शुक्र, कार्तिक २१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अतिफ अस्लमको ‘लाइभ इन नेपाल’ कन्सर्टको डिजिटल टिकेटिङ्ग पार्टनरमा खल्ती

धारणा न्यूज by धारणा न्यूज
२५ मिनेट अगाडि
Reading Time: 1 min read
0
अतिफ अस्लमको ‘लाइभ इन नेपाल’ कन्सर्टको डिजिटल टिकेटिङ्ग पार्टनरमा खल्ती
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । खल्ती बाइ आइएमई पाकिस्तानी गायक अतिफ अस्लमको आगामी लाइभ कन्सर्ट ‘अतिफ अस्लम लाइभ इन नेपाल’ को डिजिटल टिकेटिङ्ग पार्टनरका रूपमा आबद्ध भएको छ। जय मिडिया म्यानेजमेन्ट प्रा .ली  को आयोजनामा आगामी डिसेम्बर १९, २०२६ मा इटहरीस्थित इटहरी रंगशालामा आयोजना हुने उक्त कन्सर्टमा अतिफ अस्लमले आफ्ना लोकप्रिय गीतमार्फत नेपाली दर्शकमाझ लाइभ प्रस्तुति दिनेछन्।

दक्षिण एसियाली संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका अतिफ अस्लमका ‘ताजदार-ए-हरम’, ‘तेरे बिन’, ‘दिल दियाँ गल्लाँ’ लगायतका लोकप्रिय गीतले उनलाई विश्वभरका संगीतप्रेमीमाझ परिचित बनाएका छन्। उनको लाइभ प्रस्तुति हेर्न नेपाल लगायत भारत तथा अन्य दक्षिण एसियाली देशबाट दर्शकहरू सहभागी हुने अपेक्षा गरिएको छ।

डिजिटल टिकेटिङ्ग पार्टनरका रूपमा खल्तीले कन्सर्टको टिकट खरिद प्रक्रियालाई सहज, सुरक्षित र सुविधाजनक बनाउन सहकार्य गरेको छ। यस सहकार्यमार्फत दर्शकले डिजिटल माध्यमबाटै कन्सर्टको टिकट खरिद गर्न सक्नेछन्।

यस सहकार्यबारे खल्तीका चिफ अपरेटिंग अफिसर पुष्पराज न्यौपानेले भन्नुभयो, “नेपालमा संगीत र मनोरञ्जनसम्बन्धी कार्यक्रमप्रति दर्शकको आकर्षण बढ्दै गएको छ, अतिफ अस्लमजस्ता लोकप्रिय कलाकारको कन्सर्टसँग डिजिटल टिकेटिङ्ग पार्टनरका रूपमा जोडिन पाउँदा हामी उत्साहित छौँ। यस सहकार्यबाट दर्शकलाई टिकट खरिदको सहज डिजिटल अनुभव तथा पारदर्शिता प्रदान गर्नुका साथै मनोरञ्जन क्षेत्रका कार्यक्रमहरूमा डिजिटल सेवाको प्रयोगलाई थप विस्तार गर्न सहयोग पुग्ने विश्वास लिएका छौँ।”

खल्ती बाइ आइएमईले डिजिटल भुक्तानीलाई दैनिक जीवनका विभिन्न आवश्यकता तथा गतिविधिसँग जोड्दै मनोरञ्जन, पर्यटन, यात्रा र अन्य क्षेत्रका सेवाहरूलाई आफ्नो प्लेटफर्ममार्फत विस्तार गर्दै आएको छ। अतिफ अस्लमको ‘लाइभ इन नेपाल’ सँगको यस सहकार्यले दर्शकलाई सहज डिजिटल टिकटिङ सुविधा उपलब्ध गराउनुका साथै नेपालमा मनोरञ्जन क्षेत्रको डिजिटल रूपान्तरणलाई थप प्रोत्साहन गर्ने कम्पनीले अपेक्षा गरेको छ।

 

 

यो पनि पढ्नुहोस्

प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?

सार्वजनिक ऋणको पासोमा नपरोस् मुलुक

२१ मिनेट अगाडि
नेपालभाषामा नामकरण गरिएको आधारमा कम्पनी दर्ता अस्वीकृत गरिएकोप्रति आपत्ति

नेपालभाषामा नामकरण गरिएको आधारमा कम्पनी दर्ता अस्वीकृत गरिएकोप्रति आपत्ति

३५ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्नेक्रम जारी

मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

आईजीपीमा पुनर्बहालीको माग गर्दै रिट दर्ता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक