शुक्र, कार्तिक १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

ब्राजिलमा लुलाको विजय : दक्षिणपन्थीको पराजय एक बिमर्श

धारणा न्यूज by धारणा न्यूज
५ घण्टा अगाडि
0
प्रकृतिलाई जोगाउने कि भयावह संकटको भुँवरीमा पर्ने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

-लोकनारायण सुबेदी
ब्राजिलमा गएको अक्टोबर २५ भन्दा अघिको साता निकै उथलपुथलकारीकोरुपमा चर्चित मानिदै थियो ।त्यो देशका २० करोडभन्दा बढी नागरिकमध्ये प्रत्येकजसोले राष्ट्रपतीय निर्वाचनबारे आ–आफ्नो राजनीतिक धारणा राखिरहेको चर्चा हुन्थ्यो। त्यतिबेला ब्राजिल निकै गहिरो किसिमले ध्रुवीकृत भइरहेको बिश्लेषण भइरहेको थियो । जनमत सर्वेक्षणहरूले पनि निर्वाचनमा कडा प्रतिस्पर्धा हुने देखाएका र अधिकांश सर्वेक्षणमा पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका छोरा फ्लाभियो बोल्सोनारो अगाडि देखिएका थिए । फ्लाभियो एक विशिष्ट किसिमको अतिदक्षिणपन्थी धारका प्रतिनिधि पात्रको रुपमा चिनिदै आएका थिए।
यद्यपि सन् २००३ देखि २०११ सम्म र त्यसपछि सन् २०२३ देखियता पुनः ब्राजिलको राष्ट्रपति रहेका लुइज इनासियो लुला दा सिल्भा, जसलाई लुला भनेर चिनिन्छ, त्यो जनमत सर्वेक्षणकै कारणले मात्र पछि हट्न तयार थिएनन्। त्यसैले उनी देशका विभिन्न भागमा पुगे र मानिसहरूलाई मतदान गर्न प्रेरित गर्ने उद्देश्यले विशाल र उत्साहपूर्ण चुनावी सभाहरू आयोजना गर्न थाले । हुन पनि पहिलो चरणको निर्वाचनमा २१ प्रतिशत मतदाता मतदानमा सहभागी भएका थिएनन्, जबकि ब्राजिलमा मतदान गर्नु अनिवार्य छ । मतदान गरेका मतदातामध्ये पनि ठूलो हिस्साले राष्ट्रपतिको पदका लागि रहेको मतपत्रमा कुनै छाप लगाएनन् वा मतपत्रलाई बदर हुने गरी मतदान गरेका थिए ।
त्यसैले पहिलो चरणमा १५ करोड ८७ लाख दर्ता भएका मतदातामध्ये बोल्सोनारोले ४७ प्रतिशत मत प्राप्त गरेका थिए। उनी र लुलाबीचको मतान्तर केवल २२ लाख मात्र थियो। अक्टोबर ४ मा भएको पहिलो चरण र अक्टोबर २५ मा भएको दोस्रो चरणबीचको अवधिमा विजय हासिल गर्न लुलाले या त बोल्सोनारोलाई मतदान गरेका मतदातालाई आफ्नो पक्षमा ल्याउनुपथ्र्यो, या मतदान नगरेका अथवा मतपत्र बदर गराएका मतदातालाई मतदानमा सहभागी गराउनुपथ्र्यो। ब्राजिलको आधुनिक इतिहासमा यसअघि कुनै पनि उम्मेदवारले यति ठूलो मतान्तर उल्ट्याएको थिएन। तर लुलाले त्यसो गरेर देखाए।
पहिलो र दोस्रो चरणबीचका तीन सातामा लुला र उनको टोलीले ब्राजिलका ठूला सहरहरूमा मात्र होइन, साना तर महत्त्वपूर्ण सहरहरूमा पनि लाखौँ मानिसलाई सडकमा उतार्न र परिचालन गर्न सफल देखिएका थिए । यी विशाल जनपरिचालनले पहिलो चरणको मतदानपछि देखिएको गणितीय प्रतिकूलतालाई लुलाले पार गर्नेछन् भन्ने भावना सिर्जना ग¥यो । यद्यपि तत्कालका निर्वाचनसम्बन्धी सबैजसो तथ्याङ्कीय विश्लेषणले दोस्रो चरणमा बोल्सोनारो सहज रूपमा विजयी हुने देखाएका थिए, जसले लुलाका लागि विजय असम्भवजस्तै रहेको संकेत गथ्र्यो। तर वामपन्थी शक्तिहरूले यो प्रतिकूलतालाई स्वीकार गरेर निष्क्रिय बस्नुको सट्टा निकै आक्रामक रूपमा आफ्नो अभियान अघि बढाए।
पहिलो चरणमा बोल्सोनारो लुलाभन्दा २२ लाख २० हजार मतले अगाडि थिए। तर दोस्रो चरणमा लुलाले बोल्सोनारोलाई ४४ लाख ३० हजार मतले पछाडि पारे। यसरी दुवै उम्मेदवारबीचको मतान्तरमा ६६ लाख ६० हजार मतको निकै ठूलो फरक या परिवर्तन आयो। ती मतहरू मूलतः ब्राजिलका ठूला शहरहरूबाट आएका थिए। एक लाखभन्दा बढी जनसङ्ख्या भएका ३१९ शहरमा ब्राजिलको कुल जनसङ्ख्याको ५७ प्रतिशत मानिस बसोबास गर्छन्। ती शहरहरूले मतान्तर उल्ट्याउन योगदान दिएका कुल ६६ लाख ६० हजार मतमध्ये ३८ लाख ९० हजार मत प्रदान गरेको देखियो ।
अर्को उल्लेखनीय कुरा के छ भने इभान्जेलिकल अर्थात् इभान्जेलिकल इसाईहरूको प्रभाव बढी भएका, तुलनात्मक रूपमा धनी, गोरा जनसङ्ख्या बढी भएका, शिक्षाको स्तर उच्च भएका र बढी शहरीकरण भएका नगरपालिकाहरूमा लुलाको मत अझ बढी बढ्यो। यसको अर्थ हो कि उनले बोल्सोनारोको परम्परागत मताधार क्षेत्रभित्र पनि उल्लेखनीय रूपमा प्रवेश गरे। यो कुरा लुलाको आफ्नै चुनावी टोलीका लागि समेत आश्चर्यजनक मानिएको थियो । भनिन्छ कि त्यो मतपरिवर्तनको मूख्य कारण सामाजिक आन्दोलनहरूले सञ्चालन गरेको विशाल जनपरिचालन थियो । त्यस अभियानको अग्रपङ्क्तिमा भूमिहीन ग्रामीण श्रमिक आन्दोलन रहेको उल्लेख गरिन्छ ।
लुलाले आफ्नो यस अघिका तीन कार्यकालका क्रममा ब्राजिलका जनताको सामाजिक अवस्थामा असाधारण सुधार ल्याउने प्रक्रियाको नेतृत्व गरेका थिए । बोल्सा फामिलिया नामक सामाजिक सहायता कार्यक्रम, न्यूनतम ज्यालामा वृद्धि, सार्वजनिक विश्वविद्यालयहरूको विस्तार र पारिवारिक खेतीपातीलाई दिइएको सहयोगले त्यस्ता परिवारका घरघरमा खाद्यान्न, आम्दानी र अवसर पु¥यायो, जसलाई पहिलेका शासक वर्गले लामो समयदेखि महत्वहीन ठान्दै आएको थियो। ती उपलब्धिहरूले लाखौँ मानिसको जीवन परिवर्तन गरे र सार्वजनिक नीतिमार्फत गरिबीको सामना गर्न सकिन्छ भन्ने कुरा स्थापित गरे। तर यी उपलब्धिहरू सम्भव बनाउने राजनीतिक सूत्र अब आफ्नो सीमामा पुगेको छ। त्यसले गर्दा लुलाले गरिब जनताको जीवनस्तर सुधार्ने प्रयास गर्दै वित्तीय क्षेत्र, कृषि व्यवसाय र ब्राजिलको पुँजीका प्रभावशाली हिस्साहरूको शक्तिसँग पनि सम्झौता गर्ने नीति अपनाए।
लुलाका पहिलो दुई कार्यकालमा अनुकूल अन्तर्राष्ट्रिय परिस्थितिले यस्तो सम्झौताको नीतिलाई अघि बढाउन पर्याप्त ठाउँ प्रदान गरेको थियो। तर आर्थिक शक्तिको संरचनामा समानान्तर परिवर्तन नगरी केवल स्रोतको पुनर्वितरण गर्दा असमानताका आधारहरू जस्ताको तस्तै रहे। यसले पुरानो व्यवस्थाबाट लाभ उठाउने वर्गलाई परिवर्तन रोक्ने र हासिल गरिएका उपलब्धिहरू उल्ट्याउने साधनहरू आफ्नो हातमा कायम राख्न मद्दत ग¥यो। लुलाको तेस्रो कार्यकालमा बजेटसम्बन्धी प्रतिबन्ध, महँगो ऋण र संसदमा रहेका रूढिवादी शक्तिहरूमाथिको निर्भरताले सुधारका सम्भावनाहरूलाई साँघुरो बनाएको देखिन्छ । सामाजिक कार्यक्रमहरू अझै पनि अपरिहार्य छन्। तर तिनले मात्र असुरक्षित रोजगारी, घरपरिवारको बढ्दो ऋणभार, अपर्याप्त सार्वजनिक सेवाहरू वा जमिन र सम्पत्तिको केन्द्रीकरणजस्ता समस्याहरू समाधान गर्न सक्दैनन् ।
समस्या यस्तो शासनको रणनीतिमा देखिएको थकान हो, जसमा गरिएका सम्झौताहरूले क्रमशः आफ्नै वाचाहरू पूरा गर्ने बाटोमा अवरोध सिर्जना गरिरहेका छन्। लुलाको व्यक्तिगत राजनीतिक प्रभावले जनताका अपेक्षा र शक्तिशाली वर्गले माग गर्ने सहुलियतहरूबीचको दूरीलाई अनिश्चित कालसम्म पूर्ति गर्न सक्दैन भन्ने कुरा स्पष्ट नै छ । नयाँ र पुनर्जीवित राजनीतिक परियोजनाका लागि मजदुर, किसान र शहरी क्षेत्रका सीमान्तकृत बस्तीका बासिन्दाहरूको सङ्गठित शक्ति आवश्यक हुनेछ । तिनै समुदाय वास्तवमा लुलाको मुख्य जनाधार हुन् । ब्राजिलको बस्तुस्थिति र शक्ति संरचना हेर्दा र केलाउँदा जानकारहरु तल उल्लिखित कदमहरु दृढतापूर्ब चाल्नु पर्ने सुझव दिन्छन् ।
भूमिसुधार ः जमिनको स्वामित्वमा रहेको असमानता घटाउने र भूमिहीन तथा साना किसानको पहुँच बढाउने।
सार्वजनिक लगानीः जनताको आवश्यकता पूरा गर्ने सेवाहरू र पूर्वाधारमा सरकारी लगानी विस्तार गर्ने।
औद्योगिक विकासः उत्पादनमूलक क्षेत्रको विकास र रोजगारी सिर्जना गर्ने।
वित्तीय क्षेत्रमाथि लोकतान्त्रिक नियन्त्रणः वित्तीय शक्तिलाई सार्वजनिक हित र जनताको आवश्यकताअनुरूप उत्तरदायी बनाउने।
अनि सडकमा उत्रिएका ब्राजिलका सामाजिक आन्दोलनहरूले अब सरकारको दिशा निर्धारण गर्ने प्रक्रियामा अझ बढी शक्ति हासिल गर्नुपर्छ भन्ने सुझाव पनि परेको छ । अहिले अतिदक्षिणपन्थी शक्तिलाई पराजित गर्नुले यस्तो सम्भावनाको ढोका खोलेको छ। तर लुलाको शासनकालमा हासिल गरिएका सामाजिक उपलब्धिहरूलाई सुरक्षित राख्न तिनलाई निरन्तर खतरामा पारिरहने संरचनाहरूको सामना गर्न आवश्यक कदम चाल्न पर्ने देखिएको औल्याइन्छ ।
बास्तवमा ब्राजिलको यो निर्वाचनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, उनका उपराष्ट्रपति जेडी भान्स र मियामीमा बसोबास गर्ने ब्राजिलियाली मूलका समुदायका सदस्यहरूले लुलालाई पराजित गर्न ठूलो प्रयास गरेका थिए । दक्षिण अमेरिकाको कुल भूभागको आधा हिस्सा ओगट्ने र ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो अर्थतन्त्र भएको ब्राजिल अहिले अमेरिकी महादेशका धेरै देशमा हाबी हुँदै गएको अतिदक्षिणपन्थी सरकारहरूको लहरभन्दा फरक स्थानमा उभिएको देखिदै आएको छ । ब्राजिलको निर्वाचनमा बाह्य हस्तक्षेप भएको कुरा अहिले स्वीकार गरिएको तथ्य बनेको छ। निर्वाचनको अत्यन्तै महत्वपूर्ण चरणमा मेटाले लुलाका खाताहरू बन्द गरेको थियो। यसबाहेक आर्थिक सहयोग र सामाजिक सञ्जालमार्फत हस्तक्षेप गरिएको सम्बन्धमा अन्य विवरणहरू पनि यस सम्वन्धमा सार्वजनिक भएका छन्।
ट्रम्पले ब्राजिलमा बोल्सोनारो विजयी हुने आशा गरेका थिए। त्यसो भएको भए उनले सन् २०२६ को मार्चमा मियामीबाट शुरु गरेको ‘अमेरिकाको सुरक्षा कवच’ (सिल्ड अफ अमेरिका)को प्रक्रियालाई थप सुदृढ बनाउन सक्थे।ट्रम्पले यस प्रक्रियालाई सुरक्षा समन्वय गर्ने संस्थागत संरचनाका रूपमा प्रस्तुत गरेका पनि थिए। तर खाशगरी यसको उद्देश्य जनआन्दोलनहरू र वामपन्थी शक्तिहरूलाई दबाउनु पनि रहेको थियो।
निश्चय नै यस चुनावमा लुलाको विजयले ट्रम्पलाई आफ्नो प्रभुत्व विस्तार गर्न ‘मुनरो सिद्धान्त’ प्रयोग गर्ने बाटोमा अवरोध खडा गरेको छ । यसले ब्राजिलका महत्वपूर्ण खनिज स्रोतहरूमा सहज पहुँच प्राप्त गर्ने वा अमेजन नदीको डेल्टा क्षेत्रमा फेला परेको नयाँ तेल भण्डारमाथि प्रभुत्व जमाउने ट्रम्पको सम्भावनालाई पनि सीमित बनाइदिएको छ । यसरी लुलाले अनेकौँ अवरोधको सामना गर्नुपरे पनि उनको विजयले अतिदक्षिणपन्थी शक्तिहरूलाई पराजित गर्न सकिँदैन भन्ने धारणा गलत रहेको पारिदिएको छ । लगातारको अमेरिकी दबदबा तथा आफ्नो देशको अर्थ–सामाजिक सामथ्र्य र सीमा दुबै जोखिमलाई बुझेका ८० बर्षीय अनुभवी लुलाले आगामी ५ जनवरीदेखि कार्यभार सम्हाल्ने छन् । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

अभियोग लागेकै आधारमा कसैलाई पनि दोषी करार गर्न नमिल्ने

अभियोग लागेकै आधारमा कसैलाई पनि दोषी करार गर्न नमिल्ने

३ घण्टा अगाडि
नैतिकता सम्बन्धी विवादमा तानिनु विडम्बनापूर्ण

नैतिकता सम्बन्धी विवादमा तानिनु विडम्बनापूर्ण

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अभियोग लागेकै आधारमा कसैलाई पनि दोषी करार गर्न नमिल्ने

नैतिकता सम्बन्धी विवादमा तानिनु विडम्बनापूर्ण

शेयरबजार परिसूचक नेप्से ३१.५४ अंक बढ्याे

नेपाल शिक्षक महासंघले विचौलियाको भूमिका खेल्दा आन्दोलन तुहियोः अध्यक्ष विष्णु खत्री

सर्वोच्चले माग्यो सरकारसंग कारण, अस्थायी शिक्षकको रिटमा पेशी तोकियो

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक