काठमाडौं । धादिङ, गजुरी गाउँपालिका-१ गजुरी बजारस्थित सडकमा बा.प्र.०२-०५५ प ०५९८ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६७ वर्षीया पम्फा मिजारको सोमबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको केएमसी सिनामंगलमा उपचार भइरहेको छ । झापा, कन्काई नगरपालिका-८ स्थित सडकमा ना.७ प २९९७ नम्बरको ट्याङ्करको ठक्करबाट साइकलयात्री अर्जुनधारा नगरपालिका-५ बस्ने ५५ वर्षीय लेखनाथ सापकोटाको घटनास्थलमै मृत्यु भएको छ ।
ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


