वीरगंज । सिमावर्ती क्षेत्रबाट हुने तस्करीको घटना कुनै नौलो विषय होईन् ।सिमानाकाको मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरीको मिलोमतोमा व्यापक रुपमा तस्करी बढेको छ।विगत केही महिना देखि बन्द रहेको तस्करी अहिले भिस्वा नाकाबाट मौलाएको हो।
सिमानाकामा २४ घण्टा सशस्त्र प्रहरीको डियुटी हुदा हुँदै पनि रातीको समयमा रातभरी तस्करी भईरहेको छ।
पर्साको पश्चिमी ग्रामिण भेगमा पर्ने यस नाकाबाट प्रहरीकै मिलेमतोमा खुलेआम तस्करी भईरहेको हो । सशस्त्र प्रहरी बल बञ्जारी भिस्वाका विओपीका प्रमुख सशस्त्र प्रहरी निरिक्षक नारायण कार्की आएदेखी ठुलो आर्थिक चलखेलमा निर्वाध रुपमा तस्करी भईरहेको स्थानीयले समेत बताएका छन् ।
केही समय पहिला नेपालबाट तस्करीमार्फत भारतको सिकटा पुर्याईएको ठूलो मात्रामा चाइनिज लहसुन बरामद भएपछि भिस्वा नाका तस्करी बन्द भएको थियो । तर अहिले सशस्त्र प्रहरी निरीक्षक नारायण कार्कीले आएको दिन देखि नै भिस्वा नाकाबाट तस्करी खोलाएका छन । उनले साना देखी ठुला तस्कर समूहहरुलाई भेटेर तस्करी गर्नुस्, आफू खुलेर सघाउनै भन्दै तस्करीको लाईन चलाएको एक तस्कर बताउँछन् ।भारतको सिकटा बाट लत्ता कपडा, हार्डवेयर, इलेक्ट्रोनिक समान, मीठा, किराना पसलको समानलगायतका सामग्रीहरू भिस्वा नाकाबाट नेपालतर्फ तस्करी भईरहेको पाईएको छ । त्यसैगरिनेपालबाट लिभर लिमिटेडका कस्मेटिक सामान र गोल्ड स्टार जुत्ता, चाइनिज फजी स्याउलगायतका सामग्रीहरू भिस्वावाट तस्करीमार्फत भारतको सिकटा बजार तर्फ तस्करी भईरहेको छ ।
विगतको दिन देखि बन्द रहेको तस्करीको संरक्षण सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म सबैठवाका प्रमुख र सशस्त्र प्रहरी बञ्जारीको प्रमुखको संरक्षणमा तस्करी भईरहँदा पनि माथिल्लो निकायको ध्यान जान यति आवशयक देखिएको छ।


