काठमाडौं । खोटाङ, हलेसी तुवाचुङ नगरपालिका-२ नाङग्रे खोला बुद्धदहस्थित सुनकोशी नदी किनारमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
धनुषा, जनक नन्दिनी गाउँपालिका-१ ईनर्वा बजार नजिक सडकमा भारत बिहार मधुवनी नाजिरपुर ग्राम-१२ कानैल बस्ने ३७ वर्षीय दिलिप राम आइतबार मृत अवस्थामा फेला परेका छन् ।
कैलाली, धनगढी उपमहानगरपालिका-८ स्थित नालामा झापा कनकाई नगरपालिका-५ तुल्सीवारी घर भएका २८ वर्षीय सुरज यादव आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


