काठमाडौं । बिहीबार शेयरबजार परिसूचक नेप्से ३१.५४ अंक बढेको छ । यो वृद्धिसँगै नेप्से २६९५ अंकमा कायम भएको छ । बुधबारभन्दा यो केही बढी हो । बुधबार शेयरबजार ३३.२९ अंकले बढेर बन्द भएको थियो ।
अघिल्लो दिनको तुलनामा बिहीबार नेप्से १.१८ प्रतिशतले बढेको हो । यससँगै समग्र नेप्से २ हजार ६ सय ९५.६० अंकमा उक्लेको हो । सो दिन कारोबारमा आएकामध्ये १८१ कम्पनीको शेयर मूल्य बढ्दा ९१ वटाको घट्यो । बाँकी ६ कम्पनीको सेयर मूल्य स्थिर छ । सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये सबैको परिसूचक बढेपछि नेप्से दोहोरो अंकले बढ्न टेवा पुगेको हो । बिहीबार कुल ६९ हजार ६ सय १९ पटकको कारोबारमा २ करोड ३२ लाख ५८ हजार ९ सय कित्ता शेयर किनबेच भए । ती किनबेचमा ८ अर्ब ५७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो । बुधबार कुल ६३ हजार ७ सय ४४ पटकको कारोबारमा १ करोड ९३ लाख ९७ हजार ५ सय ४८ कित्ता शेयर किनबेच भएको थियो । ती किनबेचमा ७ अर्ब ४५ करोड ८६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । आज सबै समूहगत सूचक बढेका छन् ।
बैंकिङ २.२८, विकास बैंक १५५, फाइनान्स १.६९, होटल तथा पर्यटन २.०५, जलविद्युत् ०.३६, लगानी ०.२४, जीवन बीमा ०.६८, उत्पादन तथा प्रशोधन ०.५१, माइक्रोफाइनान्स ०.५४, निर्जीवन बीमा ०.१३, अन्य २.४५ तथा व्यापार ०.०३ प्रतिशत बढे । हालै सूचीकृत बेनी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढ्यो ।
त्यस्तै सोपान फर्मास्युटिकल्सको ८.७२, नेपाल पुनर्बीमाको ५.६१, नेपाल फाइनान्सको ५.४९, एनआई एसिया बैंकको ४.६९, कालिन्चोक हाइड्रोपावरको ४.४१ प्रतिशत मूल्य बढ्यो । एनआरएन इन्फ्रास्ट्रक्चरको मूल्य ३.६५, चिरख्वा हाइड्रोपावरको ३.१४, राष्ट्रिय बीमा कम्पनीको २.७२ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा घलेम्दी हाइड्रोपावर, सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, ग्रिन भेन्चर्स, सोलु हाइड्रोपावर क्रमशः अगाडि रहे । बिहीबार घलेम्दी हाइड्रोको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको ३३५ रूपैयाँमा ३५ करोड ६१ लाख रूपैयाँको कारोबार भएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २.७६ प्रतिशत बढेको हो । सर्वाधिक शेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा सिद्धार्थ बैंक रहेको छ । उक्त कम्पनीको ४५४ रूपैयाँ ८० पैसामा २५ करोड ३८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो ।


