काठमाडौं। नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १७० रुपैयाँ ५४ पैसा तथा बेलायती पाउन्ड एकको खरिददर २०३ रुपैयाँ ६६ पैसा र बिक्रीदर २०४ रुपैयाँ ४७ पैसा तोकिएको छ।
त्यस्तै, स्वीस फ्र्याङ्क एकको खरिददर १८४ रुपैयाँ ६४ पैसा, अष्ट्रेलियन डलर १०६ रुपैयाँ ६१ पैसा, क्यानेडियन डलर १०८ रुपैयाँ ६३ पैसा र सिङ्गापुर डलर ११८ रुपैयाँ ७३ पैसा कायम गरिएको छ। जापानी येन १० को खरिददर नौ रुपैयाँ ६४ पैसा, चिनियाँ युआन एकको २२ रुपैयाँ ७९ पैसा, साउदी रियाल ४० रुपैयाँ ४० पैसा र कतारी रियाल ४१ रुपैयाँ ६० पैसा तोकिएको छ। यसैगरी, थाई भाट एकको खरिददर चार रुपैयाँ ५० पैसा, युएई दिराम ४१ रुपैयाँ २९ पैसा, मलेसियन रिङ्गेट ३७ रुपैयाँ ३७ पैसा, दक्षिण कोरियाली वन १०० को ११ रुपैयाँ ३६ पैसा, स्वीडिस क्रोनर १५ रुपैयाँ ४५ पैसा र डेनिस क्रोनर २२ रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३३ पैसा, कुवेती दिनार ४९१ रुपैयाँ ९१ पैसा, बहराइन दिनार ४०१ रुपैयाँ ६२ पैसा र ओमनी रियाल ३९३ रुपैयाँ ८३ पैसा कायम गरेको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
राष्ट्र बैंकले आवश्यकतानुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ।
वाणिज्य बैंकले निर्धारण गर्ने विनिमयदर भने फरक हुन सक्ने र अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।


