सोम, अशोज २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार प्रहरी / सैनिक

प्रधानमन्त्री इन्स्पेक्टरहरूको दीक्षान्त समारोहमा सहभागी

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
Reading Time: 1 min read
0
प्रधानमन्त्री इन्स्पेक्टरहरूको दीक्षान्त समारोहमा सहभागी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रहरीका इन्स्पेक्टरहरूको दीक्षान्त समारोहमा सहभागी भएका छन् । प्रधानमन्त्री भएपछि उनी पहिलो पटक प्रहरीको कार्यक्रममा सहभागी भएका हुन् ।

महाराजगञ्ज स्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित १–१८४ औँ समूहका निरीक्षकहरूको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जिम्मेवारी निभाउँदा अनुचित प्रभावमा नपर्न आग्रह गरे । सोमबार आयोजित समारोहलाई सम्बोधन गर्दै शाहले भने, ‘भेदभाव नगरी प्रहरीले कुशलतापूर्वक काम गर्नेछ भन्ने विश्वास नागरिकमा अनुभूत हुने गरी काम गर्न आग्रह गर्दछु ।’

आफ्ना छोराछोरीलाई प्रहरीजस्तो चुनौतीपूर्ण पेसामा आबद्ध गराउने अभिभावक र परिवार प्रति आभार व्यक्त गर्दै प्रधानमन्त्री शाहले पेसागत सफलताको पहिलो मानक इमानदारिता र  नैतिकता भएको जनाए । उनले भने, ‘जिम्मेवारीमा जबाफदेहिता महत्त्वपूर्ण हो ।’ आधारभूत तालिम पुरा गरेर कार्यक्षेत्र प्रवेश गर्न लागेका इन्स्पेक्टरहरूलाई शाहले कुनै पनि दबाब र प्रभावमा नपर्न आग्रह गरेका छन् । उनले भने, ‘मलाई विश्वास छ, यहाँहरू कुनै दबाब र प्रभावमा पर्नुहुनेछैन ।’

‘संगठनको प्रोटोकल विपरीतको काममा संलग्न हुनुहुनेछैन भन्ने विश्वास छ’ उनले भने, ‘समयको बदलावसँगै अपराध प्रवृत्त बदलिएको छ ।’ परिणाममुखी अनुसन्धानको लागी प्राविधिकको प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याउँदै शाहले भने, ‘अनुसन्धानमा आवश्यक स्रोत साधन दिलाउन सरकार तत्पर छ ।’

प्रतिष्ठानका निर्देशक डीआईजी दिनेश आचार्यका अनुसार प्रहरी निरीक्षक १–१८४ औँ समूहमा ७९ जना दीक्षित भएका छन् । ८ जना महिला र ७१ पुरुष रहेको सो समूहले ३४० दिनसम्म चलेको कठिन तालिम पुरा गरेका हुन् ।

समारोहमा मुख्य सचिव गोविन्द बहादुर कार्की, आईजीपी दान बहादुर कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक नारायदत्त पौडेल लगायतका अधिकारीहरू उपस्थित थिए ।

यो पनि पढ्नुहोस्

एआईजी वंशीराज दाहालमाथि कारबाही

एआईजी वंशीराज दाहालमाथि कारबाही

३ दिन अगाडि
चोलेन्द्रशमशेर जबराले जिउज्यानको सुरक्षा मागेको  सार्वजनिक

चोलेन्द्रशमशेर जबराले जिउज्यानको सुरक्षा मागेको सार्वजनिक

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रोहित पौडेलले क्यानडा विरुद्धको खेलमा शतक बनाए

सप्ताहव्यापी विश्व खाद्य दिवस सुरु

बागमती प्रदेशलाई नमुना प्रदेश बनाउने घोषणा

कांग्रेसकाे सहमहामन्त्रीमा मतगणनामा रामहरि अगाडि

बूढीगण्डकी बाढी प्रभावितको सुरक्षामा जुट्न आग्रह

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक