बिहि, अशोज २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेप्से १५ प्रतिशतले बढ्यो

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
Reading Time: 1 min read
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । नेप्से परिसूचक ४.५६ अंकले बढेर २६२५.८२ विन्दुमा बन्द भएको छ, कारोबार रकम ४ अर्ब ७१ करोड रूपैयाँ पुगेको छ।

बैंकिङ समूह ०.१६ प्रतिशत घटेको छ भने फाइनान्स समूह १.०३ प्रतिशतले बढेको छ। बेनी हाइड्रोपावरको मूल्य १५ प्रतिशतले बढेर ३१३.९० रुपैयाँ पुगेको छ, जबकि हिमालय एभरेस्ट इन्स्योरेन्सको मूल्य ६.३५ प्रतिशतले बढेको छ। अक्षर साइज: A- 22px A+ २९ असोज, काठमाडौं ।

बिहीबार नेप्से परिसूचक बढेको छ । नेप्से ४.५६ अंकले बढेर २६२५.८२ विन्दुमा बन्द भएको छ । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढ्को छ । बुधबार ४ अर्ब १३ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ४ अर्ब ७१ करोड रूपैयाँको कारोबार भएको छ । बिहीबार लगातार छैटौं कारोबार दिन शेयरबजार बढेको हो । आज बैंकिङ समूह ०.१६ प्रतिशत घटेको छ । फाइनान्स समूह सबैभन्दा धेरै १.०३ प्रतिशत बढ्यो ।

त्यस्तै विकास बैंक ०.३५, होटल तथा पर्यटन ०.२७, जलविद्युत् ०.६०, लगानी ०.७८, जीवन बीमा ०.१६, माइक्रोफाइनान्स ०.३८, निर्जीवन बीमा ०.५४ प्रतिशत बढे । घटेका समूहमा बैंकिङका अलवा अन्य ०.१९, व्यापार ०.५५, उत्पादन तथा प्रशोधन ०.०६ प्रतिशत घटे । आज कारोबार रकम केही बढेको छ । ४ अर्ब १३ करोडको कारोबार भएकोमा आज ४ अर्ब ७० करोडको भयो । ७१ कम्पनीको मूल्य बढ्दा ९१ को घटेको छ ।

१५ कम्पनीको मूल्य स्थिर रह्यो । हालै सूचीकृत भएको बेनी हाइड्रोपावरको मूल्य १५ प्रतिशत बढ्यो । सो कम्पनीको मूल्य प्रतिकित्ता ३१३.९० रुपैयाँ पुगेको छ । बेनी हाइड्रोपावरको मूल्य सर्वाधिक १४.९८ प्रतिशतले बढेको छ । उक्त कम्पनीको प्रतिकित्ता मूल्य ३१३ रूपैयाँ ९० पैसा पुगेको छ ।

हिमालय एभरेस्ट इन्स्योरेन्सको मूल्य ६.३५ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ४६२ रूपैयाँ कायम भएको छ । यसदिन एसबिएल डिबेन्चर २०८९को मूल्य सर्वाधिक ३ प्रतिशतले घटेको छ । उक्त डिबेन्चरको मूल्य एक हजार ४५५ रूपैयाँ पुगेको छ । लक्ष्मी भ्यालु फण्ड२ को मूल्य २.८४ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ९ रूपैयाँ २३ पैसामा सीमित भएको छ । बिहीबार पनि कुमारी बैंकको सर्वाधिक कारोबार भयो ।

उक्त कम्पनीको २३८ रूपैयाँमा २३ करोड ६१ लाख रूपैयाँको कारोबार भएको छ । अपी पावर कम्पनीको ३४३ रूपैयाँमा २२ करोड ७८ लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक घटेको छ भने बाँकी ९ समूहको बढेको छ । यसमध्ये वित्त समूहको परिसूचक सर्वाधिक १.०३ प्रतिशतले बढेको छ ।

नवलपरासी । नवलपरासीको पवित्र तीर्थस्थल त्रिवेणीस्थित श्रीगजेन्द्रमोक्ष दिव्यधाममा आगामी मंसिर १ गतेदेखि २९ गतेसम्म ‘श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ २०८३’ आयोजना हुने भएको छ ।
अनन्त श्रीविभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा) को पावन सत्संकल्पमा उक्त महायज्ञ आयोजना हुन लागेको हो ।
महायज्ञ मार्फत सनातन धर्म, वैदिक सभ्यता, संस्कार, संस्कृति तथा आध्यात्मिक ज्ञानको संरक्षण र प्रवद्र्धनसँगै वैश्वीकरणका निम्ती श्रीमुक्तिनाथ पीठ वेदविद्याश्रमलाई क्रमशः विशिष्ट महाविद्यालयका रूपमा विकास गर्दै वैदिक ज्ञान, संस्कृत शिक्षा, धर्मदर्शन तथा आध्यात्मिक विषयको अध्ययन अनुसन्धान विस्तार गर्न नमुना वैदिक विश्वविद्यालय स्थापनाको  दिर्घकालीन लक्ष्यलाई अघि बढाउने उद्देश्य रहेको महायज्ञ प्रचारप्रसार समितीका संयोजक अच्युतकृष्ण शरणले जानकारी दिए ।
विशाल धनधान्याचल र शास्त्रीय अनुष्ठान मुख्य आकर्षण
महायज्ञको विशेष आकर्षणका रूपमा विशाल धनधान्याचल तथा अष्टाचल स्थापना गरिनेछ । धार्मिक विधिअनुसार निर्माण गरिने धनधान्याचलमा विभिन्न देवीदेवताका मूर्ति स्थापना गरी शिरमा भगवान् श्रीशालिग्राम विराजमान गराउने योजना रहेको आयोजकले जनाएको छ ।
धनधान्याचललाई नेपालका मेचि महाकालीसम्मका विभिन्न देवस्थल तथा तीर्थस्थलको यात्रा गराई अन्त्यमा महायज्ञस्थलमा विधिपूर्वक स्थापना गरिनेछ ।
अष्टाचलमा तिल, जौ, गहुँ, मकै, चना, मासलगायतका अन्न अर्पण गर्न सकिने व्यवस्था  मिलाइनेछ । श्रद्धालु भक्तजनले आफ्नो घरमा उपलब्ध अन्न श्रद्धापूर्वक अर्पण गरी महायज्ञमा सहभागी हुन सक्नेछन् ।
महायज्ञका अवसरमा चार वेद, उपनिषद्, १८ पुराण, श्रीमद्वाल्मीकीय रामायण, महाभारत, दिव्यप्रबन्ध तथा विभिन्न स्तोत्र लगायतका शास्त्रहरूको पाठपारायण गरिने कार्यक्रम रहेको छ ।
त्यसैगरी श्रीगजेन्द्रमोक्ष स्तोत्र, श्रीविष्णुसहस्रनाम र मूल रामायणको सहस्रावृत्र् पारायण तथा वैदिक वाङ्मय र गोवंश संरक्षण एवं श्रीसमृद्धिको कामनासहित श्रीपञ्चमहालक्ष्मी हवन आराधना गरिनेछ ।

धर्माचार्यको प्रवचनदेखि योग, ध्यान र पाँच करोड दीप प्रज्ज्वलनसम्म

महायज्ञमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त धर्माचार्य, विद्वान् तथा विदुषीहरूबाट शास्त्रीय प्रवचन प्रस्तुत गरिने कार्यक्रम तय गरिएको छ । राष्ट्रिय धार्मिक कलाकारहरूबाट भजन कीर्तन, देवलीला, झाँकी तथा चेतनामूलक नाटक पनि प्रदर्शन गरिनेछ ।
त्यसैगरी सयौँ गौमाताको सामूहिक पूजन, सामूहिक श्रीशालिग्राम तथा गण्डकी पूजन, एक हजार ८ कन्या र बटुक पूजन तथा दैनिक योग एवं ध्यान शिविर सञ्चालन गरिने आयोजकले जनाएको   छ । महायज्ञअन्तर्गत पाँच करोड दीप प्रज्ज्वलन गर्ने लक्ष्यसमेत राखिएको छ ।
नेपाल आमाको तीर्थमय महिमा, देवदेश नेपालका जलसम्पदा तथा अन्य प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाको महत्व बारे प्रवचन तथा विमर्श गरिने कार्यक्रम पनि महायज्ञका आकर्षणका रूपमा समावेश गरिएको छ । यी कार्यक्रममार्फत नेपालको मौलिक सभ्यता, आध्यात्मिक परम्परा र सांस्कृतिक सम्पदाबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने लक्ष्य राखिएको छ ।

घरघरबाट एक मुठी चामल अर्पण गर्न विशेष आह्वान

आयोजकले श्रद्धालु भक्तजन समक्ष प्रत्येक दिन घरमा एक मुठी चामल शुद्ध पात्रमा राखी प्रत्येक दानालाई श्रद्धापूर्वक ‘श्रीराम’ नाम मन्त्रद्वारा अभिमन्त्रित गर्दै छुट्टै बट्टा वा झोलीमा सङ्कलन गर्न विशेष आह्वान गरेको छ ।
संकलित चामल महायज्ञ स्थलमा उपस्थित हुँदा साथमा ल्याई अर्पण गर्न    सकिनेछ । स्वयं उपस्थित हुन नसक्ने श्रद्धालुले आफ्नो प्रतिनिधि मार्फत समेत चामल पठाउन सक्ने व्यवस्था गरिएको छ । श्रद्धालुबाट प्राप्त चामल महायज्ञ अवधिभर दैनिक भगवान् लाई खीरको भोग अर्पण गर्न तथा हवनसम्बन्धी कार्यमा प्रयोग गरिने आयोजकले जनाएको छ ।
यसैगरी श्रद्धालुहरूलाई आफ्नो घर आँगन वा मठमन्दिरमा रहेको तुलसीको मठ तथा परम्परागत पितृ पुर्खाको घरको माटो अमलाको दानाजति परिमाणमा ल्याई महायज्ञमा अर्पण गर्न पनि अनुरोध गरिएको छ । यसले व्यक्तिगत घरपरिवार, पितृस्मृति र स्थानीय धार्मिक परम्परालाई सामूहिक धार्मिक अनुष्ठानसँग जोड्ने उद्देश्य राखेको छ ।
विशेष पितृ उद्धार अनुष्ठान
हालै भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाएका तथा नेपालमा विभिन्न समयमा भूकम्प, बाढी, पहिरो लगायतका प्राकृतिक विपद् र अन्य कारणबाट असामयिक निधन भएका दिवंगत आत्माहरूको सद्गति, चिरशान्ति एवं परम कल्याणको कामनासहित महायज्ञमा विशेष पितृ उद्धार अनुष्ठानसमेत आयोजना गरिने भएको छ ।
वैदिक शास्त्रीय विधि र परम्परा अनुसार दिवंगत आत्माहरूको शान्ति, सद्गति तथा पितृ उद्धारको संकल्पसहित तर्पण, होम, पिण्डदान तथा अन्य आवश्यक धार्मिक अनुष्ठानहरू सम्पन्न   गरिनेछन् ।
उक्त विशेष अनुष्ठानमा आफ्ना दिवंगत परिवारजन तथा आफन्तका नाममा संकल्प गराउन इच्छुक व्यक्तिहरूले दिवंगत व्यक्तिको फोटो र मृत्यु भएको तिथिमिति महायज्ञ सम्पादन समितिसँग समन्वय गरी उपलब्ध गराउनुपर्नेछ । यस पुण्यकार्यमा सहभागी भई दिवंगत पितृ तथा आफन्तजनको स्मृतिमा श्रद्धा अर्पण गर्न आयोजकले सबैमा अनुरोध गरेको छ ।

यो पनि पढ्नुहोस्

सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

शेयर कारोबार आज ओरालो लाग्याे

३ वर्ष अगाडि
सेयर बजार कारोबारमा चार अर्ब दुई हजारको बिन्दुमाथि

सेयर बजार कारोबारमा चार अर्ब दुई हजारको बिन्दुमाथि

३ वर्ष अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपालबाट धर्म प्रचार गर्ने २४ दक्षिण कोरियाली डिपोर्ट

दशैं मनाउन काठमाडौं उपत्यका छाड्नेहरूको लर्को

आगामी मंसिर १२ गते नेपालगन्जमा आयोजना हुने

बहुप्रतीक्षित फिल्म ‘१२ गाउँ २’ को अग्रिम टिकट बुकिङ खुला

देशभरका १०९ वटा सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार विस्तार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक