काठमाडौं । गोकर्णेश्वर नगरपालिका-१ ओख्रेनीबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका-१ बस्ने ३९ वर्षीय विर बहादुर तामाङ समेत ७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ५२ हजार ३ सय रूपैयाँ र ६३ थान कौडा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


