शुक्र, कार्तिक १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

वैदेशिक रोजगारीको पीडा नेपालीले कहिलेसम्म खप्ने ?

धारणा न्यूज by धारणा न्यूज
३९ मिनेट अगाडि
0
राजनीतिमा नयाँ र पुरानाबीच भिन्नता यही हो !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सबि भट्टराई
महोत्तरीको पिपरा गाउँपालिका–१ का ४५ वर्षीय भरत महतो परिवारको भविष्य बनाउन १४ वर्षदेखि साउदी अरबमा श्रम गरिरहेका थिए । चार छोराछोरीको पढाइ, परिवारको सुख र आफ्नै घर बनाउने सपना बोकेर उनी परदेशिएका थिए । तर, सपना पूरा हुनै लाग्दा उनको जीवन अन्त्य भयो । हालै दशैंको टीकाको दिनमा साउदी अरबमा भएको ड्रोन आक्रमणमा परेर उनको मृत्यु भएपछि परिवारको सपना मात्र भत्किएन, आर्थिक आधारसमेत गुम्यो ।
भरतको मृत्यु एउटा परिवारको निजी दुःख मात्र होइन । यो वैदेशिक रोजगारीमा निर्भर हजारौँ नेपाली परिवारको साझा पीडाको प्रतिनिधि घटना हो । परिवारको भविष्य बनाउन परदेशिएका नेपालीले ज्यान गुमाउँदा उनीहरूसँगै परिवारका सपना, बालबालिकाको भविष्य र वर्षौंको संघर्षसमेत भत्किने गरेको छ ।
कहिलेसम्म नेपालीले आफ्नो परिवारको भविष्य बनाउन परदेशमा ज्यान जोखिममा राख्नुपर्ने ? कहिलेसम्म परिवारको खुसीका लागि विदेशिएको मानिसको शव बाकसमा फर्किने त्रासमा नेपाली परिवार बाँच्नुपर्ने ? वैदेशिक रोजगार बोर्डको तथ्यांकले विदेशमा कार्यरत नेपाली श्रमिकको अवस्थाबारे गम्भीर चित्र प्रस्तुत गर्छ । आर्थिक वर्ष २०८१÷८२ मा वैदेशिक रोजगारीका क्रममा १ हजार ५१७ नेपालीको मृत्यु भएको बोर्डको विवरण छ । आर्थिक वर्ष २०८२÷८३ को पहिलो ११ महिनामा, अर्थात् २०२५ जुलाई १७ देखि २०२६ जुन १४ सम्म विदेशमा कार्यरत १ हजार ४३८ नेपालीको मृत्यु भएको बोर्डको तथ्यांक छ । यसअनुसार दैनिक औसत चारभन्दा बढी नेपालीले विदेशमा ज्यान गुमाएका छन् । पछिल्लो १० वर्ष ११ महिनामा विदेशमा कार्यरत १२ हजार १३२ नेपालीको मृत्यु भएको पनि बोर्डको अभिलेखमा उल्लेख छ ।
यी संख्या केवल तथ्यांक होइनन् । प्रत्येक संख्यापछाडि एउटा परिवार, आश्रित बालबालिका, ऋणको भार र अधुरा सपना छन् । कसैले सडक दुर्घटनामा ज्यान गुमाएका छन्, कसैले कार्यस्थलमा दुर्घटना भोगेका छन् त कसैको मृत्यु रोग, हृदयाघात वा अन्य कारणले भएको छ । श्रमिकको मृत्युका कारण फरक भए पनि त्यसपछि परिवारले भोग्ने आर्थिक र सामाजिक संकट भने उस्तै गम्भीर हुन सक्छ ।
वैदेशिक रोजगारीले लाखौँ परिवारको जीवनस्तर सुधार्न मद्दत गरेको छ । रेमिट्यान्सले घरखर्च चलेको छ, बालबालिकाले शिक्षा पाएका छन् र घर निर्माण भएका छन् । तर, श्रमिकको सुरक्षा र परिवारको सामाजिक संरक्षण कमजोर रहिरहने हो भने यो आर्थिक उपलब्धिको मानवीय मूल्यलाई बेवास्ता गर्न मिल्दैन ।
विदेशमा ज्यान गुमाएका नेपालीको शव स्वदेश ल्याउने प्रक्रिया पनि उत्तिकै संवेदनशील छ । आर्थिक वर्ष २०८१÷८२ मा वैदेशिक रोजगार बोर्डले ४८१ जनाको शव नेपाल ल्याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परिवारलाई बुझाएको र १ हजार ८६ जनाको शव घरसम्म पु¥याउन एम्बुलेन्स खर्च बेहोरेको विवरण सार्वजनिक भएको थियो । यस्तै, सोही आर्थिक वर्षमा बोर्डमार्फत आर्थिक सहायता पाउने मृतकको संख्या १ हजार २५५ रहेको अर्को विवरण छ । विदेशमा मृत्यु भएका १ हजार ४०१ जनाको शव परिवारलाई हस्तान्तरण गरिएको उल्लेख छ ।
यसले एउटा महत्त्वपूर्ण समस्या देखाउँछ— विदेशमा मृत्यु भएका नेपालीको वास्तविक संख्या र उनीहरूको अवस्थाबारे सबै निकायको तथ्यांक एकीकृत छैन । श्रम स्वीकृति नलिई विदेश गएका वा आवश्यक कागजात नभएका श्रमिकको मृत्यु हुँदा उनीहरूको अभिलेख र परिवारले पाउने सहयोगसमेत फरक हुन सक्छ । श्रमिकको शव स्वदेश ल्याउनु राज्यको महत्त्वपूर्ण जिम्मेवारी हो । तर, परिवारले शव ल्याउनका लागि सरकारी कार्यालय धाउनुपर्ने, विभिन्न निकायबीच समन्वय गर्नुपर्ने र राहतको प्रक्रिया बुझ्न संघर्ष गर्नुपर्ने अवस्था अन्त्य हुनुपर्छ । दूतावास, परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय र वैदेशिक रोजगार बोर्डबीच प्रभावकारी समन्वय आवश्यक छ ।
भरत महतो कुनै युद्धका पक्षधर थिएनन् । उनी आफ्नो परिवारको भविष्य बनाउन श्रम गरिरहेका थिए । तर, साउदी अरबको सैबाहस्थित तेल परियोजनामा काम गरिरहेका बेला ड्रोन आक्रमणमा परेर उनको मृत्यु भयो । यमनका हुथी विद्रोही र साउदी अरबबीचको द्वन्द्वले त्यहाँ कार्यरत नेपाली श्रमिकको सुरक्षा चिन्ता बढाएको छ । साउदी अरबमा करिब चार लाख नेपाली कार्यरत रहेको अनुमान छ । यस्तो अवस्थामा युद्ध वा सुरक्षा जोखिम भएका क्षेत्रमा काम गर्ने नेपालीको विवरण अद्यावधिक राख्ने, सम्भावित खतराबारे समयमै जानकारी दिने र आवश्यक पर्दा सुरक्षित स्थानमा स्थानान्तरण गर्ने व्यवस्था हुनुपर्छ ।
वैदेशिक रोजगारीको सफलतालाई रेमिट्यान्सको रकम वा विदेश जाने श्रमिकको संख्याले मात्र मापन गर्नु हुँदैन । श्रमिक कति सुरक्षित छन्, उनीहरूले सम्मानजनक पारिश्रमिक पाएका छन् कि छैनन्, संकटमा परेका परिवारले कति छिटो सहायता पाउँछन् र उनीहरूको सामाजिक सुरक्षा कति बलियो छ भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छन् ।
विदेशिनु बाध्यता बन्ने अवस्था अन्त्य गर्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्न राज्यले गम्भीरतापूर्वक लिनुपर्छ । नेपालमै पर्याप्त र सम्मानजनक रोजगारी सिर्जना गर्न कृषि, उद्योग, पर्यटन, निर्माण र सूचना प्रविधिजस्ता क्षेत्रमा अवसर विस्तार गर्नुपर्छ । युवाले आफ्नो सीपअनुसारको काम र उचित पारिश्रमिक आफ्नै देशमा पाउने वातावरण बनाउनुपर्छ । वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि भर्ती प्रक्रिया पारदर्शी बनाउने, चर्को शुल्क असुल्ने एजेन्टमाथि निगरानी गर्ने, रोजगारदाताको विश्वसनीयता जाँच्ने र कामको प्रकृति तथा जोखिमबारे पूर्वजानकारी दिने व्यवस्था आवश्यक छ । श्रमिकको बिमा, कल्याणकारी कोष र श्रम स्वीकृति नियमित राख्न सरकारले प्रभावकारी सूचना प्रणाली सञ्चालन गर्नुपर्छ । नेपालीले आफ्नो परिवारको भविष्य बनाउन ज्यान नै जोखिममा राख्नुपर्ने अवस्थाको अन्त्य कहिले हुन्छ ? यसको जवाफ भाषणले होइन, राज्यका नीतिले र तिनको प्रभावकारी कार्यान्वयनले दिनुपर्छ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

नर्सिङमा कर्मचारी माग

नर्सिङमा कर्मचारी माग

१२ मिनेट अगाडि
भुटानमा बाढीले बगायाे गासा छाचु तातोपानी परिसर

भुटानमा बाढीले बगायाे गासा छाचु तातोपानी परिसर

३३ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अभियोग लागेकै आधारमा कसैलाई पनि दोषी करार गर्न नमिल्ने

नैतिकता सम्बन्धी विवादमा तानिनु विडम्बनापूर्ण

शेयरबजार परिसूचक नेप्से ३१.५४ अंक बढ्याे

नेपाल शिक्षक महासंघले विचौलियाको भूमिका खेल्दा आन्दोलन तुहियोः अध्यक्ष विष्णु खत्री

सर्वोच्चले माग्यो सरकारसंग कारण, अस्थायी शिक्षकको रिटमा पेशी तोकियो

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक