काठमाडौं । राजसंस्था पुन:स्थापनका लागि गठित संयुक्त जनआन्दोलन समितिले मानव अधिकार संघसंस्था गुहारेको छ।
सरकारले शान्तिपूर्ण रुपमा गरिएको आन्दोलन, पत्रकार सम्मेलन तथा गोष्ठीहरूमा प्रतिबन्ध लगाउन थालेको भन्दै मानव अधिकार संघसंस्था गुहारेको हो।
समितिका कार्यबहाक संयोजक डा. जगमान गुरुङले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकार संस्था, मिडिया तथा व्यक्तिहरूलाई आवाज उठाइदिन आग्रह गरेका छन्।



