काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ ।
पार्टी सचिवालय बैठकको निर्णय र पार्टी कार्यवाहक सभापतिको आह्वानमा दिउँसो २ बजे बैठक आज बस्न लागेको हो ।
बैठकमा महाधिवेशनबारे र जनयात्रा कार्यक्रम, ब्लुप्रिन्ट कार्यदल, लिडरसीप एकेडेमी, प्रशिक्षण र संगठन सबलीकरणबारे छलफल हुने रास्वपा कार्यवहाक प्रवक्ता मनिष झाले जानकारी दिए ।


