काठमाडाैं । सर्वोच्च अदालतले सरकारसंग अस्थायी शिक्षकको रिटमाथि परेकाे पेशी तोकिएकाे छ ।
गत कार्तिक १० गते माध्यमिक विद्यालय शिक्षक युनियनका सहअध्यक्ष विष्णुबहादुर दौल्यालले अस्थायी प्रकृतिका सम्पूर्ण शिक्षकलाई पनि संचित विरामी विदा, योगदानमा आधारित सामाजिक सुरक्षा कोष र प्रोत्साहन भत्ताको लागि परमादेश जारी गर्न माग गर्दै दायर गरेको रिटको सुनुवाई गर्दै बुधबार सर्वोच्च अदालतमा मा.न्या.नृपध्वज निरौलाको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका विषयमा छ्लफलका लागि पेशी तोकिएको थियाे।



