बिहि, असार ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेवाः राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा उमेश स्थापित

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 2 mins read
0
नेवाः राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा उमेश स्थापित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं । नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपाःको तेश्रो राष्ट्रिय सम्मेलनले उमेश स्थापितको नेतृत्वमा १२७ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।
राजधानीमा दुईदिने सम्मेलनपछि सर्वसम्मतबाट उहाँको नेतृत्वमा नयाँ समिति गठन भएको हो । निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले उपाध्यक्षसहित कोषाध्यक्षको जिम्मेवारी र कार्यविभाजन तय गर्नेछ ।
नेवाः पहिचानसहितको स्वायत्त राज्य स्थापनाको लागि अग्रगमणको बाटोमा लाग्ने उद्देश्यसहित गठन भएको यस मोर्चाको नेवाः राजनीतिक आन्दोलनमा छुट्टै पहिचान स्थापित भएको सम्मेलनमा नेवाः खलःको संस्थापक र निवर्तमान अध्यक्ष दिलिप महर्जनले जानकारी दिनुभयो ।
आइतबार भएको बन्द सत्रमा नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेवाः समुदायलाई अधिकार सम्पन्न गराउने कुनै संस्था छ, भने त्यो नेवाः मोर्चा र माओवादी रहेको स्पष्ट पार्नुभयो । नेपाल सम्वत र नेपालभाषालाई सरकारी मान्यताको लागि लामो समयसम्म नेवाः समुदायले आन्दोलन गरे पनि प्रमुख राजनीतिक पार्टीहरुले बेवास्ता गरे पनि माओवादीको नेतृत्वमा संघीय र प्रादेशिक सरकार गठन भएपछि सो अधिकार प्रत्याभूत गरेको उहाँले स्मरण गराउनुभयो ।
पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका नेता श्रेष्ठले राजधानीका स्थानीय बासिन्दा भए पनि राजनीतिक रुपमा पछाडि पार्नुको कारण खोतल्दै संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी र समानुपातिकतासहित विशेष रुपमा आदिवासी जनजाति र नेवाः समुदायको लागि स्वायत्त राज्य आवश्यक भएको दाबी गर्नुभयो ।
उहाँले आत्म निर्णयको अधिकारसहित विशेषाधिकार भए मात्र नेवाः समुदायको भाग्य र भविष्य उज्ज्वल हुने विश्वास व्यक्त गर्नुभयो । नेता श्रेष्ठले पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले जनतामा आशा भर्न सफल भएको बताउनुभयो । बन्द सत्रमा नेवाः राष्ट्रिय मुक्ति मोर्चाका पूर्व अध्यक्ष तथा पार्टीका केन्द्रीय सचिव हितमान शाक्यले पहिलो संविधानसभाबाटै १४ प्रदेशसहित नेवाः स्वायत्त राज्य स्थापना गर्ने मार्ग खुले पनि संविधानसभा भंग भएकाले सो पूरा नभएको बताउनुभयो ।
दोश्रो संविधानसभामा पार्टी फुट भएर तेश्रो शक्तिमा चित्त बुझाउनुपर्दा विगतका प्रतिबद्धता अधुरै रहेको बताउनुभयो । उहाँले यथास्थितिवादमा रमाउने पार्टी र उग्रवामपन्थको कारणले पनि नेवाः स्वायत्त राज्य स्थापनामा चुनौति थपिएको स्मरण गर्नुहुँदै मोर्चा र पार्टीले पहिचानसहितको प्रदेश निर्माणको लागि सबै तहबाट आन्दोलित हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यो पनि पढ्नुहोस्

महाधिवेशन नसकिँदै प्रधानमन्त्री बालेन शाह काठमाडौं फर्किए

महाधिवेशन नसकिँदै प्रधानमन्त्री बालेन शाह काठमाडौं फर्किए

१४ घण्टा अगाडि
आजदेखि कांग्रेस केन्द्रीय समिति बैठक सुरु हुँदै

कांग्रेसकाे सदस्यता अद्यावधिक पुनः कार्यतालिका सार्वजनिक

१४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाको मतदान हुनमा ढिलाई

चलचित्र ‘महाराजधिराज’मा नायिका पूजना प्रधान अनुबन्ध

प्रतिनिधिसभा बैठक स्थगित

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घट्याे

क्रोएसिया फिफा विश्वकपको अन्तिम ३२ मा पुग्ने सम्भावना कायमै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक