बिहि, कार्तिक १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चलचित्र ‘चिरञ्जीवी भवः’को डबिङ सुरु

धारणा न्यूज by धारणा न्यूज
५० मिनेट अगाडि
0
चलचित्र ‘चिरञ्जीवी भवः’को डबिङ सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । ब्लकबस्टर चलचित्र ‘परान’का निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशनमा निर्माण भएको चलचित्र ‘चिरञ्जीवी भवः’को स्वरकन (डबिङ) सुरु भएको छ । निर्माणपक्षले बिहीबारदेखि चलचित्रको पोस्ट प्रोडक्सनअन्तर्गत स्वरकनको काम सुरु गरिएको जानकारी दिएको हो ।

जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा अभिनेता हरिवंश आचार्यले आफ्नो भागको संवाद रेकर्ड गराउँदै स्वरकनको सुरुवात गरेका छन् । चलचित्रको छायांकन सम्पन्न भएसँगै निर्माण टोलीले अब पोस्ट प्रोडक्सनको कामलाई अघि बढाएको हो ।

निर्देशक दीपकप्रसाद आचार्यले चलचित्र निर्माणका क्रममा गुणस्तरमा कुनै सम्झौता नगरिएको र पोस्ट प्रोडक्सनको काममा पनि उत्तिकै मेहनत गरिने बताएका छन् ।

‘हामीले पोस्टको काम सुरु गरेसँगै स्वरकन गर्न थालेका छौँ,’ निर्देशक आचार्यले भने, ‘हामीले कुनै पनि सम्झौता गरेका छैनौँ । अब पोस्ट प्रोडक्सनको काम पनि मेहनत गरेर गर्नेछौँ ।’

निर्देशक आचार्यका लागि ‘चिरञ्जीवी भवः’ विशेष चलचित्रका रूपमा हेरिएको छ । गत वर्ष प्रदर्शनमा आएको उनको निर्देशकीय चलचित्र ‘परान’ व्यावसायिक रूपमा सफल भएको थियो । उक्त चलचित्रले दर्शकको उल्लेखनीय साथ पाउँदै नेपाली चलचित्र क्षेत्रमा राम्रो व्यापार गरेको थियो ।

‘परान’को सफलतापछि आचार्यले निर्देशन गरेको ‘चिरञ्जीवी भवः’प्रति पनि दर्शकको चासो बढ्ने अपेक्षा गरिएको छ । पहिलो चलचित्रबाट स्थापित भएको निर्देशकीय छविलाई उनले दोस्रो चलचित्रमा कसरी अघि बढाउँछन् भन्ने विषय प्रतीक्षाको विषय बनेको छ ।

सामाजिक विषयवस्तुमा आधारित ‘चिरञ्जीवी भवः’ले दुई पुस्ताबीचको वैचारिक भिन्नता र उनीहरूबीचको सम्बन्धलाई मुख्य कथावस्तु बनाएको छ । बदलिँदो सोच, पुस्तान्तरण र पारिवारिक सम्बन्धका आयामलाई चलचित्रले कसरी प्रस्तुत गर्छ भन्ने कुरा यसको प्रदर्शनपछि थाहा हुनेछ ।

चलचित्रमा हरिवंश आचार्यसँगै अभिनेत्री करिस्मा मानन्धर, अभिनेता आशीर्वाद क्षेत्री, मोडल एवं इन्फ्लुएन्सर प्रशंसा रायमाझी मुख्य भूमिकामा छन् । प्रशंसा यसै चलचित्रमार्फत नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्दै छिन् ।

चलचित्रमा आशीर्वाद र प्रशंसालाई जोडीका रूपमा प्रस्तुत गरिने हो वा होइन भन्ने विषयमा निर्माण टोलीले अहिलेसम्म खुलाएको छैन । उनीहरूबीचको सम्बन्ध र भूमिकालाई लिएर निर्माणपक्षले जानकारी सार्वजनिक नगर्दा चलचित्रको यो पक्ष रहस्यमै छ ।

यस्तै चलचित्रमा कमलमणि नेपाल, हरिश निरौला, सुमन कार्की, मिश्री थापा, सरोज अर्याल, दीपकप्रसाद आचार्य, सुवर्ण थापा, गीता अधिकारी, अभयराज बराल, सुस्मिता कुँवर, उमेश बराल, रिस्ता बस्नेत, रुक्मिला अधिकारी, काजल कर्ण, सुरेश थापालगायत कलाकारको पनि अभिनय रहेको छ ।

चलचित्रको बाल कलाकारमा यशदीप आचार्य, उस्ना बराल, दिल्लीराम आचार्य र विभूति गौतम छन्  ।

चलचित्रमा कुमार कट्टेल ‘जिग्री ब्रो’ पनि निर्देशक आचार्यसँगै जोडिएका छन् । कुमार कट्टेलको कथा रहेको चलचित्रको पटकथा तथा संवादमा सविन अधिकारी र वसन्त न्यौपा तयार पारेका हुन् ।

उमेशकुमार बराल र चिरन केसी निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता गजित विष्ट र शैलेश खत्री हुन् ।

चलचित्रको गीतमा निर्देशक दीपकप्रसाद आचार्य स्वयंसँगै रञ्जित गजमेर र हर्क साउदको रहने निर्माणपक्षले जनाएको छ ।

चलचित्रको शिवराम श्रेष्ठले छायांकन गरेका छन् भने गोपाल रायमाझी सिनेम्याटोग्राफर तथा ग्याफर, सम्पादक मित्र डी. गुरुङ रहेका छन् । चलचित्रमा बाबुल गिरी, सुशान्त गौतम, रिकेश गुरुङ र समीर खरेलले संगीत तयार पारेका छन् । त्यस्तै, नृत्य निर्देशन गम्भीर विष्ट र किरण थापाले गरेका छन् ।

चलचित्रमा रामबाबु खड्का प्रमुख सहायक निर्देशकका रूपमा छन् भने सागर बोहोरा, नेत्रबहादुर राउत र लक्ष्मी पौडेल सहायक निर्देशकका रूपमा छन् ।

चलचित्रको प्रोजेक्ट म्यानेजर सुवास राज काफ्ले हुन् भने प्रोडक्सन डिजाइन विशाल न्यौपाने छन् । समीर मियाँ  र सत्यम राणा भिजुअल इफेक्ट्स (भीएफएक्स), रेनिश फागो कलर ग्रेडिङ, मेकअपमा विक्रम गौतम र मन्दिरा सापकोटा, हेयर स्टाइलिस्ट सञ्जिता ढकाल, स्टिल तथा बीटीएसमा सन्तोष क्षेत्री, ध्वनि सुजन श्रेष्ठ, आशिष पौडेल पोसाक डिजाइनर, दीपक राई र सीताराम खतीवडा ड्रेस स्टाइलिस्ट, प्रोडक्सनमा विष्णुप्रसाद मैनाली तथा अनिश लामिछाने रहेका छन् ।

रोहित शाक्य र शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर रहेको चलचित्रको पब्लिसिटी डिजाइन टाउवा स्टुडियोका विजय बस्यालले गरेका छन् ।

‘चिरञ्जीवी भवः’को छायांकन धनकुटा, सुनसरी र काठमाडौंका विभिन्न स्थानमा गरिएको हो । चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ ।

‘चिरञ्जीवी भवः’ आगामी २०८३ माघ १ गते अर्थात् १५ जनवरी २०२७ देखि देशभरका चलचित्र हलमा प्रदर्शनमा आउने तय भएको छ ।चलचित्रको देशव्यापी वितरण रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले गर्नेछ ।

यो पनि पढ्नुहोस्

मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक

मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक

१ घण्टा अगाडि
‘पाँच पाण्डव’का प्रमुख पात्रलाई रसहस्यमी बनाउँदै आयो ट्रेलर–१

‘पाँच पाण्डव’का प्रमुख पात्रलाई रसहस्यमी बनाउँदै आयो ट्रेलर–१

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

डीआईजीलाई प्रहरी हेडक्वाटर बोलाइयो

सर्वोच्चले माग्यो सरकारसंग कारण, अस्थायी शिक्षकको रिटमा पेशी तोकियो

चलचित्र ‘चिरञ्जीवी भवः’को डबिङ सुरु

नागरिकताको प्रमाणपत्र लिन जिल्लामै पुग्नुपर्ने बाध्यता हट्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक