बिहि, भदौ ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पाकिस्तानले गर्‍यो भारतसित द्विपक्षीय सम्झौता रद्द

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
पाकिस्तानले गर्‍यो भारतसित द्विपक्षीय सम्झौता रद्द
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । पाकिस्तानले भारतसँगको व्यापार, हवाइ उठान र सबै द्विपक्षीय सम्झौताहरू स्थगित गरेको छ ।

जम्मु–कश्मिरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारतले बुधबार चालेको कदमको प्रतिक्रिया स्वरुप पाकिस्तानले बिहीबार यस्तो निर्णय लिएको हो ।

भारतसँगका सबै द्विपक्षीय सम्झौता स्थगित गर्ने निर्णयअघि पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिको बैठक बसेको थियो । बैठकपछि प्रधानमन्त्री शहबाज शरिफको कार्यालयबाट जारी विज्ञप्तीमा भारतसँगको व्यापार, हवाइ उडान र सबै द्विपक्षीय सम्झौताहरू स्थगित गरिएको उल्लेख छ ।

पहलगाममा मंगलबार आतंकवादीहरूले २४ पर्यटकसहित २६ जनाको हत्या गरेका थिए । सो आक्रमण पाकिस्तानद्वारा संरक्षित आतंकवादीहरूबाट गराइएको भन्दै भारतले बुधबार पाकिस्तानसँगको सिन्धु जलसन्धि निलम्बन गर्ने निर्णय लिएको थियो ।

पाकिस्तानले भारतको सो निर्णय अस्वीकार गर्दै पानी रोक्ने वा मोड्ने प्रयासलाई युद्धको कार्य मानिने भन्दै पूर्ण शक्तिका साथ प्रतिक्रिया दिने चेतावनी दिएको छ ।

पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘पाकिस्तान र यसका सशस्त्र सेनाहरू आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्न पूर्ण रूपमा सक्षम र तयार छन् ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद्को सुरक्षा मामिला समिति बैठकले सिन्धु जल सन्धि स्थगित गर्ने निर्णय गरेको हो । बैठकले सार्क भिसा छुटअन्तर्गत भारतमा रहेका पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र भारत छाड्न निर्देशन दिएको थियो ।

यस्तै, नयाँदिल्लीस्थित पाकिस्तानी दूतावासका रक्षा, सैन्य, नौसेना र वायुसेनाका कूटनीतिज्ञलाई अवाञ्चित व्यक्ति (पर्सन नन ग्रान्टा) ठहर्‍याउँदै ७ दिनभित्र देश छाड्न आदेश दिएको थियो । इस्लामावादस्थित भारतीय दूतावासमा रहेका आफ्ना रक्षा, नौसेना र वायुसेनाका सल्लाहकारलाई फिर्ता बोलाउने निर्णयसमेत लिएको थियो ।

जवाफमा पाकिस्तानले कुनै पनि विश्वसनीय अनुसन्धान र प्रमाणित प्रमाणविना भारतले पहलगाम आक्रमणलाई पाकिस्तानसँग जोड्ने प्रयास गरेको दावी छ । उसले भारतीय कदमलाई एकपक्षीय, अन्यायपूर्ण, राजनीतिक रूपमा प्रेरित, अत्यन्तै गैरजिम्मेवार र कानुनी योग्यतारहित भन्दै टिप्पणी गरेको छ ।

भारतीय कदमको जवाफमा पाकिस्तानले पनि सार्क भिसा छुट योजनाअन्तर्गत भारतीय नागरिकलाई जारी गरिएका सबै भिसा निलम्बन गरेको छ । इस्लामाबादमा भारतीय उच्चायोगमा कूटनीतिज्ञको संख्या घटाएर ३० पुर्‍याएको छ भने भारतीय रक्षा, नौसेना र हवाई सल्लाहकारलाई ३० अप्रिलअघि पाकिस्तान छोड्न आदेश दिएको छ ।

यस्तै, पाकिस्तानले सबै भारतीय स्वामित्व वा भारतीयद्वारा–संचालित एयरलाइन्सका लागि आफ्नो हवाई क्षेत्र बन्द तथा भारतसँगको सबै व्यापार निलम्बन गरेको छ ।

यो पनि पढ्नुहोस्

रुससँगको सम्बन्धको भविष्यप्रति आशावादी

रुससँगको सम्बन्धको भविष्यप्रति आशावादी

२ हप्ता अगाडि
ड्रोन कार्यदल ‘फाल्कन स्ट्राइक’ गठन गर्ने योजना सार्वजनिक

ड्रोन कार्यदल ‘फाल्कन स्ट्राइक’ गठन गर्ने योजना सार्वजनिक

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिने

विदेशी मुद्राको विनिमयदर निर्धारण

विनाशकारी बाढीबाट तटीय क्षेत्रमा विध्वंश

रसुलको १५०१ औँ जन्मजयन्ती आज मनाइँदै

बाढीबाट तीन वटा प्रहरी कार्यालयमा क्षति

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक