सर्लाही । हरिपुर्वा नगरपालिका-९ मिर्चैया बजारस्थित सडकमा श्रीनगरबाट धनकौलतर्फ
जाँदै गरेको ना.५ ख ३८५८ नम्बरको ट्रकको ठक्करबाट साइकलयात्री ईश्वरपुर नगरपालिका-
१३ श्रीनगर बस्ने १७ वर्षीया अंजली कुमारी महतोको शुक्रबार बिहान घटनास्थलमै मृत्यु
भएको छ । साथै दुर्घटनामा घाइते भएकी साइकलमा सवार १ जनाको स्थानीय मेडिकल
श्रीनगरमा उपचार भइरहेको छ ।
प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान
गरिरहेको छ ।


