काठमाडाैं । पाल्पाको निस्दी गाउँपालीका–१ मा जङ्गलमा लागेको डढेलो बस्तीमा पस्दा स्थानीय दिलबहादुर सारुको घरगोठमा क्षति भएको छ ।
आगलागीबाट घरमा रहेका नगद, गरगहनासहित अन्नपात, गोठमा रहेका बाख्रा, भैँसी र गाई जलेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
जङ्गलमा लागेको डढेलो बस्तीमा पस्दा घरगोठ जलेको प्रहरी निरीक्षक कमल प्रधानले जानकारी दिनभयो । जङ्गलमा लागिरहेको आगो हावाहुरीले उडाएर दुई तले ढुङ्गा र जस्ताले छाएको घर र खरले छाएको गोठमा पसेको थियो । जसले गर्दा घरगोठ दुवै जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
डढेलो हिजो दिउँसो बन्चरेडाँडा जङ्गलबाट शुरू भएको स्थानीयवासीले जनाएका छन् ।


