काठमाडौं। कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन्। केन्द्रीय निर्वाचन समितिले मतगणनाको अन्तिम नतिजा भने औपचारिक रुपमा घोषणा गर्न बाँकी छ।
यस्तै, कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही सहमहामन्त्री (पिछडिएको क्षेत्र) मा विजयी भइसकेका छन्।

