाम बहुमतको गठबन्धनलाई भत्काएर उही दलाल पार्टी नेका र त्यसका आफैले दलाल, हत्यारा र दमनकारी नोकर करार गरेका वर्ग दुशमनका प्रतिनिधि नेता देउवासँगै साँठगाँठ गर्दै उनीसँग हात, बात र आँत समेत मिलाएर तीन-तीनपटकसम्म नेकपा एमाले र आम वाम जनमतप्रति कुठाराघात गरेको ताजा अनुभूति समेत गरिएको छ । यहाँसम्म कि केपी शर्मा ओली र प्रचण्डको नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नै फुटाएको र ओली नेतृत्वको आफ्नै पार्टी नेकपाको दुई तिहाईको सरकारलाई गिराएको तीतो अनुभव पनि स्मरण भैरहेछ । प्रचण्डको यस्तो हर्कतले ओली र एमालेलाई मात्र होइन; देस, जनता र क्रान्तिलाई समेत धोकाधडी र विश्वासघात गरेझैं लाग्दैगर्दा जनयुद्ध सुरु गर्दा गरिएको ७ बुँदे प्रतिबद्धता पत्रको समेत सम्झना हुन्छ र हेर्छु अनि पछि भारतीय शासक वर्गको सुझाव-दवाव र सहजता-अधीनतामा दिल्लिमा गरिएको १२ बुँदे सहमति र तत्कालीन राजा ज्ञानेन्द्रसँग गरिएको भनिएको ५ बुँदे सहमति पनि सम्झन्छु ।

अनि त वैदेसिक प्रतिकृयावादी शक्तिकेन्द्र विशेषत: भारतीय विस्तारवादका चरणमा लम्पसार परेर प्रचण्डले राष्ट्रिय गद्दारी नै गरी सर्वहारा क्रान्ति, पार्टी र वर्गप्रति पनि गद्दारी गरेको अनुभूति गर्न र सो व्यक्त गर्न पनि बाध्य भएको छु । यसो गर्दा एकदमै नमीठो महसुस पनि भैरहेछ । सम्झन्छु, जनयुद्धको थालनी गर्ने भन्ने निर्णय गरिरहेको तत्कालीन नेकपा (माओवादी) को केन्द्रीय समितिको ऐतिहासिक गोरखा बैठक । त्यो बैठकमा वैचारिक र सांगठनिक नेता मोहन वैद्य किरण, जनता र जनआन्दोलनका नेता बाबुराम भट्टराई जीतवीर र वर्गसंघर्ष र प्रतिरोध संघर्षका नेता रामबहादुर थापा बादल भएको तर प्रचण्डको खाली संयोजन गर्ने भूमिका मात्र भएको भन्दै विगतमा एकताकेन्द्रकाका पार्टी केन्द्रका बैठकहरुमा लामा-काजी समूहबाट भएको आक्रमण र अपमान ! अनि त्यसको छाप गोरखा बैठकमा पनि परेको र आफूलाई सक्षम मुख्य नेता भएको प्रमाणित र स्थापित गर्न प्रचण्डलाई परेको सकस । फेरि सम्झन्छु तिनै प्रचन्ड अहिले त आफूलाई लिलिपुट भनेर होंच्याउने, हेप्ने र हैरान पार्ने तिनै काजीहरुको माचोमा लागेर शान्तिप्रकृयामा आउने अनि उनीहरुलाई जिताउन र पद खुवाउन शान्तिप्रकृयामा आएपछि २०६५ मा त पार्टी एकीकरण समेत गरेको ! जनता-कार्यकर्तामा तत्कालीन एकताकेन्द्र हुँदा नारायणकाजीहरुद्वारा गरिएका कतिपय अनर्गल प्रचारवाजीका कारण जनयुद्ध सुरु गर्दा प्रचण्डलाई परेको पीडा पनि मलाई सम्झना छ । यसलाई साफ गर्दै वास्तविक नेता प्रचण्ड भएको परिचित र स्थापित गराउनका लागि नेतृत्वको केन्द्रीकरण गर्ने र त्यसनिम्ति प्रचण्डका लेखहरुको एउटा सँगालो प्रकाशन गर्ने निधो भएको पनि थियो र त्यो प्रकाशित पनि भो । त्यो निर्णय गराउने बहस रुपी पापड पेल्ने क्रममा प्रचण्ड निरीह र विचरा भएको पनि झल्झल्ती याद आउँछ । उनलाई शक्तिशाली प्रचन्ड, जनयुद्ध गर्नै थालेको प्रचण्ड, सुपरिचित र लोकप्रिय प्रचन्ड बनेको हुनुपर्ने लागेको र यथार्थमा आफू त्यस्तो भएपनि गलत र भ्रमपूर्ण प्रचारवाजीले गर्दा नभएकोले निकट भविष्यमै जनयुद्धका माध्यमबाटै महा शक्तिशाली र क्षमतावान प्रचण्ड हुनसक्ने सामर्थ्य आफूमा भएको बोध गरिरहेको कुरा उनको मुहारमा झल्किएको पनि झलझली सम्झन्छु । पार्टीबाहिर राजनीतिक वृत्तमा त प्रचण्डलाई रोमाण्टिक र काल्पनिक नेताका रुपमा बुझाइएका र जनतामा त झन् पूरै अपरिचित हुँदा विश्वास नाम राखेका भएपनि अविश्वसनीय बनाइएका थिए मुख्यतः तिनै काजीहरुद्वारा । त्यसमाथि पार्टीभित्र पनि नेतृत्वको रुपमा विचार र लाइन विहीन, कार्यकर्ताविहीनजस्तै भएको भनेर आरोपित गर्ने र नेतृत्वबाट विस्थापित गर्न गुटबन्दी र फुटवन्दी गर्न पनि उनै काजीहरु ज्यान छाडेर लागेको पनि स्मरण हुन्छ । त्यतिमात्र होइन, प्रचण्डलाई एक अत्यन्तै अस्थीर, ढुलमूल र षड्यन्त्रकारी समेत भन्दै २०४८-५१ का बैठकहरुमा पनि स्वयं निर्मल लामाजीहरु समेतबाट आरोपित, आलोचित र उपेक्षित गर्दै निषेध नै गर्ने प्रयास गरेको पनि सम्झना भैरहेछ । यसमा भने साँच्चिकै सत्यता लुकेको रहेछ भन्ने कुरा आज आएर पुष्टि भएको अनुभव भएको छ । आदरणीय इमान्दार नेता निर्मल लामाजीले त्यत्तिकै त्यो आरोपमा सहमति किन दिनु हुन्थ्यो र ? बरु हामीले उहाँको कुरामा राजनीतिक प्रतिशोध रहेको भनी आशंका गरेका रहेछौं । दुखको कुरा त्यस समूहका मूर्धन्य नेता लामाजी आज दिवंगत भैसक्नु भएको छ । अहिले त त्यहाँ नारायणकाजीको हालीमुहाली निर्बाध कायम छ । त्यसै हुनाले प्रचण्डसँग जनयुद्ध सुरु गर्ने बेलामा छोडपत्र गरेको भएपनि मन्त्री हुने-खानेबेलामा भने प्रचण्डको प्रसंसा गर्दै लगनगाँठो कसी सँधैभरी सुखसुविधा र पदप्रतिष्ठा प्राप्त गरिरहेका छन् ! कथंकदा आफ्नो गुटस्वार्थमा धक्का लाग्यो भने बार्गेनिङको निम्ति वैचारिक-राजनीतिक असहमति भएको, एमसीसी र नागरिकता विधेयक जस्ता एजेन्डामा फरक मत रहेको भन्दै साथै बस्न नसकिने भनी धाक-धम्की र घुर्की-फूर्ति लगाएर शान्तिप्रकृयामा ल्याउन मद्दत गरेको गुन देखाएर गुटस्वार्थ पूरा गरिरहेको र मन्त्री-सांसद लगायतका पदहरु मार्फत जनयुद्धको ब्याज खाइ-खुवाइरहेको पनि वर्तमानसम्मै देखेर अचम्म अनुभूति भएको छ । जिन्दगीभरि र युद्धकालमा समेत ज्यानको बाजी लगाएर प्रचण्डलाई नारायण पाजीहरुले साथ दिएको देखिरहेको र भोगिरहेको तर प्रतिक्रान्तिको बाटो लिएर खानेप्युने मेलामा लागेको बेलामा पाजीहरुले त्यागिदिएपछि काजीहरुले सहजै बाजी मारेर खानेप्युने र आरामले ज्युने गरेको विचित्र विडम्बना बोध हुन्छ । आजको यो गौरवमय सन्दर्भमा जनयुद्ध र झापा विद्रोहका शहीद, बेपत्ता, घाइते, इमान्दार क्रान्तिकारीहरुप्रति उच्च सम्मान भाव जाग्छ भने यिनकै रगत र पसिनामाथि भोज र मोज गर्ने डकार्ने अनि सोझा इमान्दार र देसभक्त जनता-कार्यकर्ता र नेताहरुलाई अहंकारपूर्वक हकार्ने र दुत्कार्ने झापा विद्रोह र माओवादी विद्रोहबाट आएका खाओवादी र कमाओवादीहरुको वर्तमान गिरोहहरुप्रति घीन लागेर आउँछ र धिक्कार्न मन लाग्छ, दुत्कार्न मन लाग्छ र थुक्न मन लाग्छ । साथै यस्ता जाली-झेली, घातकी-पातकी, छल-कपटकारी खाओवादी-कमाओवादीहरुलाई पनि महान् मार्क्सवादी,लेनिनवादी र माओवादी नेता भन्दै आएकोमा म आफै मलगायतका सोझा इमान्दार क्रान्तिकारीहरु कति उल्लू भएछौं भनेर लज्जित हुन्छु । हामी प्रचण्ड-बाबुरामहरुको संगत र सहकार्य गर्नेहरुले त यस्तो महसुस गरिरहेछौं भने संगत नगरेरै अझ भनौं प्रचण्डलाई त नदेखेरै-नचिनेरै उनैका नाममा जीवनको आहुति दिने शहीदहरु र बेपत्ता योद्धाहरु बाँचेको भए प्रचण्डलाई के भन्थे होलान् ? उनीहरुका शाखा-सन्ततिहरु जस्ले अहिलेसम्म प्रचण्ड र जनयुद्धबाट देस, समाज र आफ्नै जीवनमा जेजस्तो परिवर्तन अपेक्षा गरेका थिए र जस्ले अहिले र कहिले पनि प्रचण्डलाई प्रत्यक्ष भेट्न र केही भन्न पाएका छैनन्, उनीहरुले के सोंच्दै, भोग्दै र भाक्दै गरेका होलान् भन्ने पनि कल्पना गर्दछु । अनि सम्झन्छु केबलपुरे किसानको एउटा कविताको यो एक हरफ : “फोटो हेर्छु म ती शहीदहरुको व्यर्थै मरे हुन् किन ? ”

फ़ेरिपनि यो मनलाई दोमन हुनबाट बचाउँन खोज्छु तर यो मन त दोमन मात्र हैन, गोमन पो हुन खोज्छ !

जे होस्, २०५१ फागुन १ गते हामीले थालनी गरेको महान् जनयुद्धलाई प्रचण्ड-बाबुराम र नारायणकाजीहरुले छल-प्रपन्च गर्दै र अहिले धनयुद्ध, गनयुद्ध र बनयुद्धको रुपमा बेइज्जत र बदनाम गराउने निहुँ र अवसर प्रतिक्रियावादी र दक्षिणपन्थी अवसरवादीहरुलाई प्रदान गरे पनि र साम्राज्यवादी-बिस्तारवादी दलालहरुले जतिसुकै बदख्वाइँ गरेपनि जनयुद्ध जनजनको मनमनमा गढेर, लडेर र बढेर भए-गरेको युद्ध थियो, महान् जनमुक्ति युद्ध थियो, ऐतिहासिक राष्ट्रिय मुक्तियुद्ध थियो । यस्तै ऐतिहासिक झापा विद्रोह पनि क्रान्तिको एक झिल्को थियो तर २०२८ मा सुरु भएको त्यो झिल्कोले २०३० सम्म राम्रै डढेलो लगाएता पनि नीति र नेतृत्वको कमजोरी र पछिल्लो चरणमा माध नेपाल र केपी ओली जस्ता गलत नेताहरुका कारण त्यो झिल्को र डढेलोको खरानी पनि बाँकी रहेन र पूरै संसदीय भासमा डुबेर दलाली र गद्दारीको दिशामा गएको दुखद अनुभव भएको छ । यद्यपि अहिले यसै महान् जनयुद्ध र झापा विद्रोहका नेता-मन्त्री र सांसदहरुले जनयुद्ध र झापा विद्रोहलाई भजाएर जनता र राष्ट्रको स्वार्थ होइन कि आफ्नै व्यक्तिगत र पारिवारिक स्वार्थ पूर्तिमा जोड दिएका छन् ! झापा विद्रोहीहरुको समर्थनमा प्रधानमन्त्री पड्काएका प्रचण्डले उनीहरुलाई चुम्बन गर्दैगर्दा गालामा चड्काएर गोरखामा गई शहीद दिलबहादुर रम्तेलको भव्य स्मृति दिवस समारोहलाई सम्बोधन गर्दै विभिन्न बाचा गरेका र काठमाडौंमा पनि शहीद तथा बेपत्ता योद्धा परिवारहरुसंग अन्तर्कृया गर्दै उनीहरुका आवाज सुनेको, पीडा बुझेको र माग पूरा गर्ने प्रतिबद्धता गरेको फेरि पनि नाटक मंचन गरेका छन् । त्यो नाटक देस, जनता र क्रान्तिको पक्षमा होइन कि आफ्नो पद, प्रतिष्ठा र पावर प्राप्ति तथा त्यसमार्फत आफू र आफ्नो परिवारलाई सुखसयल र मोजमस्ती अनि साम्राज्यवादी-विस्तारवादी र तिनका दलाल, माफिया आदिको सुझाव-दवाव र हकहितका काम गर्न मै सार्थक हुने कुरामा शंका छैन । जनयुद्ध र झापा विद्रोह अनि तिनका शहीदहरु र बेपत्ता योद्धाहरु सर्वाधिक महान् हुन् र उनीहरु सदासर्वदा अजर-अमर रहनेछन् भने जनयुद्ध र यसका नेता-शासकहरु एवं झापा विद्रोहका नेता-कार्यकर्ता र शासकहरुबाट समेत तन र मनका घाइते-अपाङ्ग र उपेक्षित-अपहेलित योद्धाहरु आम नेपाली जनताका लागि सदासर्वदा श्रद्धेय र गौरवान्वित छन्, छौं वा नभए पनि हुनुपर्छ र गराउनुपर्छ भन्नेमा दृढ हुन्छु । अनि भन्छु : महान् जनयुद्ध जिन्दावाद ! ऐतिहासिक झापा विद्रोह – जिन्दावाद !! फागुन १४ रम्तेल दिवस – अमर रहोस् ! फागुन २१ सुखानी दिवस – अमर रहोस् !! फागुन १४-२१ को शहीद सप्ताह भव्य रुपले मनाऔं ! जनयुद्ध र झापा विद्रोहको उच्च मूल्यांकन गरौं !! हार्दिक श्रद्धान्जली आदरणीय शहीद तथा बेपत्ता योद्धाहरु ! आत्मीय अभिवादन घाइते-अपाङ्ग योद्धाहरु !! लाल सलाम उपेक्षित-अपहेलित जनयोद्धा कामरेडहरु !!! अलविदा मरेर जाने ती सबै क्रान्तिकारी योद्धा नेता-कार्यकर्ता र जनता जनार्दनहरु !!!! १५ फागुन २०७९ रानीवुँ ललितपुर ।

यो पनि पढ्नुहोस्

इजिप्टले पेट्रोलको मूल्य बढायो

भारतमा इन्धनको मूल्यमा वृद्धि हुने क्रम जारी

५२ मिनेट अगाडि
तीनकुने घटनामा संलग्न प्रतिवादीहरूको बयान जारी

प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

को हुन् भारतमा ‘कक्रोज जनता पार्टी’ बनाउने अभिजीत ?

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

इद–उल–अजहाका अवसरमा सार्वजनिक बिदा

एमालेले फिर्ता गर्‍यो भीआईपी उपचारको साढे तीन करोड

मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक