प्र.३–०१–०२३ च ६५०६ नम्बरको जिप ब्रेक फेल भई सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएकाहरूको उद्धार गरी उपचारका लागि कटारी अस्पताल पठाइएको छ ।
प्रहरीका अनुसार घाइतेमध्ये उदयपुरको कटारी नगरपालिका-२ का ७१ वर्षीय रामबहादुर मगरलाई भने थप उपचारका लागि विराटनगर पठाइएको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


