काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सातै प्रदेशका डीआईजीहरुलाई पनि हेडक्वाटर बोलाएका छन् ।
पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) को बैठक बोलाएका कार्कीले डीआईजीहरुलाई पनि हेडक्वाटर बोलाएका हुन् ।
पीसीसीमा डीआईजीभन्दा माथिल्लो दर्जाका प्रहरी कर्मचारीहरु सहभागी हुन्छन् ।
पीसीसी बैठक २ बजे बस्ने जनाइएको छ । तर डीआईजीहरुलाई पनि हेडक्वाटर किन बोलाइयो भन्ने खुलेको छैन । ‘डीआईजीहरुलाई हिजो नै आउन भनिएको थियो ।
त्यसअनुसार केही आइसक्नु भएको छ, केही आउँदै हुनुहुन्छ,’ प्रहरी उच्च स्रोतले जनाएकाे छ ।


