काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रस्तावित राजदूतहरूको नाम अस्वीकृत र होल्डमा राख्ने संसदीय सुनुवाइ समितिको निर्णयले लोकतन्त्रको राम्रो अभ्यासको सन्देश दिएको जनाएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले साउदी अरब र मलेसियाका लागि प्रस्तावित राजदूतहरूको नाम सर्वसम्मतिले अस्वीकृत गर्ने तथा जापानका लागि प्रस्तावित व्यक्तिलाई होल्डमा राख्ने निर्णयको प्रशंसा गरेका हुन् ।
‘कार्यकारीलाई स्वेच्छाचारी बन्न नदिन र संसदीय समितिहरूलाई पार्टीको लाचार छायाँ बन्न नदिन यस्तो शक्तिसन्तुलनको सही अभ्यास जरूरी हुन्छ,’ उनले लेखेका छन् ।
उनले आगामी दिनमा यस्तो अभ्यास अझ प्रभावकारी बन्नुपर्ने धारणा पनि राखेका छन् ।


